Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्रीको भारत भ्रमणमा द्विपक्षीय सम्बन्ध र लामो समयदेखि थाती मुद्दा उठाउनुपर्ने सुझाव

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्रीको भारत भ्रमणमा द्विपक्षीय सम्बन्ध र लामो समयदेखि थाती मुद्दा उठाउनुपर्ने सुझाव
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउनुका साथै लामो समयदेखि थाती रहेका द्विपक्षीय मुद्दा समाधान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । पूर्व प्रधानमन्त्री केपी ओलीका सल्लाहकार समेत भइसकेका राजन भट्टराईले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध, सम्पर्क सञ्जाल र आपसी सहकार्य विस्तार गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् । भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै भट्टराईले नेपाली प्रधानमन्त्रीको भारत भ्रमण हुन लागेको करिब साढे दुई वर्षपछि भएकाले यसको कूटनीतिक महत्व रहेको बताए । दुई देशबीच धेरै विषयमा सहकार्य र समन्वय आवश्यक रहेकाले नियमित उच्चस्तरीय भ्रमण तथा संवाद महत्वपूर्ण हुने उनको भनाइ छ । ‘भारत र नेपालबीच धेरै विषय र सम्झौता छन् । हामी सबैभन्दा निकट छिमेकी हौँ । दुई देशबीच यति धेरै साझा मुद्दा र सहकार्यका क्षेत्र भएकाले उच्चस्तरीय भ्रमण र आपसी समझदारी सधैँ महत्वपूर्ण हुन्छन्,’ उनले भने । भारत नेपालको प्रमुख विकास साझेदार, सबैभन्दा ठूलो व्यापार साझेदार र प्रमुख लगानीकर्ता भएकाले भ्रमणमा विकास सहकार्यलाई प्राथमिकता दिनुपर्ने भट्टराईले बताए । उनले विपद्पछिको पुनर्निर्माण तथा संकटका समयमा भारतले गर्दै आएको सहयोगलाई निरन्तरता दिने विषयमा पनि छलफल हुनुपर्ने उल्लेख गरे । भट्टराईले जलवायु परिवर्तन, कृत्रिम बौद्धिकता (एआई) र आधुनिक प्रविधिको प्रयोगमार्फत विकासलाई तीव्रता दिने विषयमा समेत दुई देशबीच सहकार्यको सम्भावना रहेको बताए । त्यस्तै, सडक तथा हवाई सम्पर्क विस्तार, पेट्रोलियम पाइपलाइनको विस्तार र ग्यास पाइपलाइन निर्माणको सम्भावना पनि भ्रमणका क्रममा छलफल गर्नुपर्ने विषय रहेको उनको भनाइ छ । क्रिकेट पूर्वाधार विकासलगायतका क्षेत्रमा पनि सहकार्य अघि बढाउन सकिने उनले बताए । आठ वर्षदेखि थाती प्रबुद्ध समूहको प्रतिवेदन भट्टराईले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनलाई पनि भ्रमणमा उठाउनुपर्ने विषयका रूपमा उल्लेख गरेका छन् । दुवै देशका प्रतिनिधि सम्मिलित समूहले द्विपक्षीय सम्बन्धको समग्र अवस्थाबारे अध्ययन गरी सहमतिमा तयार पारेको प्रतिवेदन करिब आठ वर्षदेखि कार्यान्वयन प्रक्रियामा अघि बढ्न नसकेको उनले बताए । प्रधानमन्त्री शाहको भ्रमणका क्रममा उक्त प्रतिवेदनले प्राथमिकता पाउने र त्यसलाई सकारात्मक निष्कर्षमा पु¥याउने दिशामा छलफल हुने अपेक्षा गरेको उनको भनाइ छ । ‘हामीलाई भारतसँग अत्यन्त राम्रो सम्बन्ध आवश्यक छ र हाम्रो अपेक्षा पनि यही हो,’ भट्टराईले भने ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
OthersJust now

विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले पाएका छन् । प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने भएपछि वरियताक्रम अनुसार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठले पाएका हुन् । प्रधानमन्त्री बालेन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज औपचारिक भारत भ्रमणमा जाँदैछन् । भारतका… ...

अनलाइन खबर
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए सपथ
OthersJust now

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए सपथ

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले पद तथा गोपणियताको सपथ ग्रहण गरेका छन् । आइतबार मधेश प्रदेश प्रमुख कार्यायलमा राखिएको सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले अब प्रदेशमा सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने बताए । उनले सहमतिको आधारमा मन्त्रिपरिषद विस्तार ...

पर्दाफास
शुल्क पुनरावलोकन नभएसम्म निजी मेडिकल कलेजले विद्यार्थी भर्ना नलिने
OthersJust now

शुल्क पुनरावलोकन नभएसम्म निजी मेडिकल कलेजले विद्यार्थी भर्ना नलिने

शिक्षण शुल्क पुनरावलोकन र सिट निर्धारण प्रक्रियामा पारदर्शिता कायम नभएसम्म स्नातक (यूजी) र स्नातकोत्तर (पीजी) तहमा विद्यार्थी भर्ना लिन नसक्ने निजी मेडिकल तथा डेन्टल कलेजहरूले जनाएका छन् । एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको सिटको आधार र शिक्षण शुल्क पुनरावलोकन नभएसम्म भर्ना प्रक्रिया अघि नबढाउन आयोगलाई आग्रह गरेको छ । एसोसिएसनले आइतबार जारी गरेको ...

पर्दाफास
नरेश श्रेष्ठ स्मृति यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता १० मंसिरदेखि
OthersJust now

नरेश श्रेष्ठ स्मृति यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता १० मंसिरदेखि

६ मंसिर, काठमाडौं । नरेश श्रेष्ठ स्मृति यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता मंसिर १० देखि २४ गतेसम्म सुदूरपश्चिम प्रदेशका धनगढी र महेन्द्रनगरमा सञ्चालन हुने भएको छ। प्रतियोगितामा सात प्रदेशका टोलीले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीले राउन्ड रोबिन प्रणालीमा एकअर्कासँग खेल्नेछन्। लिग चरणको अन्त्यमा शीर्ष दुई स्थानमा रहने टोलीबीच मंसिर २४ गते फाइनल खेल हुनेछ। सबै खेल… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play