Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि र सम्झौता सार्वजनिक गर्न कांग्रेसको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि र सम्झौता सार्वजनिक गर्न कांग्रेसको माग
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका सम्झौता, समझदारी तथा उपलब्धिहरू आधिकारिक रूपमा सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीको भारत भ्रमण नेपाली जनताको अपेक्षाअनुसार उपलब्धिमूलक हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले नेपाल र भारतबीच लामो समयदेखि छलफलमा रहेका तथा टुंगोमा पुग्न नसकेका विषयले भ्रमणका क्रममा निकास पाउने नेपाली जनताको अपेक्षा रहे पनि त्यसअनुसार प्रधानमन्त्रीले नेपालको दृष्टिकोण स्पष्ट रूपमा राख्न नसकेको बताउनुभयो । भारतले नेपाललाई सहयोग गर्ने घोषणा गरेको रकम ऋण हो वा अनुदान भन्ने विषयसमेत सरकारले स्पष्ट पार्नुपर्ने उहाँको भनाइ छ । पौडेलले प्रधानमन्त्रीको भारत भ्रमण व्यक्तिगत नभई मुलुकको प्रतिनिधित्व गर्ने राजकीय भ्रमण भएकाले त्यसक्रममा भएका भेटघाट, छलफल, सम्झौता र समझदारीबारे जनतालाई जानकारी गराउनु सरकारको दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको भारत भ्रमणबाट लामो समयदेखि छलफलमा रहेका र टुंगो नलागेका विषय निष्कर्षमा पुग्ने तथा विवादित विषयमा नेपालको दृष्टिकोण स्पष्ट रूपमा राखिने अपेक्षा गरिएको थियो । तर, पुराना वा नयाँ कुनै पनि विषयमा स्पष्ट धारणा राखेको देखिएन । प्रधानमन्त्रीले भारतमा के गर्नुभयो, को–कोसँग भेट्नुभयो, के–के छलफल र सम्झौता भए भन्ने कुरा नेपाली जनतालाई आधिकारिक रूपमा जानकारी गराउनुपर्छ ।’ उहाँले भ्रमणका क्रममा उपलब्धि हासिल भएको भनिएका विषयहरू सम्झौता भएर कार्यान्वयनको प्रक्रियामा अघि बढेका हुन् वा छलफलकै चरणमा रहेका छन् भन्नेबारे पनि सरकारले स्पष्ट पार्नुपर्नेमा जोड दिनुभयो । यसैबीच, महामन्त्री पौडेलले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पुनःस्थापनामा सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो । प्रधानमन्त्री शाहले हालै भारतको दुईदिने राजकीय भ्रमण गर्नुभएको थियो । उक्त भ्रमणका क्रममा भएका सहमति, समझदारी र उपलब्धिबारे सरकारले आधिकारिक विवरण सार्वजनिक गर्नुपर्ने कांग्रेसको माग छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दशौँ राष्ट्रिय खेलकुदः महिला बास्केटबलमा सुदूरपश्चिम अन्तिम आठमा
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुदः महिला बास्केटबलमा सुदूरपश्चिम अन्तिम आठमा

• सुदूरपश्चिम प्रदेश महिला बास्केटबलको क्वाटरफाइनलमा प्रवेश गर्दै मधेस प्रदेशलाई ४७–३ अङ्कले हरायो। • नेपाल पुलिसले कर्णाली प्रदेशलाई ५२–१९ अङ्कले पराजित गर्दै समूह ‘ए’ मा जित हासिल गर्यो। • थ्री अन थ्रीमा नेपाल आर्मी र बागमती प्रदेशले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे। ...

नेपालबहस
नेपाल लाइफको प्रणालीबाट २३ करोड गायब ! १० वर्षसम्म बेखबर व्यवस्थापन, प्रभु समूहविरुद्ध अदालतमा मुद्दा
Latest NewsJust now

नेपाल लाइफको प्रणालीबाट २३ करोड गायब ! १० वर्षसम्म बेखबर व्यवस्थापन, प्रभु समूहविरुद्ध अदालतमा मुद्दा

• नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा २३ करोड रुपैयाँभन्दा बढी बीमाशुल्कको हिसाब हराएको विवाद सार्वजनिक भएको छ, जुन मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर भएपछि खुलासा भएको हो। • प्रभु समूहसम्बद्ध कम्पनीले संकलित रकम समयमै नेपाल लाइफलाई बुझाएको छैन भन्ने आरोपमा कम्पनीले अदालतमा मुद्दा दायर गरेको छ, जसले व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा प्रश्न उठाएको छ। • बीमाशुल्क संकलनको जिम्मेवारी लिएको कम्पनीले ...

नेपालबहस
उद्योगीका समस्या समाधान गर्न मन्त्रालयमै ‘सहजीकरण कक्ष’ सञ्चालन गरिने
Latest NewsJust now

उद्योगीका समस्या समाधान गर्न मन्त्रालयमै ‘सहजीकरण कक्ष’ सञ्चालन गरिने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले उद्योगी तथा व्यवसायीले भोग्दै आएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उद्योग दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री साहले उद्योग सञ्चालनका क्रममा देखिने प्रशासनिक झन्झट, प्रक्रियागत कठिनाइ र नीतिगत अस्पष्टता हटाएर लगानीमैत्री वातावरण निर्माण गरिने बताएका हुन् । उद्योगी तथा व्यवसायीका समस्या तत्काल सम्बोधन […] ...

लोकपथ
दशौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । बागमतीले ९ स्वर्ण, ४ रजत र ६ कांस्यसहित कुल १९ पदक जितेको छ । दोस्रो स्थानमा रहेको एनआरएनएले ६ स्वर्ण, १ रजत र २ कांस्य गरी ९ पदक जितेको छ भने नेपाल पुलिस क्लब ३ स्वर्ण, ७ रजत र ८ कांस्यसहित कुल १८ पदक ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement