Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

पूर्वआईजीपी दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सुनुवाइ

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वआईजीपी दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सुनुवाइ
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौँ । सरकारले प्रहरी प्रमुखबाट हटाएका तत्कालीन आईजीपी दानबहादुर कार्कीले पुनर्बहाली माग गर्दै दायर रिटमा आज सुनुवाइ हुँदैछ । कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको भन्दै महानिरीक्षक पदमा पुनर्बहालीका लागि र नवनियुक्त महानिरीक्षकलाई कामकाज नगर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् । यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई हटाउनुको कारण पेस गर्न सकारका नाममा आदेश जारी गरेको थियो । साथै अन्तरिम आदेशको विषयमा छलफलका लागि मङ्सिर ७ गते(आज) का लागि विपक्षी प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई लाई झिकाउने आदेश गरेको थियो । बालेन्द्र शाह सरकारले डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो । अब आईजीपीमा नियुक्त मनोज केसीको निर्णय रोक्न अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टुङ्गो दुई पक्षीय सुनुवाइपछि मात्रै लाग्ने छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दुर्गमको सारथि हवाई एम्बुलेन्स
Latest NewsJust now

दुर्गमको सारथि हवाई एम्बुलेन्स

मुगु समाचारदातामुगु, मङ्सिर ७ गते । भौगोलिक विकटता र यातायातको असहजताका कारण समयमै उपचार सेवा पाउन नसकेका दुर्गमका नागरिकका लागि नेपाली सेनाको हवाई एम्बुलेन्स सेवा जीवनरक्षाको एक म... ...

गोरखापत्र
प्रधानमन्त्री शाहलाई भारत सरकारको ‘गार्ड अफ अनर’ सम्मान प्रदान गरिँदै
Latest NewsJust now

प्रधानमन्त्री शाहलाई भारत सरकारको ‘गार्ड अफ अनर’ सम्मान प्रदान गरिँदै

नयाँदिल्ली, मङ्सिर ७ गते । प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत सरकारका तर्फबाट ‘गार्ड अफ अनर’ सम्मान प्रदान गरिँदैछ । भारतको राजकीय भ्रमणको दोस्रो दिन आज उहाँलाई राष्ट्रपति भवन परि... ...

गोरखापत्र
दिल्लीमा के सन्देश देलान् बालेन
Latest NewsJust now

दिल्लीमा के सन्देश देलान् बालेन

छोटो राजकीय भ्रमणमा नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र शाहका लागि सोमबारको उच्चस्तरीय राजनीतिक भेटवार्ता विशेष महत्त्वको हुँदैछ। शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार बिहान ११ बजे हैदरावाद हाउसमा ‘वन अन वन’ भेटवार्ता हुनेछ। यो संवादले नेपाल–भारत सम्बन्धलाई पारस्परिक विश्वास, आर्थिक सहकार्य, कनेक्टिभिटी र दीर्घकालीन रणनीतिक साझेदारीका आधारमा अघि बढाउने अपेक्षा छ। परम्परागत राजनीतिक पृष्ठभूमिबाहिरबाट उदाएका शाहले भारतीय नेतृत्वसँगको पहिलो औपचारिक संवादमा कस्तो ...

नेपालन्युज
जीर्ण बन्दै ऐतिहासिक दरबार
Latest NewsJust now

जीर्ण बन्दै ऐतिहासिक दरबार

यामराज विष्टदैलेख, मङ्सिर ७ गते । कुनै समय राजकीय वैभव र ऐतिहासिक पहिचान बोकेको दैलेखको दुल्लु दरबार अहिले भग्नावशेषमा सीमित छ । जुम्लाको सिँजा राज्यको हिउँदे राजधानीका रूपमा परिचि... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement