Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Photo / Coverage: पर्दाफास

पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो । मलेसिया जाने श्रमिकबाट मलेसियन सरकारसँग भएको सम्झौताविपरीत रकम संकलन गरी ठगी गरेको आरोपमा अर्यालविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । उनी हाल सम्पर्कविहीन रहेको बताइएको छ । यस प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव छन् । त्यस्तै, सोही मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत तथा उपसचिव निर्मला गुरुङ पनि पक्राउ परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनीहरूविरुद्ध जाहेरी दिएपछि सीआईबीले अनुसन्धान अघि बढाएको हो । सीआईबीले ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान गरिरहेको छ । पक्राउ परेका व्यक्तिहरूमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आज काठमाडौं विश्वको तेस्रो प्रदूषित शहरको सूचीमा छ, यो राम्रो समाचार होइन : डंगोल
OthersJust now

आज काठमाडौं विश्वको तेस्रो प्रदूषित शहरको सूचीमा छ, यो राम्रो समाचार होइन : डंगोल

३ मंसिर, काठमाडौं । काठमाडौं महानरगपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदुषण नियन्त्रणका लागि गृहकार्य भइरहेको बताएकी छिन् । बिहीबार राजधानीमा जलवायु कार्य सप्ताहबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जाडोयाम बढेसँगै काठमाडौं उपत्यकामा वायु प्रदुषण समेत बढ्दै जाने उल्लेख गर्दै यसको नियन्त्रणको कार्ययोजना निर्माणको गृहकार्य भइरहेको बताइन् । ‘हरेक दिन… ...

अनलाइन खबर
बारामा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते
OthersJust now

बारामा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते

३ मंसिर, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित ४ नम्बर पुलमा ईभी भ्यानले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरमा पछाडि सवार चालकको श्रीमती घाइते भएकी छन् । पूर्व–पश्चिम राजमार्गमा आज बिहीबार वीरगन्जबाट काठमाडौं जाँदै गरेको बा. ०१–००६ ख ९८३६ नम्बरको ईभीले विपरीत दिशाबाट आउँदै गरेको बा. ०२–०३७ प ८५९८ नम्बरको स्कुटरलाई… ...

अनलाइन खबर
विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब पुग्यो
OthersJust now

विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब पुग्यो

३ मंसिर, काठमाडौं । मुलुकसँग विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय स्थिति रिपोर्ट अनुसार मुद्रा सञ्चिति २७ अर्ब ३९ करोड अमेरिकी डलर बराबर पुगेको छ । असार मसान्तसम्मको तुलनामा सञ्चिति रुपैयाँमा ६.८ प्रतिशत बढेको हो भने अमेरिकी डलरमा ८.२ प्रतिशत बढेको… ...

अनलाइन खबर
तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्री खनालले गरे ध्यानाकर्षण
OthersJust now

तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्री खनालले गरे ध्यानाकर्षण

३ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङ माओमिङले गरेको शिष्टाचार गरेका थिए । सो अवसरमा परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन राजदूत चाङसग छलफल गरेका हुन् । भेटका क्रममा परराष्ट्रमन्त्री खनालले केही समयअघि रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play