Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

प्रदीप गिरी फेलोसिप कार्यक्रम शुरु, गगन थापाले गरे उद्घाटन

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रदीप गिरी फेलोसिप कार्यक्रम शुरु, गगन थापाले गरे उद्घाटन
Photo / Coverage: कर्पोरट खबर

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा समावेशिता र सङ्घीयता लागू भएपछि प्रजातन्त्र बलियो भएको बताएका छन् । स्वर्गीय प्रदीप गिरीको जन्मजयन्तीका अवसरमा वीरगञ्जमा आयोजित प्रदीप गिरी फेलोसिप कार्यक्रम उद्घाटन गर्दै उनले गिरीका विचार र लेखनले समावेशिता तथा सङ्घीयताको महत्व बुझ्न सहयोग गर्ने बताए । थापाले प्रदीप गिरीका विचार राजनीतिक दृष्टिकोण निर्माणका लागि पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै विविधता र लोकतन्त्रलाई कसरी समावेशी तथा सार्थक बनाउने भन्ने विषयमा उनका विचार सान्दर्भिक रहेको बताए । प्रदीप गिरी इन्स्टिच्युटले अनुसन्धान तथा लेखन, कानुनी सहायता र निबन्ध पुरस्कार गरी तीन विधामा फेलोसिप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । कार्यक्रममा अनुसन्धान तथा लेखन फेलोसिप, चार जना सक्रिय कानुन व्यवसायीलाई एक वर्षका लागि न्याय फेलोका रूपमा छनोट गरी मधेस र सङ्घीय राजधानीमा कानुनी सहायता कक्ष सञ्चालन गर्ने तथा राजनीतिक दल, संस्था र आन्दोलनभित्रका कमजोरीमाथि आलोचनात्मक लेखन गर्ने उत्कृष्ट निबन्धलाई पुरस्कार प्रदान गरिनेछ । फेलोसिपमा दलित, मधेसी, आदिवासी जनजाति, महिला तथा काठमाडौँ उपत्यकाबाहिरका आवेदकलाई प्राथमिकता दिइनेछ । विशेषगरी दुर्गम र सीमान्तकृत क्षेत्रका युवालाई अवसर प्रदान गर्ने लक्ष्य राखिएको इन्स्टिच्युटका अध्यक्ष कञ्चन झाले बताएका छन्। The post प्रदीप गिरी फेलोसिप कार्यक्रम शुरु, गगन थापाले गरे उद्घाटन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
Latest NewsJust now

चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाबाट पर्यटकीयस्थल सोवाङधुरी जोड्ने पदमार्ग निर्माण भएको छ। रघुगङ्गा गाउँपालिकाको सहयोगमा सिसर्काबाट समुन्द्रि सतहदेखि तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङ धुरीको दृष्य अवलोकनस्थल जोड्ने पाँच... ...

रातोपाटी
असोज मसान्तसम्म सार्वजनिक ऋण ३० खर्ब नौ अर्ब
Latest NewsJust now

असोज मसान्तसम्म सार्वजनिक ऋण ३० खर्ब नौ अर्ब

काठमाडौं। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ९८ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ खर्च गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि यस शीर्षकमा ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरिएको थियो। असोज मसान्तसम्ममा मुलुकको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड रुपैयाँ ...

नेपालन्युज
रोबर्ट प्याटिन्सन नयाँ जेम्स बन्ड
Latest NewsJust now

रोबर्ट प्याटिन्सन नयाँ जेम्स बन्ड

अमेजन एमजीएम स्टुडियोले सोमबार आधिकारिक घोषणा गर्दै ड्यानियल क्रेगपछि ००७ को भूमिकामा प्याटिन्सनलाई चयन गरेको जनाएको छ । ...

कान्तिपुर
खराब कर्जा असुलीमा अर्थमन्त्री डा वाग्लेको जोड
Latest NewsJust now

खराब कर्जा असुलीमा अर्थमन्त्री डा वाग्लेको जोड

काठमाडौँ, कात्तिक ३० गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्दे... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play