Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री बालेनको स्वागतका लागि नयाँ दिल्लीमा भव्य तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री बालेनको स्वागतका लागि नयाँ दिल्लीमा भव्य तयारी
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँ दिल्लीमा स्वागतको तयारी तीव्र पारिएको छ । प्रधानमन्त्री शाहको स्वागतका लागि नयाँ दिल्लीका विभिन्न स्थानमा रहेका सडकका पोलहरूमा शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तस्बिर राखिएका छन् । त्यस्तै, नेपाल र भारतका राष्ट्रिय झण्डासमेत फहराएर राजधानीलाई सजाइएको छ । प्रधानमन्त्री बनेपछि शाह पहिलो पटक भारत भ्रमणमा जान लागेका हुन् । यसअघि उनी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएका थिए । भारत भ्रमण उनको दोस्रो विदेश भ्रमण हो । दुईदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मूलगायत उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आरक्षणबाट निजामतीमा १,१६१ जना अपांगता भएका व्यक्तिले पाए प्रवेश
OthersJust now

आरक्षणबाट निजामतीमा १,१६१ जना अपांगता भएका व्यक्तिले पाए प्रवेश

६ मंसिर, काठमाडौं । समावेशी नीति लागू भएयता निजामती सेवामा आरक्षणमार्फत १ हजार १६१ जना अपांगता भएका व्यक्तिले प्रवेशको अवसर पाएका छन् । आदिवासी जनजाति आयोगका अनुसार आर्थिक वर्ष २०६४/६५ देखि २०८०/८१ सम्म अपांगता भएका व्यक्तिले निजामती सेवामा आरक्षणको अवसर पाएका हुन् । तर, यस्तो अवसर पाउनेमा अपांगताभित्रका पनि कुन वर्ग, क्षेत्र, जात र लिंगका… ...

अनलाइन खबर
प्रधानमन्त्री बालेनको भारत भ्रमण दलमा को-को जादैछन् ?
OthersJust now

प्रधानमन्त्री बालेनको भारत भ्रमण दलमा को-को जादैछन् ?

प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् । भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र रहेका छन् । त्यस्तै, मुख्यसचिव गोविन्दबहादुर कार्कीसहित परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को ...

पर्दाफास
उतारचढाव पार गर्दै सुदूरपश्चिमले जितेको ऐतिहासिक उपाधि
OthersJust now

उतारचढाव पार गर्दै सुदूरपश्चिमले जितेको ऐतिहासिक उपाधि

पहिलो खेलको हार, वर्षाले प्रभावित खेलमा देखिएको विवादपछि लगातार चार जित, पहिलो क्वालिफायरको हार अनि दोस्रो क्वालिफायरको रोमाञ्चक जित। सुदूरको उपाधि यात्रा यस्तै उतारचढावले भरिएको थियो। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play