Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

पुराना प्रणाली स्तरोन्नति गर्दा प्रविधि सेवा अवरुद्ध हुने घटना बढ्न सक्ने अमेरिकी गुप्तचर प्रमुखको भनाइ

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुराना प्रणाली स्तरोन्नति गर्दा प्रविधि सेवा अवरुद्ध हुने घटना बढ्न सक्ने अमेरिकी गुप्तचर प्रमुखको भनाइ
Photo / Coverage: टेक्नोलोजी खबर

अमेरिकाका कम्पनी र सरकारी निकायले पुराना प्रविधि प्रणालीलाई प्रतिस्थापन गर्दै नयाँ प्रणाली जडान गर्ने क्रममा सेवा अवरुद्ध हुने र अन्य समस्या देखिने घटना बढ्न सक्ने अमेरिकी गुप्तचर प्रमुखले आइतबार बताएका छन्। ‘सिस्टम स्तरोन्नतिको यो निरन्तर प्रक्रियाका क्रममा प्राविधिक त्रुटि, कमजोरी र सेवा अवरुद्ध हुने अवस्था आउन सक्छ,’ राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनले सीएनएनको ‘स्टेट अफ द युनियन’ कार्यक्रममा भने, ‘यस्तो हुने नै छ।’ राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्पनीका प्रविधि प्रणाली स्तरोन्नति गर्ने क्रममा पछिल्लो समय प्रविधिसम्बन्धी समस्या देखिएको बताएका केही दिनपछि क्लेटनले आइतबार बिहानका समाचार कार्यक्रममा अन्तर्वार्ता दिएका हुन्। प्रविधिमा भइरहेको तीव्र विकासका कारण पुराना प्रणालीमाथि दबाब बढिरहेको भन्दै उनले कार्यक्षमता र साइबर सुरक्षामा सुधार गर्न प्रणाली स्तरोन्नति आवश्यक रहेको बताए। यसै महिना अमेरिकाका महत्वपूर्ण प्रणालीमा लगातार प्रविधिसम्बन्धी समस्या देखिएका थिए। यसका कारण देशभर हवाई सेवा अवरुद्ध भएको थियो भने माइक्रोसफ्टको प्रणालीमा समस्या आउँदा इमेल सेवा प्रभावित भएको थियो। त्यस्तै, प्राविधिक त्रुटिका कारण विभिन्न ठूला बैंकका सेवा प्रभावित भएका थिए भने राष्ट्रिय सुरक्षा एजेन्सीको नेटवर्कमा पनि केही समय अवरोध आएको थियो। एबीसीको ‘दिस विक’ कार्यक्रममा बोल्दै क्लेटनले ती अवरोध कुनै समन्वित प्रयास वा विदेशी राज्यको संलग्नतामा भएका नभई प्राविधिक प्रणाली स्तरोन्नतिका क्रममा देखिएका समस्या भएको आफ्नो अघिल्लो भनाइ दोहोर्‍याए। एफबीआई र कृषि विभागका प्रणालीमा भएको भनिएका छुट्टाछुट्टै साइबर आक्रमणबारे भने उनले विस्तृत जानकारी दिन अस्वीकार गरे। अनुसन्धानकर्ताहरूले ‘उचित समयमा’ त्यसबारे जवाफ दिने आफूले अपेक्षा गरेको उनले बताए। The post पुराना प्रणाली स्तरोन्नति गर्दा प्रविधि सेवा अवरुद्ध हुने घटना बढ्न सक्ने अमेरिकी गुप्तचर प्रमुखको भनाइ appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ललितपुरमा अन्तर्राष्ट्रिय आर्किटेक्चर सम्मेलन ‘पाथफाइन्डर’ सम्पन्न
TechnologyJust now

ललितपुरमा अन्तर्राष्ट्रिय आर्किटेक्चर सम्मेलन ‘पाथफाइन्डर’ सम्पन्न

ऐतिहासिक वास्तुकला, परम्परागत शिल्पकला र आधुनिक निर्माण प्रविधिबीचको सम्बन्धबारे छलफल गर्दै अन्तर्राष्ट्रिय वास्तुकला सम्मेलन ‘पाथफाइन्डर सिम्पोजियम २०२६’ सम्पन्न भएको छ। भिक्ट्रिफाइड टायल ब्राण्ड लामिनारको आयोजनामा सम्पन्न कार्यक्रमका मुख्य वक्ता स्पेनका आर्किटेक्ट पाउ मिलेट लोपेजले बार्सिलोनास्थित विश्वप्रसिद्ध साग्रादा फामिलिया चर्चको निर्माणमा हासिल गरेको अनुभव सुनाए। चर्चको प्राविधिक कार्यालयमा प्रमुख आर्किटेक्टका रूपमा पाँच वर्ष काम गरेका उनी छवटा केन्द्रीय टावरको डिजाइन तथा निर्माण ...

टेक्नोलोजी खबर
मिदास हेल्थ सर्भिसेजद्वारा हस्पिटल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम–एचएमआइएस सार्वजनिक
TechnologyJust now

मिदास हेल्थ सर्भिसेजद्वारा हस्पिटल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम–एचएमआइएस सार्वजनिक

नेपालको स्वास्थ्य सेवा क्षेत्रमा सूचना प्रविधिमा आधारित समाधान प्रदान गर्दै आएको मिदास हेल्थ सर्भिसेजले माइक्रोसर्भिसेस आर्किटेक्चरमा आधारित हस्पिटल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एचएमआइएस) सार्वजनिक गरेको छ। परम्परागत मोनोलिथिक सफ्टवेयर संरचनाबाट अघि बढ्दै मिदासले आफ्नो एचएमआइएस प्लेटफर्मलाई आधुनिक माइक्रोसर्भिसेस आर्किटेक्चरमा रूपान्तरण गरेको हो। कम्पनीका अनुसार यस प्रविधिले अस्पतालका विभिन्न विभागका प्रणालीलाई छुट्टाछुट्टै, तर आपसमा समन्वय गरेर सञ्चालन गर्न सकिने बताएको छ। २५ वर्षभन्दा बढीको अनुभवसहित ...

टेक्नोलोजी खबर
टिकटकमा नयाँ फिचर : अब अभिभावकले हेर्न सक्नेछन् छोराछोरीको डिजिटल गतिविधि
TechnologyJust now

टिकटकमा नयाँ फिचर : अब अभिभावकले हेर्न सक्नेछन् छोराछोरीको डिजिटल गतिविधि

काठमाडौं । टिकटकले आफ्नो फ्यामिली पेयरिङ सुविधालाई नयाँ स्वरूपमा सार्वजनिक गरेको छ। यसमा थपिएका नयाँ फिचरले किशोरकिशोरीले यो प्लेटफर्म कसरी प्रयोग गरिरहेका छन् भन्नेबारे अभिभावकलाई थप जानकारी उपलब्ध गराउनेछन् । साथै, उनीहरूको अनलाइन अनुभवलाई सुरक्षित र सकारात्मक बनाउन आवश्यक निर्णय लिन पनि सहयोग पुग्नेछ ।नयाँ स्वरूपको फ्यामिली पेयरिङ ड्यासबोर्डमा चार प्रमुख विषयसँग सम्बन्धित जानकारी एकै ठाउँमा उपलब्ध हुनेछ । यसमा ...

आइसिटी समाचार
अनलाइन कारोबारमा ठगीको जोखिम बढ्दै: बैंक र ग्राहकले के गर्ने?
TechnologyJust now

अनलाइन कारोबारमा ठगीको जोखिम बढ्दै: बैंक र ग्राहकले के गर्ने?

हिजो आज अनलाइन भुक्तानी सबै क्षेत्रमा प्रयोग हुन थालेको छ। बजारमा चहलपहल बढ्दा मोबाइल वालेट र अनलाइन भुक्तानीको प्रयोग पनि बढ्छ। तर यही चहलपहलमा ठग र साइबर अपराधी पनि सक्रिय हुने गरेका छन्। यसै सन्दर्भमा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) ले हालै साइबर सेक्युरिटी एडभाइजरी २०२६ (एनपीसर्ट/२०२६-२०२७) जारी गर्दै बैंक, भुक्तानी सेवा प्रदायक र सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement