Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको रकम दुरुपयोग हुँदैन – महावीर पुन

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको रकम दुरुपयोग हुँदैन – महावीर पुन
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त भएको रकमको दुरुपयोग नहुने स्पष्ट पारेका छन् । सोमबार मन्त्रालयमा नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले कोषमा गरेको सहयोग रकम बुझ्दै मन्त्री पुनले कोषको रकम पारदर्शी रुपमा नै खर्च हुने भन्दै दुरुपयोग नहुने स्पष्ट पारेका हुन् । बाटोघाटो, पुल, स्कुल तथा अस्पतालहरू बगाएका स्थानमा पुनर्निर्माण गर्न र राहत पुर्‍याउन कोषको रकम खर्च भइरहेको उनले बताए । मन्त्री पुनले विभिन्न संघसंस्था तथा विदेशी निकायहरूको इस्टिमेट अनुसार हालैको बाढीपहिरोबाट करिब ३–४ खर्ब रुपैयाँ बराबरको ठूलो नोक्सानी भएको भन्दै राहत कोषको रकमले मात्र पुनर्निर्माण गर्न पर्याप्त नहुने उल्लेख गरे । उनले भोटेकोशी बाढीका कारण सडक सञ्जाल अवरुद्ध हुँदा उद्धार तथा राहत कार्यमा हेलिकप्टरको अत्यधिक प्रयोग भएको र त्यसैमा ३०–४० करोड रुपैयाँभन्दा बढी खर्च भएको बताए । नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु एक करोड १७ लाख ६० हजार रुपैया हस्तान्तरण गरेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
म्याक्स टाइगरको दशैं धमाकामा प्रदीपलाई कार, २८ जनालाई बाइक र स्कुटर
Latest NewsJust now

म्याक्स टाइगरको दशैं धमाकामा प्रदीपलाई कार, २८ जनालाई बाइक र स्कुटर

यसै अभियानमार्फत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन् । देशका विभिन्न स्थानका २८ जना भाग्यशाली उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् । ...

कान्तिपुर
घोरेपानीबाट गाउँतिर मोडिँदै पर्यटक, लेसपारमा बढ्यो चहलपहल
Latest NewsJust now

घोरेपानीबाट गाउँतिर मोडिँदै पर्यटक, लेसपारमा बढ्यो चहलपहल

घोरेपानीबाट फर्कने आन्तरिक तथा विदेशी पर्यटक लेसपार, क्याङ, शालीजा र फलामेडाँडामा बस्दै पदयात्रा, होमस्टे र स्थानीय जीवनशैलीको अनुभव लिन थालेका छन्। ...

कान्तिपुर
ताप्लेजुङ तापेथोकमा ७ करोड लगानीमा शैक्षिक स्रोत केन्द्र बन्ने
Latest NewsJust now

ताप्लेजुङ तापेथोकमा ७ करोड लगानीमा शैक्षिक स्रोत केन्द्र बन्ने

हिमालयन ट्रस्ट यूकेको ८० प्रतिशत अनुदान र फक्ताङलुङ गाउँपालिकाको २० प्रतिशत लागतमा तापेथोकमा शैक्षिक स्रोत केन्द्र निर्माण गरिनेछ। ...

कान्तिपुर
बेल्जियमका सर्वाधिक गोलकर्ता रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास
Latest NewsJust now

बेल्जियमका सर्वाधिक गोलकर्ता रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

काठमाडौं । बेल्जियमका स्टार स्ट्राइकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । ३३ वर्षीय लुकाकुले सोमबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुङ्ग्याउने निर्णय सार्वजनिक गरेका हुन् । बेल्जियमका सर्वाधिक गोलकर्ता लुकाकुले राष्ट्रिय टोलीबाट १६ वर्ष खेले । उनले बेल्जियमका लागि १३५ खेलमा ९५ गोल गरेका छन् । उनी विश्वकपमा आठ र युरोपियन च्याम्पियनसिपमा ६ गोल गर्दै दुवै प्रतियोगितामा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play