Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्रीको भारत भ्रमण

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्रीको भारत भ्रमण
Photo / Coverage: हिमालय टाइम्स

बहुप्रतिक्षित र बहुचर्चित रूपमा रहेको थियो प्रधानमन्त्रीको भारत भ्रमण । राजकीय भ्रमण नै अहिले सम्पन्न भएको छ । जम्मा सत्ताईस घण्टाको दिल्ली बसाइका लागि गृहकार्य सायद जति थियो त्यति नै उपलब्धिमूलक भयो होला । भारत भ्रमणपूर्व नेपालका प्रस्तावका विषयमा सार्वजनिक जानकारी औपचारिक दिइएको थिएन । राष्ट्रको प्रमुख राष्ट्रपतिलाई समेत जानकारी दिनु आवश्यक नठानेपछि आमनागरिकले थाहा पाउनुपर्छ भन्ने पनि भएन । भ्रमणपछि सार्वजनिक गरिएको जानकारी र प्रेससँग परराष्ट्रमन्त्रीको सामान्य संवादबाट जति थाहा भएको छ, त्यस आधारमा यो भ्रमण विवादविहीन मुद्दामा मात्रै सीमित रहेको स्पष्ट हुन्छ । ६ सयभन्दा बढी मेघावाटको विद्युत् गृह निर्माण, अयोध्या-जनकपुर जोड्ने रेल सञ्चालन, वनवास सुख्खा बन्दरगाह शिलान्यास, झापासम्म पेट्रोलियम पाइप लाइन, दार्चुला-धार्चुला निर्मित पक्की पुल उद्घाटन अनि थप करिब दुई खर्ब चालीस अर्ब अनुदानसहित ऋण सहयोग । यिनै उपलब्धि हुन् भ्रमणका । आफ्नो देशभित्र सम्मान ग्रहण गर्दा तामझाम मान्ने प्रधानमन्त्रीले दिल्लीमा भने राम्रै तामझाम र स्वागत पाउनुभयो । दुई वर्षसम्म कुनै विदेश नजाने प्रतिज्ञा भए पनि भारत भ्रमणमा त्यो तोडिएको छ । राम्रो कामका लागि कुनै प्रतिज्ञा बाधक हुन्छ भने त्यसलाई समयको पेटारोमा जिम्मा लगाएर काम गर्नुपर्छ । त्यस अर्थमा प्रधानमन्त्रीले समयको पदचापलाई बुझ्नु भएको स्पष्ट छ । यद्यपि दुई खर्ब चालीस अर्बमध्ये नेपालीहरूको टाउकोमा थप एक खर्ब ८४ अर्बको ऋणभार बहन गर्नुपर्ने बाध्याता थपिएको छ भन्ने समाचार आइरहेका छन् । यथार्थ पछि थाहा होला । करिब दुई खर्बभन्दा बढी भौतिक क्षतिपछि निर्मित सरकारका लागि यो दुई खर्ब ऋणको बोझ असामान्य हुनु आवश्यक छैन । यसै समयमा प्रकृतिले पनि नेपालमाथि प्रहार गरेको छ । रसुवा, भोटेकोशी र बूढीगण्डकीको पीडाले त नेपालको अर्थतन्त्रलाई क्षतविक्षत नै पारिदिएको छ । यस समयमा अनिकालमा जसरी पनि बिउ जोगाउनुपर्छ भन्ने मान्यताका आधारमा कष्टका समयमा जस्तो र जसबाट भए पनि स्रोत जुटाउनु नै पर्ने थियो, त्यही काम हुनपुगेको छ । यसअर्थमा प्रधानमन्त्रीको यो भ्रमण सफल नै मान्नुपर्ने हुन्छ । प्रधानमन्त्री हुनुअघि र पछिका अनेक उटपट्याङ् कामहरूले बालेन्द्र साह बारे अनेक संशय थिए र अहिले पनि छन् । अरू राजनीतिक दलका नेताहरू भारतको भ्रमणमा पुग्दा र्‍यापमा नै संगीत भरेर अपमानित गर्नेदेखि राष्ट्रवादी चरित्रको पक्षपोषण हुनेजस्तो आफ्नो कार्यकक्षमा नै चुच्चे नक्सा राखेर वाहवाही लुट्ने प्रधानमन्त्री अन्ततः चिसो पानीले नै नुहाउन पुग्नु कुनै अन्यथा मानिँदैन । सुरुका दिनमा अमेरिकी र भारतीय कूटनीतिकसँग सिधा संवाद नगर्ने अनि सामूहिक रूपमा कूटनीतिकहरूसँग परिचय गर्ने अनेक भर्भायोग्य दृश्य विगतमा नदेखिएका होइनन् । जतिसुकै उफ्रे पनि चिसो पानीले नुहाउनुपर्ने नेपालको नियति नै हो यो । सबै मानिसहरू बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी वा वीरेन्द्र वा कमोबेस ज्ञानेन्द्र जस्ता हुनसक्दैनन् । त्यस समयका सन्दर्भलाई गहिरोसँग अध्ययन गर्ने हो भने यो तथ्य दस्तावेज र व्यवहार दुवैबाट स्पष्ट हुन्छ । अहिले त झन् अन्तर्राष्ट्रिय व्यवस्थामा अनेक परिवर्तनकारी स्थिति निर्माण भइरहेको छ । केही दिन पहिले चीनको पूर्वी किनारमा सम्पन्न एपेक बैठकमा संसारका तीन शक्तिशाली राष्ट्ररूहरूबीचको सहमतिले विश्व व्यवस्थाको अर्को संभावित रूपलाई देखाएको छ । उनीहरूका बीचमा भएको सहमति साना देशका लागि सुखद् छैन । अमेरिकी पाँचौं राष्ट्रपति जेम्स मुनरोको रणनीतिको यथार्थ तस्वीर देखिने खतरा र संभावना बढेको छ । तीन महाशक्तिहरूले आ-आफ्नो क्षेत्रमा गर्ने हरेक काममाथि अर्को महाशक्ति मौन हुने संकेत नै त्यो सहमतिको सम्भावित पाटो हो । महाशक्तिहरूले त्यसरी आफ्नो क्षेत्रलाई प्रभावमा राख्ने वा नियन्त्रण गर्ने रणनीति बनाए भने क्षेत्रीय शक्ति सन्तुलनमा परिवर्तन निश्चित छ । दक्षिण एसियाको महाशक्तिका रूपमा प्रतिस्पर्दा गरे पनि हालसम्म क्षेत्रीय शक्तिको सीमाभित्रै रहेको भारत-नेपालको सबैभन्दा नजिकको छिमेकीमित्र र सन्निसर्पनका कारण संशय गरिरहनुपर्ने अवस्थामा छ । उत्तरतिरको चीन नेपालका लागि आडजस्तो रहे पनि भर गर्ने देखिँदैन । विगतमा निर्दलीय पञ्चायतकाल होस्, सशस्त्र हिंसाकाल अथवा ०६२ को जनआन्दोलन सबै परिघटनामा देशको राजनीतिक प्रणाली र सत्ता परिवर्तन भएको छ । त्यस समय सबैभन्दा भर पर्दा र विश्वास गरेर बसेका राजनीतिक शक्ति वा संस्थाहरूप्रति चीनको कुनै उदार आश्वासन देखिएको छैन । ०८२ को जेन-जी परिघटनाले त चीनविरुद्धका शक्तिहरूलाई नै काँधमा बोकेर सिंहासनमा पुर्‍याएको थियो । यसबेला पनि चीनको कुनै संगतिपूर्ण दृष्टिकोण आएको सुनिँदैन । यसैकारण कर्थ क्षेत्रीय शक्ति र क्षेत्रका साना देशहरूका बीचमा कुनै समस्या देखापरेमा चीन सहयोगी हुनसक्दैन भन्ने अनुमान गर्न सकिन्छ । यो सन्दर्भकै कारण जुन पृष्टभूमि, जुनरूपमा आएको सरकार भए पनि यो सरकार पुरानाजस्तै गरी भारतसँगका सम्बन्धलाई अमिलो बनाउन सक्दैन र चाहँदैन पनि । नेपालको यो धरातलीय यथार्थ भए पनि भारतसँग प्रत्यक्ष असहमतिहरूलाई किनारा लगाउन सकिन्छ भन्ने होइन । भारतमा जुनसुकै सरकार आए पनि कम्तीमा परराष्ट्रनीतिको मूलस्वरूप परिवर्तन भएको देखिँदैन । भारतीय जनता पार्टीको वर्तमान सरकार पनि विगतको कांग्रेस सरकारकै पदचिह्नमा हिँडिरहेको छ । कांग्रेस नेतृत्वको सरकारभन्दा फरक देखिँदैन । एउटा विषयमा मात्रै केही भिन्नलाग्छ । यसले राजनीतिक, व्यापारिक, आर्थिक र सुरक्षात्मक नीतिसँग अर्को एक नीति थपेको देखिन्छ नेपालको सन्दर्भमा । त्यो हो : धार्मिक–सांस्कृतिक सम्बन्ध, विकास र विस्तार । वर्तमान प्रधानमन्त्री मोदी पहिलोपटक नेपाल भ्रमणमा आउनु हुँदा उहाँले नेपालको विकासका लागि धार्मिक कोरिडोरको प्रस्ताव गर्नुभउको थियो । करिब बाह्र वर्ष पहिलेको त्यो प्रस्ताव नेपालकै कारण निरर्थक भयो । संविधानसभाले संविधान निर्माणको समय बहस भइरहेको हुनाले एकथरीले मोदी प्रस्तावलाई धर्मसापेक्षताको सेतु वा सूत्र भन्ने सोच बनाएका थिए । यही कारण सार्क सम्मेलनमा आउन लागेका मोदीलाई जनकपुरमा गर्न खोजिएको स्वागत कार्यक्रम नै भताभुंग पार्ने गलत योजना त्यस समय देखिएको थियो । दुःख-सुखको सबैभन्दा निकट र सहयोगी भारतसँग नेपालको सम्बन्धमा अनेक उतारचढाव हुँदै आएको विगत छ । तर यो पटक विवाद नहुने विषयमा मात्रै सहमति गरेर प्रधानमन्त्री फर्किनु भएको देखिन्छ । प्रकट व्यवहारको विषयलाई अपरिपक्वता भन्नुपर्ने होला । तर दुईतिहाइ शक्तिको निर्वाचित सरकारले कमसेकम अभिलेखकै लागि भए पनि नेपाल-भारत सम्बन्धका विषयको प्रतिवेदन, सीमाको प्रश्न, भारतबाट आयातीत तरकारी तथा खाद्य सामग्रीको परीक्षण, नेपाली सवारीसाधनको भारत प्रवेश, नेपाली प्रकाशनलाई भारतमा बिक्रीको व्यवस्था, पत्रपत्रिका र अन्य सामग्रीसमेत भारततर्फ निकासी गर्न पाउनेजस्ता विषय उठान गरेको भए सुनमा सुगन्ध हुने थियो । जे भए पनि बालेन सरकार र भारतीय पक्षका बीचमा आइसब्रेक भएको छ, जसलाई सकारात्मक सुरुवात मान्नु पर्दछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
शेख हसिनाको घरफिर्ती घोषणाले तात्यो ढाका
Latest NewsJust now

शेख हसिनाको घरफिर्ती घोषणाले तात्यो ढाका

काठमाडौं । बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेसँगै बंगलादेशको राजनीतिक माहोल पुनः तात्ने संकेत देखिएको छ । दुई वर्षभन्दा बढी समयदेखि भारतमा निर्वासनको जीवन बिताइरहनु भएकी हसिनाको यो घोषणाले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ । तर, उहाँको स्वदेश फिर्ती राजनीतिक इच्छाशक्तिले मात्रै सम्भव हुने अवस्था छैन । मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजाय ...

हिमालय टाइम्स
शिलालेखमै सीमित आधारभूत अस्पताल
Latest NewsJust now

शिलालेखमै सीमित आधारभूत अस्पताल

गोकर्ण दयाल बैतडी, मङ्सिर ९ गते । तत्कालीन सरकारले विसं २०७७ मङ्सिर १५ गते निकै तामझामसाथ ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माणको महत्वाकाङ्क्षी अभियान सुरु गरेको थियो तर... ...

गोरखापत्र
नेपाल प्रहरीका ६० एसपीको सरुवा, १७ जिल्लाका इन्चार्ज पनि फेरिए (सूचीसिहत)
Latest NewsJust now

नेपाल प्रहरीका ६० एसपीको सरुवा, १७ जिल्लाका इन्चार्ज पनि फेरिए (सूचीसिहत)

नेपाल प्रहरीका ६० जना प्रहरी उपरिक्षक (एसपी) हरुको सरुवा भएको छ।  नवनियुक्त आईजीपी मनोज केसीले मंगलबार ६० जिना एसपीहरुको सरुवा सम्बन्धी निर्णय गरेका हुन् ।  पूर्वप्रकाशित प्रहरी उपरीक्षकहरूको पूर्वानुमान योग्य सरूवा सूची अनुसार जनपद प्रहरी समूहतर्फका एसपीहरूको सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  सरुवा सुचि अनुसार बारामा कुमार व... ...

नेपालखबर
भोजपुरका किसान कृत्रिम गर्भाधानतर्फ आकर्षित
Latest NewsJust now

भोजपुरका किसान कृत्रिम गर्भाधानतर्फ आकर्षित

भोजपुर । भोजपुरमा उन्नत जातका पशु उत्पादन गरी दूध तथा मासु उत्पादन बढाउने उद्देश्यले कृत्रिम गर्भाधान सेवा लिने किसानको सङ्ख्या बढ्दै गएको छ । स्थानीय जातका गाईभैँसीको नस्ल सुधार गरी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement