Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

पोखराको सार्वजनिक यातायातमा शाशील मोटर्सको विद्युतीय पहल, १६ मिनिबस हस्तान्तरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखराको सार्वजनिक यातायातमा शाशील मोटर्सको विद्युतीय पहल, १६ मिनिबस हस्तान्तरण
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडाैँ । पोखराको सार्वजनिक यातायात सेवालाई आधुनिक, सुरक्षित तथा वातावरणमैत्री बनाउने उद्देश्यले १६ थान विद्युतीय नगर मिनिबस सञ्चालनमा ल्याइने भएको छ। शाशील मोटर्स प्रा.लि.ले पोखरा यातायात प्रा.लि.का सदस्यहरूलाई १६ थान हाइगर विद्युतीय मिनिबस हस्तान्तरण गरेको हो। ६४.५ किलोवाट आवर क्षमताको बीवाईडी ब्लेड ब्याट्री जडित उक्त मिनिबस हस्तान्तरणसँगै पोखराको सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार हुने अपेक्षा गरिएको छ। यसबाट यातायात सेवा गुणस्तर, यात्रु सुरक्षा, सञ्चालन दक्षता तथा व्यावसायिक दिगोपनमा सुधार आउने विश्वास गरिएको छ। कार्यक्रममा पोखराका लागि हाइगरको नवनियुक्त आधिकारिक डिलर प्लाटिनियम अटोमोबाइल्सका प्रबन्ध निर्देशक पदमबहादुर केसीले ग्राहकको लगानीको सुरक्षा, विश्वास र दीर्घकालीन व्यावसायिक सम्बन्ध कम्पनीको प्राथमिकतामा रहेको बताउनुभयो। पोखरामा हाइगरका सवारीसाधनको गुणस्तरीय बिक्री, बिक्रीपछिको सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको उहाँको भनाइ थियो। त्यस्तै, पोखरा यातायात प्रा.लि.का अध्यक्ष देउप्रसाद गुरुङले हाइगर ब्रान्डको निर्माण गुणस्तर, सुरक्षा इन्जिनियरिङ तथा कार्यसम्पादनप्रति विश्वास व्यक्त गर्नुभयो। सवारीसाधनको गुणस्तर र कार्यक्षमताले व्यवसायको उत्पादकत्व तथा आम्दानी वृद्धिमा योगदान पुर्‍याउने उल्लेख गर्दै उहाँले हाइगरसँगको सहकार्यले पोखराको सार्वजनिक यातायात सेवामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गर्नुभयो। कार्यक्रममा हाइगरका इन्जिनियर मनोज वाग्लेले ४५ जनाभन्दा बढी चालक तथा सदस्यलाई विद्युतीय सवारीसाधनको सञ्चालन विधि, प्राविधिक विशेषता, ब्याट्री तथा चार्जिङ प्रणाली, सुरक्षा सावधानी र नियमित मर्मतसम्भारबारे अभिमुखीकरण तथा प्राविधिक तालिम प्रदान गर्नुभएको थियो। तालिमले चालकको प्राविधिक ज्ञान र सुरक्षित सवारी सञ्चालन क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमको समापनमा शाशील मोटर्सका सहायक महाप्रबन्धक प्रधुम्न केसीले १६ वटा विद्युतीय मिनिबस खरिद गर्ने पोखरा यातायात प्रा.लि.का सदस्य तथा ग्राहकप्रति आभार व्यक्त गर्नुभयो। ग्राहकको विश्वासलाई व्यावसायिक उपलब्धिका रूपमा मात्र नभई दीर्घकालीन जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै उहाँले बिक्रीपछिको सेवा र प्राविधिक सहयोगलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो। यसैबीच, पोखरामा हाइगरका सवारीसाधनको मर्मतसम्भार तथा बिक्रीपछिको सेवालाई सहज बनाउन विश्वकर्मा इन्जिनियरिङ वर्कसपसँगको सहकार्यमा अधिकृत सर्भिस सेन्टर (एएससी) सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। उक्त केन्द्रबाट स्थानीय स्तरमै आवश्यक मर्मतसम्भार तथा प्राविधिक सहयोग उपलब्ध हुने बताइएको छ। शाशील मोटर्सले सवारीसाधन बिक्रीमा मात्र सीमित नभई स्पेयर पार्ट्स, मर्मतसम्भार, वित्तीय पहुँच तथा बिक्रीपछिको सेवासहितको एकीकृत अटोमोबाइल सेवा प्रणाली विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विराटनगर–१९ मा निःशुल्क नाक, कान, घाँटी तथा दन्त शिविर, १०८ जना लाभान्वित
Latest NewsJust now

विराटनगर–१९ मा निःशुल्क नाक, कान, घाँटी तथा दन्त शिविर, १०८ जना लाभान्वित

विराटनगर । रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको आयोजना तथा साना पाइला मोरङको सहयोगमा विराटनगर महानगरपालिका–१९ स्थित बैजनाथपुर नगर अस्पतालमा एक दिने निःशुल्क नाक, कान, घाँटी तथा दन्त स्वास्थ्य शिविर भएको... ...

रातोपाटी
२० स्वर्णको लक्ष्यमा एनआरएनए टिम
Latest NewsJust now

२० स्वर्णको लक्ष्यमा एनआरएनए टिम

कर्णाली प्रदेशमा औपचारिक उद्घाटनअघि १० खेलका प्रतियोगिता भइरहेको छ । पौडीमा जितेको पदकले नै एनआरएनए तालिकाको दोस्रो स्थानमा छ । ...

कान्तिपुर
विद्युत आपूर्तिमा अनियमितताको समस्या छिट्टै हट्छ : मन्त्री श्रेष्ठ
Latest NewsJust now

विद्युत आपूर्तिमा अनियमितताको समस्या छिट्टै हट्छ : मन्त्री श्रेष्ठ

नवराज नेपाली बागलुङ, मङ्सिर १२ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत अनियमितताको समस्या समाधानको लागि पहल भइरहेको बताउनुभएको छ । उहाँले बागलुङमा समे... ...

गोरखापत्र
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको फैलावट बढ्न सक्ने अध्ययनको निष्कर्ष
Latest NewsJust now

तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको फैलावट बढ्न सक्ने अध्ययनको निष्कर्ष

काठमाडौँ । वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन् । नयाँ अध्ययनअनुसार यो जीनको भिन्नताले भाले लामखुट्टेलाई गर्मीमा बढी प्रजनन गर्न... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement