काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको छ । पोखरा एभेन्जर्सले दिएको ९८ रनको लक्ष्य पछाएको लुम्बिनीले १२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले अविजित ४७ रन बनाएका थिए भने निरोशन डिकवेलाले अविजित २७ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पोखरा एभेन्जर्सले २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनाएको थियो । पोखराका लागि चमिका करुनारत्नेले सर्बाधिक २५ रन बनाएको छ भने कप्तान कुशल भुर्तेलले १४ रन बनाए । त्यस्तै मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाए । त्यस्तै लुम्बिनी लायन्सका बलर रुबेन ट्रम्पेलम्यानले ३ विकेट लिए भने तिलक रानाभाटले २ विकेट लिएका थिए । त्यस्तै शेर मल्ल, अभिशेष गौतम र रोहित पौडेलले एक एक विकेट लिएका छन् । तेस्रो खेल खेलेको लुम्बिनीको यो दोस्रो जित हो । एक खेल चितवनसँग बर्षाले रद्ध हुदा अंक बाँडेको लुम्बिनीको ३ खेलमा ५ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै पोखरा एभेन्जर्सले भने लगातार तेस्रो हार बेहोरेको छ । The post पोखरामाथि लुम्बिनी लायन्सको सहज जित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
पोखरामाथि लुम्बिनी लायन्सको सहज जित

Read Complete Original Article
Published originally on कर्पोरट खबर






