Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

पूर्वमन्त्री सञ्जय साहको मुद्दा छिनोफानो गर्न समर्थकको माग, प्रशासनमा बुझाए ज्ञापनपत्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वमन्त्री सञ्जय साहको मुद्दा छिनोफानो गर्न समर्थकको माग, प्रशासनमा बुझाए ज्ञापनपत्र
Photo / Coverage: पर्दाफास

पूर्वमन्त्री संजय साहको मुद्दा लामो समयदेखि टुंगो लाग्न नसकेको भन्दै उनका समर्थकहरूले शिघ्र न्यायिक निरूपणको माग गरेका छन् । समर्थकहरूले बुधवार जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाउँदै साहको मुद्दा तत्काल छिनोफानो गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । नेपालमा मुद्दाको तीन वर्षभित्र अन्तिम टुंगो लगाउने व्यवस्था रहे पनि साहले १३ वर्षभन्दा बढी समय कारागारमा बिताउँदासमेत मुद्दाको अन्तिम फैसला हुन नसकेको उनीहरूको भनाइ छ । न्यायिक प्रक्रियामा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै समर्थकहरूले यसलाई गम्भीर विषयका रूपमा उठाएका छन् । ज्ञापनपत्र बुझाउने क्रममा समर्थक रामअशिष दासले लामो समयसम्म मुद्दाको किनारा नलाग्नुले आफ्नो नेताको जीवन नै समाप्त पार्ने षड्यन्त्र भइरहेको आशंका जन्माएको बताए । उनले न्यायिक प्रक्रियालाई तिब्रता दिई साहको मुद्दा छिटो टुंग्याउन माग गरे । समर्थकहरूले साहको मुद्दा मात्र नभई अदालतमा वर्षौंदेखि विचाराधीन रहेका अन्य मुद्दाहरूको समेत शिघ्र सुनुवाई र फैसला गर्न माग गरेका छन् । तीन वर्षभित्र मुद्दाको अन्तिम टुंगो लगाउने कानूनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनीहरूको जोड छ । त्यस्तै, खुला इजलासमा हुने सुनुवाइलाई प्रत्यक्ष प्रशारण (लाइभ स्ट्रिमिङ) गर्ने व्यवस्था मिलाउन पनि उनीहरूले माग गरेका छन् । यसबाट न्यायिक प्रक्रियामा पारदर्शिता बढ्नुका साथै नागरिकले अदालतका कामकारबाही प्रत्यक्ष अवलोकन गर्न पाउने उनीहरूको तर्क छ । ज्ञापनपत्रमा फौजदारी मुद्दाको अनुसन्धान तथा न्याय निरूपणका क्रममा फरेन्सिक, नार्को, पोलिग्राफ र ब्रेन म्यापिङजस्ता वैज्ञानिक परीक्षणबाट प्राप्त प्रमाणलाई महत्व दिनुपर्ने मागसमेत गरिएको छ । साथै, झुटा मुद्दा लगाउने व्यक्तिहरूमाथि छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ । समर्थकहरूले न्यायमा हुने ढिलाइ अन्त्य गर्दै पूर्वमन्त्री साहको मुद्दासहित लामो समयदेखि विचाराधीन मुद्दाहरूको निष्पक्ष र शीघ्र निरूपण गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्‍यो
OthersJust now

१२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्‍यो

सरकारले विद्युत चुहावट नियन्त्रणलाई तीव्रता दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्दै लक्ष्य भेटाएको हो । सरकारले यस वर्ष विद्युत चुहावटलाई १२.२० प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो । लक्ष्य पूरा गर्न ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले नीतिगत र संरचनागत सुधारका लागि पहल लिएका थिए । उनले चुहावट नियन्त्रणका लागि आवश्यक दक्ष प्राविधिक जनशक्तिको परिचालनदेखि ...

पर्दाफास
नेपालमा विद्युत् चुहावट घटेर १२.१६ प्रतिशतमा झर्‍यो
OthersJust now

नेपालमा विद्युत् चुहावट घटेर १२.१६ प्रतिशतमा झर्‍यो

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आव २०८२/८३ मा विद्युत् चुहावट १२ दशमलव १६ मा झरेको जनाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार आव २०८२/८३ मा विद्युत् चुहावट १२ दशमलव १६ प्रतिशतमा सीमित रहेको जनाएको छ । आव २०८१/८२ मा भने विद्युत् चुहावट १२ दशमलव २६ प्रतिशत रहेको थियो […] ...

मकालु खबर
घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने
OthersJust now

घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थप तीन दिन लाग्ने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार अप्ठेरो भूगोल भएकाकारण काम गर्न कठिन भएकाले समय बढी लागेको हो । गत शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी रोकेर जोखिमपूर्ण भाग झार्ने काम भइरहेको छ । उनले भने “थप समस्या आएन भने अबको ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement