Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

पूर्वी तराईमा लोकप्रिय बन्दै भक्का

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वी तराईमा लोकप्रिय बन्दै भक्का
Photo / Coverage: नेपालन्युज

मोरङ। जाडोयाम सुरु भएसँगै मोरङको बेलबारी-११ लक्ष्मीमार्गमा बिहानैदेखि तातो भक्काको बाफ र बास्ना फैलिन थाल्छ। स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको गेटछेउमा विगत २२ वर्षदेखि भक्का बनाएर बिक्री गर्दै आएकी डाँगीहाट निवासी माल्दा राजवंशीको दैनिकी यतिबेला व्यस्त छ। राजवंशी प्रत्येक वर्ष जाडोयाममा दैनिक लक्ष्मीमार्ग आएर भक्का बिक्री गर्छिन्। बाइस वर्षअघि प्रतिगोटा रु एकमा बिक्री गर्न सुरु गरेको भक्काको मूल्य अहिले बढेर रु १० पुगेको उनले बताइन्। चामल, दाउरा तथा अन्य सामग्रीको मूल्य बढेकाले भक्काको मूल्य पनि बढाउनुपरेको उनको भनाइ छ। उनका अनुसार दैनिक करिब पाँच केजी चामलबाट तयार गरिएको भक्का बिक्री हुने गरेको छ। एक केजी चामलको पिठोबाट करिब २० वटा भक्का तयार हुन्छन्। जाडोयाममा बिहानको खाजाका रूपमा तातो भक्का रुचाउने ग्राहक धेरै हुने भएकाले दैनिक उत्पादन सहजै बिक्री हुने उनले बताइन्। राजवंशी समुदायको मौलिक परिकारका रूपमा चिनिने भक्का पछिल्लो समय पूर्वी तराईका चोक तथा बजारमा लोकप्रिय खाजा बनेको छ। चामलको पिठोलाई बाफमा पकाएर तयार गरिने यो परिकार स्थानीय तथा यात्रुको रोजाइमा पर्ने गरेको छ। नेपालको पूर्वी तराई तथा भित्री मधेसमा बसोबास गर्ने राजवंशी, थारू र मेचेलगायत आदिवासी समुदायको मौलिक परिकार भक्का अहिले सबै जातजाति र वर्गका मानिसको साझा खाजा बनेको छ। पहिले घरमा मात्र बनाइने यो परिकार पछिल्लो समय व्यावसायिक रूपमा विस्तार हुँदै सडकका ठेलादेखि साना होटलसम्म बिक्री हुन थालेको छ। विशेषगरी झापा, मोरङ र सुनसरीका चोक तथा बजारमा जाडोयाम लक्षित भक्का व्यवसाय सञ्चालन गर्ने परिवारको सङ्ख्या बढेको छ। चामल भिजाएर सुकाएपछि ओखल वा मिलमा पिँधेर तयार पारिएको मोटो पिठोलाई माटोको सानो हाँडीमा राखी बाफमा पकाएर भक्का बनाइन्छ। कपडाले छोपेर केही मिनेट बाफमा पकाएपछि तयार हुने भक्का नरम र सेतो हुन्छ। लक्ष्मीमार्गका स्थानीय स्वास्थ्यकर्मी नवराज ढकालका अनुसार भक्कालाई तातोपानी, घिउ, खुर्सानीको अचार तथा नरिवल वा तिलको धुलोसँग खाँदा स्वादिलो हुन्छ। बेलबारी नगरपालिकाका जनप्रतिनिधिसमेत रहेका नवराज बस्नेतका अनुसार जाडो बढेसँगै भक्का बिक्रीबाट दैनिक हजारौँ रुपैयाँसम्म आम्दानी हुने गरेको छ। यसले न्यून आय भएका परिवारलाई हिउँदमा आर्थिक सहारा दिएको छ। विशेषगरी महिलाहरू यस व्यवसायमा आकर्षित भएका छन्। घरायसी कामसँगै केही घण्टा भक्का बनाएर बिक्री गर्दा आम्दानी हुन थालेपछि स्थानीय गृहिणीहरूको यस पेसाप्रति आकर्षण बढेको उनले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनभिडियाका सीईओको राजीनामाले चिनियाँ प्रविधि कम्पनीको व्यवसायमा असर नपरेको दाबी
Latest NewsJust now

एनभिडियाका सीईओको राजीनामाले चिनियाँ प्रविधि कम्पनीको व्यवसायमा असर नपरेको दाबी

काठमाडौँ । चिनियाँ प्रविधि कम्पनीहरूले अमेरिकी चिप निर्माता एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङको राजीनामाले आफ्नो व्यवसायमा कुनै असर नपारेको बताएका छन् । उनीहरूले नियमित अर्डर, स्थापित खरिद प्रक्रिया र... ...

रातोपाटी
अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’
Latest NewsJust now

अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’

अर्घाखाँची, मङ्सिर १ गते । नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’ अर्घाखाँचीको शितगङ्गा नगरपालिकास्थित ठाडादह क्षेत्रमा पहिलोपटक अभिलेख गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रम... ...

गोरखापत्र
अमेरिकी चिप प्रतिबन्धको सामना गर्न चीनले आफ्नै प्रविधि विकास गर्दै
Latest NewsJust now

अमेरिकी चिप प्रतिबन्धको सामना गर्न चीनले आफ्नै प्रविधि विकास गर्दै

बेइजिङ । चीनले अमेरिकी एआई कम्पनीका अत्याधुनिक मोडलबाट प्राप्त जवाफ र तथ्याङ्क प्रयोग गरेर आफ्नै प्रतिस्पर्धी एआई प्रणाली विकास गर्ने प्रक्रिया अघि बढाएको छ । अमेरिकी चिप निर्यात प्रतिबन्धका कारण अत्याधुनिक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play