Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

पोखराको पहिलो जित, कर्णाली ६३ रनले पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखराको पहिलो जित, कर्णाली ६३ रनले पराजित
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ । क्यानेडियन ओपनर युवराज सामराको विस्फोटक शतक र कुशल भुर्तेलको अर्धशतकमा पोखराले सोमबार कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको हो । जितका लागि पोखराले दिएको २१८ रनको लक्ष्य पछ्याएको कर्णाली ओभरमा विकेट गुमाउँदै त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाएको थियो । पोखराका लागि विशाल योगफल तयार पार्ने क्रममा क्यानेडियन ओपनर युवराज सामराले आक्रामक शतकीय इनिङ्स खेले । उनले ४८ बलमा १ सय २ रन बनाए । सामराले कर्णाली याक्सविरुद्ध ४५ बलमा शतक पूरा गरेका हुन् । यस सिजनको एनपीएलमा बनेको यो पहिलो शतक हो । त्यस्तै, कुशल भुर्तेलले पनि अर्धशतकीय योगदान दिए । कुशलले ३९ बल खेलेर ७ छक्कासहित ६२ रन बनाए । सामरा र भुर्तेलको उत्कृष्ट ब्याटिङमा पोखराले जारी सिजन पहिलोपटक २ सय रनको आँकडा पार गरेको हो । कप्तान चामिका करुणारत्ने ११ बलमा ३ चौका र छक्का प्रहार गरी ३५ रनमा अविजित रहे । सन्नी विक ६ बलमा ३ रनमा अविजित रहे । महेदी हसन पाँच रनमा आउट भए । बलिङमा कर्णालीका सोमपाल कामीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । मार्क वाटको नाममा १ विकेट रह्यो । The post पोखराको पहिलो जित, कर्णाली ६३ रनले पराजित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टाइमको १०० प्रभावशाली व्यक्तिको सूचीमा
Latest NewsJust now

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टाइमको १०० प्रभावशाली व्यक्तिको सूचीमा

काठमाडौं। अर्थमन्त्री वाग्ले प्रतिष्ठित म्यागजिन ‘टाइम’द्वारा सार्वजनिक सन् २०२६ को ‘जलवायु मुद्दाका विश्वका १०० प्रभावशाली व्यक्तित्व’को सूचीमा परेका छन्। जलवायु परिवर्तनका असर न्यूनीकरण र दिगो विकासमा योगदान पुर्याउने विश्वभरका व्यक्तित्वहरूलाई समेटेर उक्त सूची तयार पारिएको हो। विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा सक्रिय डा. वाग्लेलाई विशेष गरी रसुवा-भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उनले निर्वाह गरेको भूमिकाका कारण सूचीमा समावेश गरिएको टाइमले ...

नेपालन्युज
चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमा
Latest NewsJust now

चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमा

चितवन राइनोजलाई पराजित गर्दै काठमाडौ गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) को शीर्षस्थानमा उक्लिएको छ।  सोमबारको दोस्रो खेलमा चितवनलाई १० रनले हराउँदै काठमाडौँ अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो। शीर्षस्थानमा उक्लिएसँगै काठमाडौँको प्लेअफ सम्भावना मजबुत बनेको छ।  पहिलो खेलमा पराजित भएको काठमाडौंले लगातार चौथो खेलमा जित निकाल्दै आठ अंक जोडेको छ। ... ...

नेपालखबर
तिहारमा २४ घण्टासम्म देउसी-भैलो खेल्न पाइने
Latest NewsJust now

तिहारमा २४ घण्टासम्म देउसी-भैलो खेल्न पाइने

काठमाडौं । गृह मन्त्रालयले तिहारको अवसरमा देउसी-भैलो कार्यक्रम २४ घण्टासम्म सञ्चालन गर्न अनुमति दिएको छ। मन्त्रालयले आवश्यक नियम, सर्त र मर्यादा पालना गर्दै देशभर देउसी-भैलो खेल्ने व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो। मन्त्रालयको शान्तिसुरक्षा तथा अपराध नियन्त्रण शाखाले कात्तिक २३ गते जारी गरेको परिपत्रमार्फत नेपाली मौलिक सांस्कृतिक तथा धार्मिक परम्परासँग जोडिएको देउसी-भैलो कार्यक्रम अनुशासित र मर्यादित रूपमा सञ्चालन ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play