जनकपुरधाम । मधेस प्रदेशसभा सदस्यमा नियुक्त नाजिमा खातुनले आज पद तथा गोपनीयताको शपथ लिएकी छिन् । मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले प्रदेशसभा सचिवालयमा आज आयोजित समारोहमा नवनियुक्त सदस्य खातुनलाई पद तथा गोपनीयताको शपथ गराए । शपथ ग्रहण समारोहमा नेकपा (एमाले) का संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशसभा सचिवालयका सभा सचिव वासुप्रसाद कोइरालालगायत कर्मचारीको उपस्थिति थियो । The post प्रदेशसभा सदस्य खातुनले लिइन् पद तथा गोपनीयताको शपथ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
प्रदेशसभा सदस्य खातुनले लिइन् पद तथा गोपनीयताको शपथ

Read Complete Original Article
Published originally on कर्पोरट खबर






