काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त हुनुभएका तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले त्यही दिन पत्र बुझेको गृह मन्त्रालयले जानकारी दिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले कार्कीले त्यही दिन नियुक्ति पत्र बुझ्नुभएको जानकारी दिए । त्यसपछि तिहार र छठ पर्वको समेत लामो बिदा परेका कारण उहाँ कार्यालयमा हाजिर भने नभएको गृहले जनाएको छ । देशको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन कार्कीलाई कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी नियुक्त गरेको थियो । उहाँको कार्यकक्ष सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापना गरिएको छ । तर कार्कीले भने आफूलाई आईजीपी पदबाट हटाएको भन्दै सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । The post पूर्वआइजीपी कार्कीले सुरक्षा सल्लाहकारको पत्र बुझिसकेको गृहको दाबी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
पूर्वआइजीपी कार्कीले सुरक्षा सल्लाहकारको पत्र बुझिसकेको गृहको दाबी

Read Complete Original Article
Published originally on कर्पोरट खबर




.jpg)

