काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणअघि नेपालले आगामी हिउँदयामका लागि भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा विनिमय बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न स्वीकृति दिएको हो । प्राधिकरणले आगामी मंसिर १ देखि २०८४ साउन १५ सम्म उक्त विद्युत् आयात गर्न पाउनेछ । यसअनुसार विभिन्न चारवटा १३२ केभी प्रसारण लाइनमार्फत विद्युत् आयात गर्न सकिनेछ । रसुवाको हिमबाढीका कारण ४३१ मेगावाट क्षमताका जलविद्युत् आयोजना राष्ट्रिय प्रणालीबाट विच्छेद भएपछि आगामी हिउँदमा विद्युत् आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ । प्राधिकरणका अनुसार पुसदेखि चैतसम्म आन्तरिक उत्पादनभन्दा विद्युत् माग बढी हुने अनुमान छ । विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म तथा उच्च मागको समयमा ८०० देखि ९०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने आकलन गरिएको छ । यसैबीच, प्राधिकरणले तीन जलविद्युत् आयोजनाबाट उत्पादित ५६ मेगावाट विद्युत् भारतीय बजारमा निर्यात गर्न पनि अनुमति पाएको छ ।
प्रधानमन्त्री बालेनको भारत भ्रमणअघि नेपाललाई ३५० मेगावाट विद्युत् आयात अनुमति
.jpg)
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






