Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिको मोरङ उद्योग व्यापार सङ्घद्वारा स्वागत

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिको मोरङ उद्योग व्यापार सङ्घद्वारा स्वागत
Photo / Coverage: कर्पोरट खबर

विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाहको हालैको भारत भ्रमणका क्रममा व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार र लगानीका क्षेत्रमा भएका सहमतिको मोरङ उद्योग व्यापार सङ्घले स्वागत गरेको छ । सङ्घका अध्यक्ष अनिलकुमार साहले आज सञ्चारकर्मीसँग भ्रमणका उपलब्धिबारे धारणा सार्वजनिक गर्दै यसले नेपाल–भारत आर्थिक तथा व्यापारिक सम्बन्धमा नयाँ उत्साह थपेको र नेपाली उद्योगी–व्यवसायीलाई लाभ पुग्ने बताए । उनका अनुसार भारतको कोलकाता र विशाखापट्टनमसँगै गुजरातको दीनदयाल र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न पाउने सहमतिले नेपालको समुद्रपार व्यापारमा पारवहन दूरी तथा ढुवानी खर्च घटाउनुका साथै समय बचत गर्नेछ । त्यस्तै, काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न भारत सहमत हुनु नेपालको लामो समयदेखिको माग सम्बोधन भएको सङ्घको भनाइ छ । यसबाट भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थलको सञ्चालन सहज हुनुका साथै हवाई भाडा घट्ने र पर्यटन व्यवसायलाई लाभ पुग्ने अपेक्षा गरिएको छ । कञ्चनपुरको बनबासामा एकीकृत जाँच चौकीको शिलान्यास, धार्चुला–दार्चुला जोड्ने मोटरेबल पुलको उद्घाटन तथा भैरहवा, सुनौली र दोधारा–चाँदनीका जाँच चौकी निर्माणलाई तीव्रता दिने सहमतिले सीमा नाकामा मालवाहक सवारीसाधनको अवरोध हटाई आयात–निर्यात सहज बनाउने सङ्घको विश्वास छ । अयोध्या र जनकपुरलाई जोड्ने सरयु–कमला द्रुत रेल सेवा सञ्चालन तथा रक्सौल–काठमाडौँ विद्युतीय रेलमार्गको अन्तिम सर्वेक्षण पूरा हुनुलाई सङ्घले पर्यटन र यातायातका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि मानेको छ । चितवनमा कृषि–औद्योगिक पार्क, नेपालमा भारतीय प्रविधि संस्थान र नवप्रवर्तन केन्द्र स्थापना गर्ने सहमतिले कृषि प्रशोधन तथा सूचना प्रविधिका क्षेत्रमा युवा उद्यमीका लागि अवसर सिर्जना गर्ने सङ्घले जनाएको छ । सीमापार बैंकिङ तथा दूरसञ्चार सेवा सहज बनाउने सहमतिले व्यापार, शिक्षा र पर्यटन क्षेत्रलाई समेत टेवा पुग्ने उसको विश्वास छ । The post प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिको मोरङ उद्योग व्यापार सङ्घद्वारा स्वागत appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
साउदी अरबमा भएको आक्रमणमा एक नेपालीको मृत्यु, ३ जना घाइते
Latest NewsJust now

साउदी अरबमा भएको आक्रमणमा एक नेपालीको मृत्यु, ३ जना घाइते

काठमाडौँ । साउदी अरबमा हालै भएको आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार साँझ सामाजिक सञ्जाल एक्समार्फत घटनाबारे जानकारी दिएको हो... ...

रातोपाटी
रास्वपा मकवानपुरका उपसभापति टाकाराज थापा पदमुक्त
Latest NewsJust now

रास्वपा मकवानपुरका उपसभापति टाकाराज थापा पदमुक्त

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश समितिले मकवानपुरका जिल्ला उपसभापति टाकाराज थापा (सुरेश) लाई पदबाट हटाएको छ। रास्वपाका बागमती प्रदेश सदस्य राजु सुनारका अनुसार मंसिर १० गतेको निर्णयअनुसार... ...

रातोपाटी
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, चालक घाइते
Latest NewsJust now

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, चालक घाइते

खाली डिब्बा ट्रकको ठक्करबाट हेटौंडाकी ६४ वर्षीया लक्ष्मीदेवी पाठकको मृत्यु भएको हो । मोटरसाइकल चालक ७० वर्षीय श्यामप्रसाद पाठक घाइते भएका छन् । ...

कान्तिपुर
सिद्धार्थ बैंकलाई दुई अवार्ड
Latest NewsJust now

सिद्धार्थ बैंकलाई दुई अवार्ड

बैंकले कार्ड व्यवसायमा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा एक्सिलेन्स इन कन्जुमर प्रिपेड कार्ड्स बिजनेस र एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स बिजनेस अवार्ड प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement