Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाट पुगेर भारतका राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । सोमबार प्रधानमन्त्री शाहले गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । उहाँले स्मारकस्थलमा रहेको आगन्तुक पुस्तिकामा हस्ताक्षरसमेत गर्नुभएको छ । यसअघि राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा प्रधानमन्त्री शाहलाई औपचारिक सम्मान गारद प्रदान गरिएको थियो । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा आइतबारदेखि दुईदिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शाहले सोमबार नै मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । भारतीय विदेश मन्त्रालयका अनुसार वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल हुनेछ । विशेषगरी व्यापार, लगानी, यातायात, पूर्वाधार, ऊर्जा र कनेक्टिभिटीलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रमसमेत रहेको छ । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाह र उहाँको ३४ सदस्यीय प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्नुहुनेछ । प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारलगायत उच्च सरकारी अधिकारी सहभागी हुनुहुन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सांसद केपी खनालप्रति आशिका तामाङको प्रश्न :  टुकटुके मोबाइल बोक्ने जनताले नेतासँग कसरी गुनासो गर्ने ?
Latest NewsJust now

सांसद केपी खनालप्रति आशिका तामाङको प्रश्न :  टुकटुके मोबाइल बोक्ने जनताले नेतासँग कसरी गुनासो गर्ने ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य आशिका तामाङले अर्का सांसद केपी खनालको संवाद शैलीप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टी व्यक्त गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद तामाङले आफ्नै दलका सांसद... ...

रातोपाटी
​चिसो बढेसँगै मंगल बजारमा न्यानो कपडा किन्नेको चहलपहल [तस्बिरहरू]
Latest NewsJust now

​चिसो बढेसँगै मंगल बजारमा न्यानो कपडा किन्नेको चहलपहल [तस्बिरहरू]

उपत्यकामा चिसो बढ्न थालेसँगै ललितपुरको व्यापारिक केन्द्र मंगल बजारमा जाडोका कपडा किन्ने सर्वसाधारणको चहलपहल बाक्लिएको छ। बिहानैदेखि साँझसम्मै मंगल बजार र आसपासका गल्लीहरूमा रहेका कपडा पसलहरूमा ग्राहकको भीडभाड देखिन थालेको हो। ...

कान्तिपुर
दुप्चेश्वरमा जेठोबुढो धान खेती विस्तार हुँदै
Latest NewsJust now

दुप्चेश्वरमा जेठोबुढो धान खेती विस्तार हुँदै

नुवाकोट। नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा पोखरेली जेठोबुढो धान खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। स्थानीय हावापानीमा राम्रो फल्ने, सुगन्धित र स्वादिलो हुने तथा परालसमेत पर्याप्त उत्पादन हुने भएपछि किसानले यसको खेती विस्तार गर्न थालेका छन्। दुप्चेश्वर गाउँपालिका–६ बोक्सेफाँटका किसान निरञ्जनप्रसाद आचार्यले यस वर्ष आठ रोपनीमा जेठोबुढो धान लगाएका छन्। उनीसँगै स्थानीय ध्रुवप्रसाद आचार्य र केदारनाथ धितालले पनि यही जातको धान खेती गरेका ...

नेपालन्युज
७ दिनमा ४१ हजार ७ सय घटेको सुनको भाउ आज बढ्यो, चाँदी पनि महँगियो
Latest NewsJust now

७ दिनमा ४१ हजार ७ सय घटेको सुनको भाउ आज बढ्यो, चाँदी पनि महँगियो

विगत केही दिनदेखि निरन्तर घट्दै आएको सुनचाँदीकै मूल्यमा आज बढेको छ।  सुनको भाउ आज तोलामा ४ हजार ८ सय रुपैयाँ बढेर २ लाख ४७ हजार ४ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  विगत केही दिनदेखि निरन्तर घट्दै आएको सुनचाँदीकै मूल्य आज बढेको हो।  सुनको भाउ हिजो तोलामा २ हजार ८ सय रुपैयाँ घटेर २ लाख ४२ हजार ६ सयमा झरेको थियो... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement