Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री वालेन्द्र शाह दिल्लीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री वालेन्द्र शाह दिल्लीमा
Photo / Coverage: टक्सार

काठमाडाैँ । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली अवतरण गरेका हुन् । प्रधानमन्त्री शाहलाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन् । प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र सहभागि छन् । यस्तै स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उप–संयोजक विनय शाक्य सहभागी छन् । यसका साथै टोलीमा उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका ३ जना प्रतिनिधिहरूसहित कुल ३५ जना सदस्य रहेका छन् । दिल्ली बसाइका क्रममा प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । साथै, भारतीय समकक्षी नरेन्द्र मोदीसँग भोलि मंसिर ७ गते प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने तालिका रहेको छ । भ्रमणका अवसरमा दुई देशबिच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । त्यसैगरी, दुवै देशका नेतृत्वहरूबिच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास जस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिने जनाइएको छ। भ्रमणको पहिलो दिन आज प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। यस्तै, भोलि सोमबार नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्ने कार्यतालिका छ। प्रधानमन्त्री शाह भ्रमण सम्पन्न गरी भोलि मंसिर ७ गते साँझ १८ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कनेछन् । भ्रमण टोली स्वदेश फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मोटरेबल पुलको उद्घाटन प्रधानमन्त्री शाह र मोदीले गर्नुहुने
Latest NewsJust now

मोटरेबल पुलको उद्घाटन प्रधानमन्त्री शाह र मोदीले गर्नुहुने

कृष्णबहादुर धामीदार्चुला, मङ्सिर ६ गते । दार्चुलाको महाकाली नगरपालिका –८ असिगडा र भारतको उत्तराखण्ड राज्यस्थित धारचुला तहसिलको छारछुम जोड्ने मोटरेबल पुलको प्रधानमन्त्री वालेन्द्र श... ...

गोरखापत्र
जीवाश्म इन्धन विवादले कोप–३१ अन्योलमा
Latest NewsJust now

जीवाश्म इन्धन विवादले कोप–३१ अन्योलमा

अन्ताल्या । जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा राष्ट्रहरूबीच सहमति जुट्न नसक्दा कोप–३१ जलवायु सम्मेलन निष्कर्षविहीन हुने जोखिम बढेको छ। निर्धारित समयभन्दा ४० घण्टाभन्दा बढी बितिसक्दा पनि करिब २०० राष्ट्रबीच सम्झौता हुन सकेको छैन। सम्मेलनका सहआयोजक टर्की र अस्ट्रेलियाले अन्तिम समयमा अघि सारेको प्रस्तावमा जीवाश्म इन्धन त्याग्ने स्पष्ट प्रतिबद्धता समावेश नभएपछि युरोपेली सङ्घ (इयु) र जलवायु परिवर्तनको जोखिममा रहेका साना टापु ...

केन्द्रबिन्दु
पशु ढुवानीमा चरम लापरबाही, मापदण्डको कार्यान्वयन खै ?
Latest NewsJust now

पशु ढुवानीमा चरम लापरबाही, मापदण्डको कार्यान्वयन खै ?

काठमाण्डु – नेपालमा मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाण्डु ल्याइने पशुपन्छीको ढुवानीमा चरम लापरबाही हुने गरेको छ । लामो दूरीसम्म कुनै दानापानी नदिई क्षमताभन्दा बढी संख्यामा कोचेर तथा उपयुक्त सवारीसाधन प्रयोग नगरी पशुपन्छी ओसारपसार गरिएको पाइएको हो । नेपाल पशु कल्याण तथा वातावरण समाजले गरेको स्थलगत अवलोकन तथा तस्वीर तथा श्रव्यदृश्य संकलनका क्रममा विशेषगरी राँगाभैँसी, […] ...

काठमाण्डुपाटी
एसिया कप राइजिङ स्टारमा नेपालको पहिलो जित, यूएई ६ विकेटले पराजित
Latest NewsJust now

एसिया कप राइजिङ स्टारमा नेपालको पहिलो जित, यूएई ६ विकेटले पराजित

यूएईलाई पराजित गर्दै नेपाली क्रिकेट टोलीले एसिया कप राइजिङ स्टार २०२६ मा पहिलो जित दर्ता गरेको छ। आइतबार भएको समुह चरणको दोस्रो खेलमा यूएईलाई ६ विकेटले पराजित गर्दै नेपालले पहिलो जित हात पारेको हो। यूएईले दिएको १ सय २२ रनको मध्यम लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।  नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५७ रनको योगदान दिए। उ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement