Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री बालेन  र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता सुरु भएको छ। नयाँ दिल्लीस्थित होटल ताजमहलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्न विदेशमन्त्री जयशंकर पुगेपछि दुई नेताबीच छलफल सुरु भएको हो। जयशंकरसँगको भेटवार्तापछि आज साँझ ७ बजे नेपाल–भारत बिजनेस फोरमको डिनर कार्यक्रममा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार गरी ३४ सदस्य छन्। निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी भएको छ। सोमबार प्रधानमन्त्री शाहको उच्चस्तरीय भेटवार्ताको कार्यक्रम छ। उनले भारतीय समयअनुसार बिहान १० बजे नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्। त्यसपछि हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। दुवै नेताबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारीसमेत छ। भारतीय विदेश मन्त्रालयका अनुसार सोमबार मध्याह्न १२ बजेर २५ मिनेटमा प्रधानमन्त्री शाह र मोदीबीच सहमति तथा सम्झौतापत्र आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन हुनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कोप ३१ सम्मेलनमा किन देखियो विवाद ?
Latest NewsJust now

कोप ३१ सम्मेलनमा किन देखियो विवाद ?

काठमाडौं । जीवाश्म इन्धनको स्पष्ट उल्लेख नगरिएको जलवायु सम्झौताप्रति युरोपेली सङ्घ (इयु) र पानामाले आपत्ति जनाएपछि टर्कीमा जारी कोप ३१ सम्मेलनको निष्कर्ष अन्योलमा परेको छ । सम्मेलनको निर्धारित समय सकिएको ४४ घण्टापछि पनि करिब २०० देशबीच सहमति जुट्न सकेको छैन । आयरल्यान्डका जलवायु तथा ऊर्जा मन्त्री डाराघ ओ’ब्रायनले जीवाश्म इन्धन जलवायु परिवर्तनको प्रमुख कारक भए […] ...

लोकपथ
यूएईविरुद्ध सन्दीप लामिछाने बने प्लेयर अफ द म्याच
Latest NewsJust now

यूएईविरुद्ध सन्दीप लामिछाने बने प्लेयर अफ द म्याच

काठमाडौं। एसिया कप राइजिङ स्टार्समा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द म्याच घोषित भएका छन्। कतारको दोहामा आइतबार सम्पन्न खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको छ। सन्दीपले आफ्नो १० ओभरको बलिङ स्पेलमा ३ मेडन ओभर राख्दै मात्र ११ रन खर्चेर ३ विकेट लिएका थिए। उनको किफायती १.१० इकोनोमीले यूएईको ब्याटिङ ...

नेपालन्युज
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
Latest NewsJust now

साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौँ, मङ्सिर ६ गते । सभामुख डोलप्रसाद अर्यालले जनताको अपेक्षा र विश्वासलाई आत्मसात गर्दै राजनीतिक नेतृत्वले इमानदारिता, प्रतिबद्धता र जवाफदेहिताका साथ कार्यसम्पादन गर्नुपर्ने... ...

गोरखापत्र
प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
Latest NewsJust now

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भारतको नयाँ दिल्लीमा भेटवार्ता भइरहेको छ।  नयाँ दिल्लीस्थित होटल ताज महलमा शाह र जयशंकरबीच भेटवार्ता भएको हो। वार्तामा दुवै देशको प्रतिनिधिमण्डल पनि सहभागी रहेको छ।  प्रधानमन्त्री शाहसँग भेटवार्ताका लागि विदेशमन्त्री जयशंकर होटल ताल महल पुगेका हुन्। प्रधानमन्त्री शाह यही होटलमा बसेका छन्।&nbsp... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement