Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सीमा समस्या उठाउनुपर्छ : महासचिव पोखरेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सीमा समस्या उठाउनुपर्छ : महासचिव पोखरेल
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र साहले भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा समस्याबारे नेपालको स्पष्ट अडान राख्नुपर्ने बताएका छन्।

प्रधानमन्त्रीले नेपालको सार्वभौमिकता र सीमा अधिकारसँग जोडिएका विषयमा दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै पोखरेलले त्यसलाई व्यवहारबाट सच्याउनुपर्ने बताएका हुन्।

सोमवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति संसद् र राजनीतिक दलहरूले समेत आपत्ति जनाइसकेको बताए।

प्रधानमन्त्रीले संसद्मा सीमा विवाद समाधानका लागि तेस्रो पक्षलाई सहभागी गराउने आशयको अभिव्यक्ति दिएको र त्यसको एउटा पक्ष सच्याए पनि नेपालको सार्वभौमिकता तथा सीमा अधिकारसँग जोडिएको विवादास्पद अभिव्यक्ति भने नसच्याएको पोखरेलको आरोप छ।

नेपाल र भारतबीचको सीमा समस्याबारे दुवै पक्षका दस्तावेजमा अभिलेख रहेको उल्लेख गर्दै उनले सीमा विवाद नेपालको आफ्नै सरोकारको विषय भएको बताए। यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले नेपालको पक्षमा दृढतापूर्वक पैरवी गर्नुपर्नेमा उल्टै नेपालको दाबी कमजोर पार्ने अभिव्यक्ति दिएको उनको भनाइ छ।

पोखरेलले प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा नेपाल–भारतबीच रहेका समस्याहरू, विशेषगरी सीमा विवाद समाधानको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताए।

प्रधानमन्त्रीले विगतमा आफ्नो कार्यालयमा ‘ग्रेटर नेपाल’को नक्सा राखेर सन्देश दिन खोजेको प्रसंग उल्लेख गर्दै पोखरेलले अहिलेको मुख्य दायित्व नेपालको वर्तमान सीमाङ्कनलाई सुरक्षित गर्नु रहेको बताए। ‘ग्रेटर नेपाल’को विषय इतिहाससँग जोडिएको भए पनि पछिल्लो समयको सीमाङ्कनको संरक्षण गर्नु सरकारको जिम्मेवारी भएको उनको भनाइ छ।

यसैगरी पोखरेलले प्रधानमन्त्रीको राजनीतिक कार्यशैलीप्रति पनि आलोचना गरे। आफ्नै पार्टीसँग संवाद गर्न छाडेका प्रधानमन्त्रीबाट प्रतिपक्षी दलहरूसँग संवादको अपेक्षा गर्न नसकिने उनको टिप्पणी छ।

उनले प्रधानमन्त्रीको कार्यशैली लोकतान्त्रिक नभएको आरोप लगाउँदै त्यसलाई अलोकतान्त्रिक, स्वेच्छाचारी र अधिनायकवादीको संज्ञा दिए। लोकतान्त्रिक शासन व्यवस्थामा राजनीतिक दलहरूसँग संवाद र सहकार्य आवश्यक हुने उल्लेख गर्दै पोखरेलले प्रधानमन्त्रीलाई आफ्नो कार्यशैली सच्याउन आग्रह गरे।

पोखरेलले भने, “प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति संसद् र राजनीतिक दलहरूले आपत्ति जनाइसकेका छन्। उहाँले तेस्रो पक्षको उपस्थितिसम्बन्धी अभिव्यक्ति सच्याए पनि नेपालको सार्वभौमिकता र सीमा अधिकारसँग जोडिएको विवादास्पद अभिव्यक्ति सच्याउनुभएको छैन। नेपाल–भारतबीचको सीमा समस्या दुवै देशका दस्तावेजमा अभिलेखित विषय भएकाले यसको समाधानमा सरकारले नेपालको पक्षमा दृढतापूर्वक पैरवी गर्नुपर्छ। प्रधानमन्त्रीले आगामी भारत भ्रमणका क्रममा सीमा समस्यालाई प्राथमिकताका साथ उठाउनुहुनेछ भन्ने अपेक्षा छ।”

उनले प्रधानमन्त्रीको राजनीतिक कार्यशैलीप्रति टिप्पणी गर्दै भने, “प्रधानमन्त्रीको राजनीतिक कार्यशैली लोकतान्त्रिक र संवादमुखी देखिएको छैन। आफ्नै पार्टीसँग संवाद नगर्ने प्रधानमन्त्रीबाट प्रतिपक्षसँग संवादको अपेक्षा गर्न कठिन छ। उहाँको स्वेच्छाचारी र अधिनायकवादी कार्यशैली सच्याउनुपर्छ भन्ने हाम्रो आग्रह हो।”

– न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिमको पुरुष भलिबलमा ३५ वर्षपछि अछामलाई स्वर्ण, महिलातर्फ कैलाली च्याम्पियन
Latest NewsJust now

सुदूरपश्चिमको पुरुष भलिबलमा ३५ वर्षपछि अछामलाई स्वर्ण, महिलातर्फ कैलाली च्याम्पियन

धनगढी । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा अछामले उपाधि जितेको छ । महिलातर्फ भने कैलाली च्याम्पियन बनेको छ । सोमवार डडेलधुरामा सम्पन्न पुरुष भलिबलको... ...

रातोपाटी
सुदूरपश्चिमको उग्रतारा मन्दिरमा ‘देहिजाँत’ मङ्सिर ८ गते लाग्ने
Latest NewsJust now

सुदूरपश्चिमको उग्रतारा मन्दिरमा ‘देहिजाँत’ मङ्सिर ८ गते लाग्ने

डडेल्धुरा .। सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ आगामी मङ्सिर ८ गते लाग्ने भएको छ । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो... ...

रातोपाटी
साउदीस्थित अमेजनका गोदाममा नेपाली श्रमिक शोषणमा : एम्नेस्टी
Latest NewsJust now

साउदीस्थित अमेजनका गोदाममा नेपाली श्रमिक शोषणमा : एम्नेस्टी

कामबाट हटाइएपछि महिनौंसम्म पारिश्रमिक नपाउने र अर्को रोजगारीमा जान वा स्वदेश फर्कनसमेत कठिनाइ भोग्नुपरेको एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनमा उल्लेख छ । ...

कान्तिपुर
दुधको मूल्य बढाउन किसानको माग
Latest NewsJust now

दुधको मूल्य बढाउन किसानको माग

मोहसिन अलिभरतपुर, कात्तिक ३० गते। बढ्दो महँगी र उत्पादन लागत वृद्धिलाई मध्यनजर गर्दै कच्चा दुधको न्यूनतम खरिद मूल्य बढाउन चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले माग गरेको छ । हाल... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play