Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

पूर्वाधार विकास मन्त्रालयका ७ इन्जिनियर सेवाबाट हटाइए

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वाधार विकास मन्त्रालयका ७ इन्जिनियर सेवाबाट हटाइए
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ । नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरलाई सेवाबाट हटाइएको हो । सेवाबाट हटाइएकामध्ये ६ जना कार्यालयमा हाजिर नभएको र एक जना स्वीकृत नगराई बिदामा बसेको कसुरमा कारबाहीमा परेका छन् । कार्यालयमा हाजिर नभएको कसुरमा सेवाबाट हटाइएकामा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेश प्रसाद पौडेल छन् । त्यस्तै, स्वीकृत नगराई बिदामा बसेको कसुरमा पदमेन्द्र प्रसाद श्रेष्ठलाई पनि सेवाबाट हटाइएको सूचनामा उल्लेख छ । मन्त्रालयले २०८३ कात्तिक २० गतेको निर्णयअनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको आज सार्वजनिक सूचनामा उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दानबहादुर कार्कीको पहिलो सुनुवाइ आज
Latest NewsJust now

दानबहादुर कार्कीको पहिलो सुनुवाइ आज

काठमाडौँ । सरकारले प्रहरी प्रमुखबाट बर्खास्त गरेका तत्कालीन आइजीपी दानबहादुर कार्कीले पुनर्वहाली माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज पहिलो सुनुवाइ हुने भएको छ । यसअघि सोमबार पेसी चढेकोमा छठको सार्वजनिक... ...

रातोपाटी
न्यालु लेकको सडकमा जमेको हिउँ पन्छाउने कार्य पुनः सुरु
Latest NewsJust now

न्यालु लेकको सडकमा जमेको हिउँ पन्छाउने कार्य पुनः सुरु

हुम्ला, मङ्सिर २ गते । पाँच हजार दुई सय मिटर उचाइमा रहेको न्यालु लेकको सडकमा जमेको हिउँ पन्छाउने कार्य पुनः सुरु भएको छ । नाम्खा गाउँपालिका र पूर्वाधार विकास कार्यालयको समन्वयमा जे... ...

गोरखापत्र
आज कुष्माण्ड नवमी, पूर्णिमासम्म भगवान् विष्णुको विशेष पूजाअर्चना गरिने
Latest NewsJust now

आज कुष्माण्ड नवमी, पूर्णिमासम्म भगवान् विष्णुको विशेष पूजाअर्चना गरिने

काठमाडौँ । आज कुष्माण्ड नवमी, आजदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको बोटमा निवास गर्छन् भन्ने धार्मिक मान्यता छ । आजको यो दिनलाई कुष्माण्ड नवमी, अक्षय नवमी, अमला नवमी र धातृ नवमी पनि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play