काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेशसभा निर्वाचन संविधानले तोकेको समयसीमाभित्रै हुनुपर्ने बताएका छन् । संविधानको व्यवस्थाविपरीत एकैपटक निर्वाचन गराउने नाममा दुवै तहको अवधि छोट्याउन खोजिए देश फेरि राजनीतिक दुर्घटनामा जान सक्ने उनको चेतावनी छ । बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने,’हामीले सँगै र छुट्टाछुट्टै भन्ने विषयलाई बहसको विषय बनाउन हुँदैन। संविधानले र कानुनले जे भनेको छ त्यही हुनुपर्छ। पाँच वर्ष दुवै सरकार पाउनुपर्यो।’ प्रचण्डले स्थानीय तहको कार्यकाल जेठ ५ गतेसम्म र प्रदेशसभाको अवधि मंसिर ५ देखि ७ गतेसम्म रहने उल्लेख गरे ।
प्रचण्डको चेतावनी- संविधान मिचेर निर्वाचन गरे राजनीतिक दुर्घटना हुन्छ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






