Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका सबै पक्षमा छलफल हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार नयाँदिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइसकिएको र भ्रमणको तयारीबारे दुवै देशबीच छलफल भइरहेको बताए । उनले भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धका सम्पूर्ण विषयमा छलफल हुने जानकारी दिए। नेपाल–भारत सम्बन्ध विस्तृत साझेदारी र विशेष सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै उनले आपसी हितका सबै विषय छलफलमा समेटिने बताएका थिए । यसअघि भारतीय विदेश सचिव विक्रम मिस्रीले नोभेम्बर ४ र ५ मा नेपालको भ्रमण गरेका थिए । उक्त भ्रमणका क्रममा उनले प्रधानमन्त्री शाहसहित विभिन्न मन्त्री तथा उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । सो अवसरमा उनले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणका बारेमा छलफल गरेका थिए । The post प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राम्रो माला उन्ने प्रतियोगिता सम्पन्न
Latest NewsJust now

राम्रो माला उन्ने प्रतियोगिता सम्पन्न

अमरराज नहर्कीतनहुँ, कात्तिक २५ गते । स्थानीय उत्पादनको उपयोग र सिपको प्रवर्धन गर्ने उद्देश्यले तनहुँको शुक्लागण्डकी नगरपालिकाले राम्रो माला उन्ने प्रतियोगिता आयोजना गरेको छ । सयपत्... ...

गोरखापत्र
टीकामा सम्बन्धको शक्ति
Latest NewsJust now

टीकामा सम्बन्धको शक्ति

दिदीबहिनीको घरमा दाजुभाइ पुग्ने, निधारमा सप्तरङ्गी टीका लगाउने, मखमली र सयपत्रीको माला पहिरिने, ओखर फुटाउने, मिठामसिना परिकार खाने र एकअर्काको सुख, समृद्धि तथा दीर्घायुको कामना गर्ने दिन हो भाइटीका। वर्षभरि आआफ्नै काम र जिम्मेवारीमा व्यस्त रहने दाजुभाइ तथा दिदीबहिनीलाई एउटै ठाउँमा भेला गराउने यो पर्व नेपाली समाजको पारिवारिक जीवनसँग गहिरो गरी जोडिएको छ। भोलि कात्तिक २५ गते बुधबार देशभर भाइटीका मनाइँदै ...

नेपालन्युज
भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमलाई अझ प्रगाढ बनाउँछ : प्रधानमन्त्री शाह
Latest NewsJust now

भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमलाई अझ प्रगाढ बनाउँछ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गर्ने बताएका छन्।  भाइटीकाको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस वर्षको पौराणिक मान्यताको पनि चर्चा गरेका छन्।  ‘पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उहाँको निवासमा... ...

नेपालखबर
मौरीको टोकाईबाट एकको मृत्यु
Latest NewsJust now

मौरीको टोकाईबाट एकको मृत्यु

मौरीको टोकाईबाट एकको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ खैलारका ४३ वर्षीय वीर बहादुर थारुको मौरीको टोकाईबाट मंगलबार मृत्यु भएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play