काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याल भारतबाट पक्राउ परेका छन्। गृह मन्त्रालय स्रोतका अनुसार उनलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो। मलेसियामा कामदार पठाउने क्रममा अवैध रूपमा रकम संकलन गरी उक्त रकम मलेसिया पठाएको आरोप अर्यालमाथि छ। गृह मन्त्रालयका एक उच्च अधिकारीले अर्याल भारतबाट पक्राउ परेको जानकारी आएको र घटनाबारे थप विवरण सार्वजनिक हुन बाँकी रहेको बताएका छन्। मलेसिया प्रकरणमा प्रहरीले यसअघि नै तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरलाई पक्राउ गरिसकेको छ। उनीहरूविरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरिरहेको छ।
पूर्वमुख्यसचिव एकनारायण अर्याल भारतबाट पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






