Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालको पानीलाई साझा समृद्धिको आधार बनाउन पूर्वकूटनतीज्ञहरुको सुझाब

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्रीको भारत भ्रमण : नेपालको पानीलाई साझा समृद्धिको आधार बनाउन पूर्वकूटनतीज्ञहरुको सुझाब
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा नेपालको जलस्रोतलाई दुई देशको साझा समृद्धिको आधार बनाउने प्रस्ताव अघि सार्न पूर्वकूटनीतिज्ञहरूले सुझाव दिएका छन् । उनीहरूले जलविद्युत् उत्पादन र व्यापारसँगै सिँचाइ, खानेपानी तथा बाढी नियन्त्रणमा सहकार्य विस्तार गरेर दुवै देशले लाभ लिन सक्ने बताएका हुन् । प्रधानमन्त्री शाह यही मंसिर ६ र ७ गते दुईदिने भारत भ्रमणमा जाँदै छन् । भ्रमणका क्रममा नेपाल–भारतबीच जलस्रोतको उपयोग, ऊर्जा सहकार्य र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनासहितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । लामो समयदेखि चर्चामा रहे पनि कार्यान्वयनमा अघि बढ्न नसकेको पञ्चेश्वर आयोजनालाई पनि भ्रमणको महत्वपूर्ण एजेन्डा बनाउनुपर्ने उनीहरूको सुझाव छ । भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले नेपालको पानीलाई समस्याका रूपमा नभई दुवै देशका लागि वरदान बनाउनुपर्ने बताए । जलस्रोतको बहुउपयोगबाट नेपाल र भारत दुवैले आर्थिक तथा सामाजिक लाभ लिन सक्ने भएकाले त्यसका लागि साझा सहकार्य आवश्यक रहेको उनको भनाइ छ । ‘नेपालको पानीलाई समस्याका रूपमा होइन, दुवै देशका लागि वरदान बनाउन सकिन्छ,’ उपाध्यायले भने । उनका अनुसार नेपालको जलस्रोतबाट विद्युत् उत्पादन र व्यापार मात्रै नभई सिँचाइ, खानेपानी तथा बाढी नियन्त्रणमा समेत लाभ लिन सकिन्छ । नेपालमा प्रत्येक वर्ष बाढी र डुबानका कारण ठूलो जनधनको क्षति हुने गरेको छ । यसले नेपालको कृषि, जनजीवन र पूर्वाधारमा असर पार्नुका साथै भारतका सीमावर्ती क्षेत्रमा पनि समस्या सिर्जना गर्ने गरेको छ । त्यसैले नदी व्यवस्थापन, बाढी नियन्त्रण र जलस्रोतको उपयोगलाई छुट्टाछुट्टै विषयका रूपमा नभई समग्र क्षेत्रीय सहकार्यका रूपमा अघि बढाउनुपर्ने उपाध्यायको सुझाव छ । अन्तर्राष्ट्रिय कानुन र मान्यताअनुसार तेस्रो पक्षको हितसमेत ध्यानमा राखेर जलस्रोतको बहुउपयोग गर्न भारत सकारात्मक हुनुपर्ने उनले बताए । उपाध्यायले जलस्रोतसम्बन्धी सहकार्यलाई नेपालको आर्थिक विकास र भारतको आवश्यकतासँग जोडेर अघि बढाउनुपर्ने बताए । यसका लागि विगतमा भएका सहमति कार्यान्वयन गर्दै नयाँ सहकार्यका आधार खोज्नुपर्ने उनको धारणा छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई पनि उनले नेपाल–भारत जलस्रोत सहकार्यको महत्वपूर्ण उदाहरणका रूपमा अघि बढाउन सकिने बताए । दुई देशबीचको सहमतिअनुसार अघि बढ्नुपर्ने यस्ता आयोजनामा आपसी समझदारी र लाभको बाँडफाँट स्पष्ट हुनुपर्ने उनको भनाइ छ । डेनमार्कका लागि नेपालका राजदूत विजयकान्त कर्णले पनि प्रधानमन्त्रीको भारत भ्रमणमा ऊर्जा सहकार्य र पञ्चेश्वर आयोजनाको विषय उठ्ने अपेक्षा गरिएको बताए । उनका अनुसार भ्रमणमा विपद् व्यवस्थापन, पूर्वाधार विकास, हवाई रुट, ऊर्जा सहकार्य र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालगायत विषयमा छलफल हुन सक्छ । कर्णले नेपालमा हालै आएको बाढीबाट भएको क्षतिको पुनर्निर्माण तथा व्यवस्थापनमा भारतको सहयोग आवश्यक रहेको बताए । यसका लागि नेपालले भारतसँग करिब दुई अर्ब अमेरिकी डलर बराबरको सहयोग क्रेडिट लाइन तथा अनुदानका रूपमा उपलब्ध गराउन प्रस्ताव गरेको उनले जानकारी दिए । बाढी नियन्त्रण र विपद् व्यवस्थापनमा दुई देशबीच सहकार्य बढाउनु आवश्यक रहेको उनको भनाइ छ । नदी तथा जलाधार क्षेत्रको व्यवस्थापनमा समन्वय हुन सके नेपाल र भारत दुवैतर्फ हुने क्षति न्यूनीकरण गर्न सकिने अपेक्षा गरिएको छ । यसैबीच, चीनका लागि नेपालका पूर्वराजदूत लिलामणि पौडेलले प्रधानमन्त्रीले भारतसँगको छलफलमा नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले असंलग्न परराष्ट्र नीतिको सिद्धान्तभित्र रहेर स्वतन्त्र र सार्वभौम मुलुकका रूपमा राष्ट्रिय हित प्रवद्र्धन गर्नुपर्ने धारणा राखे । नेपाल र भारतबीच जलस्रोतलगायतका विषयमा विगतमा भएका सन्धि, सम्झौता र समझदारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । बलियो जनसमर्थनसहित निर्वाचित सरकारले राष्ट्रिय हितका विषय स्पष्ट रूपमा उठाउन सक्ने अवसर रहेको उनले बताए । नेपाल र भारतबीच जलस्रोत उपयोगका विषयमा लामो समयदेखि विभिन्न द्विपक्षीय संयन्त्रमार्फत छलफल हुँदै आएको छ । तर, पञ्चेश्वरजस्ता महत्वपूर्ण आयोजना अघि बढाउन पानीको उपयोग र लाभ बाँडफाँटमा रहेका मतभेद समाधान गर्नुपर्ने चुनौती कायमै छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको भ्रमणलाई जलस्रोत सहकार्यमा ठोस प्रगति खोज्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने पूर्वकूटनीतिज्ञहरूको सुझाव छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वर्षमानको दाबी- रास्वपा फुट्यो र बालेनले रवि थुने वा रवि प्रधानमन्त्री बने आश्चर्य मान्नुपर्दैन
OthersJust now

वर्षमानको दाबी- रास्वपा फुट्यो र बालेनले रवि थुने वा रवि प्रधानमन्त्री बने आश्चर्य मान्नुपर्दैन

कुनै पनि बेला रास्वपा फुट्यो, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पार्टी सभापति रवि लामिछानेलाई थुने वा रविले बालेनलाई टेकओभर गरेर प्रधानमन्त्री बने भने आश्चर्य मान्नु नपर्ने अवस्था बनेको छ । ...

अनलाइन खबर
नेपाल-भारत सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउन सकिन्छ : मन्त्री पौडेल
OthersJust now

नेपाल-भारत सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउन सकिन्छ : मन्त्री पौडेल

मन्त्री पौडेलले नेपाल–भारत पर्यटन साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन पर्यटन क्षेत्र प्रभावकारी माध्यम बन्नसक्ने बताएका हुन् । ...

अनलाइन खबर
बाबुको सुरक्षाका लागि इमरान खानका छोराको अपिल
OthersJust now

बाबुको सुरक्षाका लागि इमरान खानका छोराको अपिल

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफ्ना बुबाको ज्यान जोखिममा रहेको भन्दै उनको सुरक्षाका लागि तत्काल हस्तक्षेप गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन्। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play