काठमाडौं । चिनियाँ अटोमोबाइल ब्रान्ड बीएआईसी र आर्कफक्सले पोखराको बुद्धचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएका छन्। नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने उद्देश्यसहित दुवै ब्रान्डले पोखरामा शोरुम स्थापना गरेका हुन्। शोरुमको औपचारिक उद्घाटन लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र कार्यकारी निर्देशक सुनील श्रेष्ठले गरेका हुन्। नेपालका लागि लक्ष्मी मोटरहबमार्फत प्रतिनिधित्व गरिएका यी दुई ब्रान्डले नयाँ शोरुमबाट पोखरा तथा आसपासका क्षेत्रका ग्राहकलाई आफ्ना सवारीसाधन, सेवा तथा ब्रान्डसम्बन्धी जानकारी उपलब्ध गराउनेछन्। इन्जिनियरिङ, उत्कृष्ट कार्यक्षमता र बहुउपयोगिताका लागि परिचित बीएआईसी तथा इलेक्ट्रिक मोबिलिटी, आधुनिक डिजाइन र अत्याधुनिक टेक्नोलोजीमा केन्द्रित आर्कफक्सले ग्राहकलाई फरक–फरक अटोमोबाइल अनुभव प्रदान गर्नेछन्। नयाँ शोरुमबाट गण्डकी प्रदेशका ग्राहकले दुवै ब्रान्डका विभिन्न मोडल नजिकबाट अवलोकन गर्नुका साथै तिनका विशेषता, टेक्नोलोजी र सेवाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्। काठमाडौं बाहिर पनि आफ्नो उपस्थिति विस्तार गर्ने रणनीतिअन्तर्गत पोखरामा शोरुम सञ्चालनमा ल्याइएको हो। यसले क्षेत्रीय बजारमा ग्राहकको पहुँच बढाउनुका साथै नेपालमा विविध मोबिलिटी समाधानप्रतिको बढ्दो माग सम्बोधन गर्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।
पोखरामा बीएआईसी र आर्कफक्सको नयाँ शोरुम उद्घाटन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






