Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिवबीच के–के भयो छलफल ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिवबीच के–के भयो छलफल ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, प्रधानमन्त्रीको आसन्न भारत भ्रमण र विभिन्न सहकार्यका विषयमा छलफल भएको छ । भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको रसुवा–भोटेकोशी बाढीपछि भारतले उद्धार तथा राहत कार्यमा पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरेका छन् । विपद्पछि भारतले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार टोली परिचालन गरेकोमा उनले धन्यवाद दिएका हुन् । त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपद्का बेला टेलिफोनमार्फत सहयोगको प्रतिबद्धता जनाएकामा पनि प्रधानमन्त्री शाहले आभार व्यक्त गरेका छन् । भेटमा उनले नेपालको खेलकुद क्षेत्रको विकासका लागि भारतसँग गर्न सकिने सहकार्यबारे समेत चासो राखेका थिए । भेटमा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई सफल बनाउन भारतीय पक्षले तयारी तीव्र पारेको जानकारी गराएका थिए । उनले प्रधानमन्त्री मोदीको सन्देश सुनाउँदै शाहको भारत भ्रमण सफल हुने गरी आवश्यक तयारी भइरहेको बताएका थिए । मिस्रीले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयन क्षेत्रसँग सम्बन्धित नेपाल–भारत द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारीसमेत गराएका थिए । यसैगरी, भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको उनले बताएका छन् । उक्त रेलमार्गमा बिहीबार नै परीक्षण सञ्चालन गरिएको जानकारी पनि उनले प्रधानमन्त्री शाहलाई गराएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल रिहा
Latest NewsJust now

सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल रिहा

काठमाडाैँ। सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल रिहा भएका छन्। काठमाडाैँ जिल्ला अदालतले बिहीबार उनलाई १० लाख धराैटीमा रिहा गर्न आदेश दिएकाे थियाे। धराैटी रकम बुझाएर उनी रिहा भएका हन्। प्रहरीकाे केन्द्रीय... ...

रातोपाटी
के हो प्रहरी महानिरीक्षक फेरबदल प्रकरण?
Latest NewsJust now

के हो प्रहरी महानिरीक्षक फेरबदल प्रकरण?

प्रहरी संगठनको नेतृत्व परिवर्तन सामान्य प्रशासनिक निर्णय मात्र होइन। त्यसले राज्यको सुरक्षा संयन्त्र, संगठनात्मक स्थायित्व, कानुनी शासन र सरकारको संस्थागत उत्तरदायित्वसँग प्रत्यक्ष सम्बन्ध राख्छ। प्रहरी महानिरीक्षकको पदमा कार्यरत व्यक्तिलाई कार्यकाल पूरा नहुँदै अर्को जिम्मेवारीमा पठाएर नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णयले अहिले यही प्रश्नलाई फेरि राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ। २०८३ कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई ...

नेपालन्युज
मंसिरमा हुने पूर्वाधार सम्मेलनको तयारी तीव्र : दिल्लीदेखि बेइजिङसम्म रोड शो गरिने
Latest NewsJust now

मंसिरमा हुने पूर्वाधार सम्मेलनको तयारी तीव्र : दिल्लीदेखि बेइजिङसम्म रोड शो गरिने

काठमाडौँ । देशको पूर्वाधार विकास र लगानी प्रवर्द्धनलाई तीव्र गति दिँदै आगामी सात वर्षभित्र नेपाललाई १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने स्पष्ट लक्ष्यसहित सरकार र निजी क्षेत्रले संयुक्त रूपमा ऐतिहासिक... ...

रातोपाटी
युवा जलवायु सम्मेलन विपद् न्यूनीकरणको आधार बन्नुपर्छः मन्त्री खड्का
Latest NewsJust now

युवा जलवायु सम्मेलन विपद् न्यूनीकरणको आधार बन्नुपर्छः मन्त्री खड्का

कर्णाली, कात्तिक १९ गते । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले प्रदेशस्तरीय ‘युवा जलवायु सम्मेलन’ विपद् न्यूनीकरणको आधार बन्नु... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play