Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्रीको भारत भ्रमणले सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्रीको भारत भ्रमणले सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डीबी सुनारले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ आयामबाट परिभाषित गर्न महत्वपूर्ण सन्देश दिने बताएका छन् । सोमबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीको भारत भ्रमणबारे धारणा राख्दै उनले नेपाल–भारत सम्बन्धमा अन्तर्राष्ट्रिय शक्तिहरूको भूमिकाबारे उठ्ने प्रश्न र आरोपहरूलाई चिर्न भ्रमण महत्वपूर्ण हुने बताए । उनले भने, ‘नेपाल र भारतको सम्बन्धमा इन्टरनेसनल फ्याक्टरहरूले कसरी भूमिका निर्वाह गरिरहेका छन् भन्ने जुन खालको आरोप नेपाली राजनीतिक दलले अभ्यास गरिरहेको राजनीतिक प्रवृत्तिको सन्दर्भमा लाग्ने गरेको छ, त्यसलाई हामीले कसरी मुक्त गर्न सकिन्छ भन्ने यो भ्रमणबाट अन्तर्राष्ट्रिय सन्देश दिन पनि महत्वपूर्ण छ ।’ सुनारले भारतका लागि पनि नेपाली प्रधानमन्त्रीको भ्रमण उत्तिकै महत्वपूर्ण रहेको बताए । भारतको छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध अपेक्षाअनुसार नरहेको भन्दै नेपालसँग सुमधुर सम्बन्ध विकास गरेर दुई देशबीचको सम्बन्धलाई नयाँ आयामबाट परिभाषित गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘कम्तीमा पनि नेपालसँग सुमधुर सम्बन्ध विकास गरेर नेपाल–भारतको सम्बन्ध नयाँ आयामबाट परिभाषित हुनेगरी उपस्थित भएको छ भन्ने सन्देश भारतलाई दिन जरुरी छ ।’ यसैगरी हंकार मधेसका प्रवक्ता केशव झाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा विकास, लगानी तथा प्रविधिसम्बन्धी सहकार्यका विषय महत्वपूर्ण रहेको बताए । उनले तल्लो अरुण परियोजनासम्बन्धी सहमति, भारतले दुई खर्ब ४० अर्ब रुपैयाँको विकास प्याकेजमा सहयोग गर्ने तथा सूचना प्रविधिसम्बन्धी सहकार्य र कलेज निर्माणमा सहयोग गर्ने विषय चर्चामा रहेको उल्लेख गरे । झाले नेपालमा लगानी भित्र्याउन आवश्यक रहेको भन्दै देशको कानुन र नीति लगानीमैत्री हुनुपर्नेमा जोड दिए । उनले भने, ‘मुख्य रूपमा हाम्रो देशमा अहिले सबैभन्दा बढी लगानी भित्र्याउने कुरा हो । किनकि आफ्नो उत्पादन बढाउनलाई हामीसँग पर्याप्त लगानी छैन, बाहिरबाट ल्याउनुपर्छ । तर देशको नियम कानुन लगानीमैत्री छैन । नियम कानुनहरू खुम्चिएको जस्तो छ । कोही लगानी गर्न आउँदा त्यसलाई बढी च्याप्ने, असहज परिस्थिति निर्माण गर्ने र लाभहरू पनि लान नदिने खालको छ ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अयोध्या–जनकपुरधाम रेल सञ्चालन हुनु ठूलो अवसर हो : मनिष झा
OthersJust now

अयोध्या–जनकपुरधाम रेल सञ्चालन हुनु ठूलो अवसर हो : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अयोध्या जनकपुरधाम रेल सेवाले ठूलो अवसर सृजना गरेको धारणा राखेका छन् । धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद झाले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो पोस्ट गर्दै ‘सिया बिन राम अधुरा’ भन्ने उख्खानबारे चर्चा गरे । उनले सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रुपमा उद्घाटन गरेको अयोध्या जनकपुरधाम सरयू कमला एक्सप्रेस रेलले ...

पर्दाफास
काठमाडौंमा मंसिर १२ गते ‘मारवाडी महोत्सव २०८३’ हुँदै
OthersJust now

काठमाडौंमा मंसिर १२ गते ‘मारवाडी महोत्सव २०८३’ हुँदै

मारवाडी समुदायको कला, संस्कृति, परम्परा, वेशभूषा तथा खानाका परिकारको संरक्षण, प्रदर्शन र प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंमा ‘मारवाडी महोत्सव २०८३’ आयोजना हुने भएको छ । प्रेस्टिज इभेन्ट्स मारवाडी समाजको आयोजनामा आगामी मंसिर १२ गते शनिबार काठमाडौंको भृकुटीमण्डप बगैँचा क्षेत्रमा एकदिने महोत्सव आयोजना गर्न लागिएको हो । आयोजकले पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिँदै नेपालमा लामो समयदेखि बसोबास गर्दै आएको मारवाडी समुदायको मौलिक पहिचान, कला, ...

पर्दाफास
उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट
OthersJust now

उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट

भेटका अवसरमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपतकालीन राहत सहयोग, श्रम तथा नेपाली कामदारको अवस्था, आर्थिक सम्बन्ध, लगानी, हवाई सम्पर्क तथा अन्तरराष्ट्रिय मञ्चमा सहकार्यलगायतका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । ...

अनलाइन खबर
भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री बालेनको आह्वान
OthersJust now

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री बालेनको आह्वान

प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्दै दुई देशबीच भएका समझदारी र अघि बढाइएका पूर्वाधार आयोजनाबाट नागरिकले प्रत्यक्ष आर्थिक तथा सामाजिक लाभ पाउनुपर्ने बताएका छन् । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले नेपाल र भारतबीच शताब्दीयौँ पुरानो ऐतिहासिक सम्बन्धलाई थप ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement