Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

पृथ्वी राजमार्गको मझिमटारमा आज दुई घण्टा सवारी आवागमन बन्द हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
पृथ्वी राजमार्गको मझिमटारमा आज दुई घण्टा सवारी आवागमन बन्द हुने
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटारमा मंगलबार बिहान दुई घण्टा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम सम्पन्न नभएकाले कात्तिक १७ गते बिहान ९ बजेदेखि ११ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिने जनाएको छ । यसअघि सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन बन्द गरेर निर्माण कार्य गर्ने योजना रहे पनि काम सम्पन्न हुन नसकेपछि पुनः आवागमन बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालयले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न तथा सवारी चालक र सडक प्रयोगकर्तालाई प्रचलित ट्राफिक नियम र सडक अनुशासन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ। The post पृथ्वी राजमार्गको मझिमटारमा आज दुई घण्टा सवारी आवागमन बन्द हुने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युवतीको अश्लिल भिडिओ बनाएर सामाजिक सञ्जालमा शेयर गर्ने एक युवक काठमाडौंबाट पक्राउ
Latest NewsJust now

युवतीको अश्लिल भिडिओ बनाएर सामाजिक सञ्जालमा शेयर गर्ने एक युवक काठमाडौंबाट पक्राउ

काठमाडौं । महिलाको अश्लिल भिडिओ बनाएको आरोपमा प्रहरीले कालिकोटका एक युवकलाई काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिकोटको तिलागुफा नगरपालिका- ३ बस्ने ३७ वर्षीय खगेन्द्र प्रसाद न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक बरम यादवले जानकारी दिए। न्यौपानेले एक युवतीको अश्लिल भिडिओ बनाएर विभिन्न व्यक्तिहरूलाई देखाउने र सामाजिक सञ्जालमा शेयर गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। पीडित युवतीको जाहेरीको आधारमा ...

केन्द्रबिन्दु
सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते
Latest NewsJust now

सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

काठमाडौँ, कात्तिक १७ गते । काठमाडौँको सुन्दरीजलमा गए राति दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार सुन्दरीजलबाट नाम्... ...

गोरखापत्र
सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सहकार्य गर्ने सहमति
Latest NewsJust now

सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सहकार्य गर्ने सहमति

लुम्बिनीमा सम्पन्न डीआईजीस्तरीय बैठकले सूचना आदानप्रदान, अवैध ओसारपसार नियन्त्रण र संयुक्त निगरानी बढाउने निर्णय गरेको छ। ...

कान्तिपुर
भारतीय नौसेनाद्वारा समुद्री डाकुको कब्जामा रहेको जहाज मुक्त, २० जनाको उद्धार
Latest NewsJust now

भारतीय नौसेनाद्वारा समुद्री डाकुको कब्जामा रहेको जहाज मुक्त, २० जनाको उद्धार

काठमाडौं । भारतीय नौसेनाले सोमालियाको उत्तरपूर्वी तटनजिक सशस्त्र समुद्री डाकुहरूको कब्जामा रहेको माछा मार्ने जहाज ‘अजिनी’लाई मुक्त गराएको छ... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play