Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

पुनः वामएकताको बहस

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुनः वामएकताको बहस
Photo / Coverage: हिमालय टाइम्स

मौसम अनुसार सेलाउँदै र जागृत हुँदै आएको वामएकताको बहस फेरि दोहोरिएर सतहमा आएको छ । नेपालमा वामपन्थी पार्टी स्थापना भएदेखि नै वाम दलहरू छिन्नभिन्न हुने, टुक्राटुक्रा भएर टुक्रिने र फेरि विचार मिल्नेहरूका बीचमा सहमति भएर एकता हुने घटनाले पुनरावृत्ति पाउँदै आएको छ । अहिलेको बदलिँदो परिस्थितिमा फेरि यो बहस दोहोरिएको छ तर इतिहास बुझेकाहरूले यस बहसलाई विश्वस्त मान्न सकेका छैनन् । किनभने, वामपन्थी दलहरूका बीचमा यसरी एकताका कुराहरू बेलाबेलामा आइरहन्छन् र ती फेरि सेलाएर पनि जान्छन् । यदाकदा वामएकता हुने गरेको पनि छ र ती लामो समयसम्म टिकाउ भएको अवस्था भने छैन । सबैभन्दा अविच्छिन्न रूपमा रहेको वामएकता भनेको २०४६ सालको प्रजातन्त्रपछि भएको नेकपा माले र नेकपा मार्क्सवादीबीच भएको एकता नै हो । मदन भण्डारी, माधव नेपाल, केपी शर्मा ओली, झलनाथ खनाल, राधाकृष्ण मैनाली, चन्द्रप्रकाश मैनालीहरू रहेको नेकपा माले र मनोमहन अधिकारी, सहाना प्रधानको नेतृत्वमा रहेको नेकपा मार्क्सवादीबीच एकता भई नेकपा एमाले बनेयता वामपन्थी दलहरूमध्येको ठूलो दलका रूपमा एमाले नै रहँदै आएको छ । यसमा पनि बेलाबेलामा अनेकौं विग्रह नआएका होइनन् तर पनि एमालेलाई वामपन्थी दलहरूमध्ये सबैभन्दा ठूलो दल मानिन्छ । बीचमा माओवादीले गरेको सशस्त्र विद्रोहपछि उक्त पार्टी शान्ति प्रक्रियामा आएको पहिलोपटक माओवादी सबैभन्दा ठूलो वामपन्थी पार्टीका रूपमा अगाडि आयो तर त्यो धेरै समयसम्म टिक्न सकेन । त्यसपछि पुनः नेकपा एमाले नै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीका रूपमा स्थापित हुन पुगिहाल्यो । यी दुई पार्टीको प्रतिस्पर्धा नेपाली राजनीतिमा त्यसयता देखापर्दै आएकोमा यी दुवै पार्टीमा दृढ एकताको अभाव देखिन्छ र टुटफुट भइरहेकै छ । जोडिने क्रम पनि जारी छ । माओवादीबाट पनि मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ हरू टुक्रिएर गए । टुक्रिएर गएकाहरूमध्ये फेरि फर्केर रामबहादुर थापा ‘बादल’ पुष्पा भुसालहरू माउपाटीमा जोडिन आए । अहिले फेरि रामबहादुर थापा, टोपबहादुर रायमाझीहरू एमालेमा छन् । एमालेबाट पनि माधव नेपाल र झलनाथ खनालहरू छुट्टिएर गएका छन् । २०५४ सालपछि नै एमालेबाट माले छुट्टिएर गएको थियो । सहाना प्रधान जस्ता जनआन्दोलनको नेतृत्व पंक्तिमा रहेका नेताहरू पनि एमाले छोडेर त्यसबेला मालेमा गएका थिए तर पछि फेरि उक्त पार्टीमा पनि एकता भयो । कम्युनिष्ट पार्टीहरूमा २०७२ सालको संविधान आएपछि २०७४ सालमा भएको आमनिर्वाचनमा कसिलो गठबन्धन भएको थियो । त्यस गठबन्धनले कम्युनिष्ट पार्टीहरूले झन्डै दुईतिहाइको बहुमत प्राप्त गरेका थिए । पाँच वर्षका लागि उनीहरूले कसैले चलाउन नसक्ने गरी सत्तारोहण गरेका थिए । त्यसपछि गठबन्धनमात्र होइन उनीहरूले पार्टी एकीकरण नै पनि गरेका थिए तर आपसी झगडा र कलहका कारण उनीहरू छिन्नभिन्न भए । माधवकुमार नेपाल र झलनाथ खनालहरू एमाले छोडेर बाहिरिए । उनीहरूले अर्कै पार्टी बनाए । नेकपा समाजवादी नाममा बनेको उक्त पार्टी प्रभावकारी ढंगले अस्तित्वमा आउन सकेन । माओवादी पुनः माओवादी बनेरै फर्कियो । त्यसयता पनि यस्ता एकताका बहसहरू बेलाबेलामा सतहमा आउने गर्छन् । त्यस्ता बहसहरूले सार्थकता पाउन भने सकेका छैनन् । पदमोह र प्रतिष्ठाको लडाइँका कारण सत्ता र पदलाई नै पहिलो प्राथमिकतामा राख्दा उनीहरूका बीचको एकता हुन नसकेको र भएको एकता पनि भंग हुन पुगेको हो । दुईपटक राष्ट्रपति भइसक्नुभएकी विद्यादेवी भण्डारी अनेक विवादका बीच पुनः एमालेमा फर्किनुभएको छ । यो पदमोहको र राजनीतिक चास्नीले आकर्षण गरेको उदाहरण हो । गतवर्षको भदौमा भएको अकल्पनीय र दुःखद् जेन–जी घटनापछि फागुनमा भएको निर्वाचनमा त्यसबेलाका ठूला पार्टीहरू पछाडि परे । वामपन्थी दलहरूको अवस्था पनि नराम्ररी खस्कियो । संघीय संसद्मा ती दलहरूको उपस्थिति कमजोर छ । अब स्थानीय तह र प्रदेशसभाको निर्वाचन आउन लागेको छ ।यसमा आफ्नो उपस्थितिलाई कमजोर हुन नदिन सबै पार्टीले रणनीतिक योजना बनाउने नै भए । नेपाली कांग्रेसले पनि यसका लागि आफ्नो योजना अगाडि ल्याउला । संघीय संसद्मा बलियो उपस्थिति बनाउन नसके पनि स्थानीय तह र प्रदेशसभाको आफ्नो अवस्था भने कमजोर हुन नदिन वामपन्थी दलहरूले एकताको बहस अगाडि ल्याएका हुन् । यो स्वाभाविक पनि हो किनभने राजनीतिमा कोही आफू पछि पर्न चाहँदैन । तिनलाई परिस्थितिले मात्र पछाडि पार्ने हो । आफू सशक्त बनेर अगाडि बढ्ने प्रयासमा रहनु स्वाभाविक हुन आउँछ । अहिलेको वामपन्थी दलहरूको एकताको कुरा पनि यही हो । यसलाई अन्यथा भन्न मिल्दैन तर एकता गर्ने बहसमा नेतृत्व चाहिँ कसले लिने भन्ने प्रश्न एमाले र माओवादीमा जहिले पनि प्रबल बनेर देखापर्छ । यसपटक पनि यही प्रश्न ती दलहरूका बीच उठिरहेकै छ । कसको नेतृत्वमा दल अगाडि बढ्ने हो भने त्यसले राम्रो काम गर्नसक्छ भन्नेतर्फ विश्लेषण भने गरिँदैन । त्यसकारण सहकार्यमा यी दुई दलको धारणा एकै खालको आउन सकेको छैन । दुई दलले फरक किसिमले आफ्ना धारणा अगाडि सारिरहेका छन् । यसो हुँदा एकताको प्रयास निश्चय सफल हुन सक्दैन । नेकपाका संयोजक पुष्पकमल दाहालले वामपन्थी शक्तिबीच एकता अपरिहार्य रहेको आफ्नो धारणा अगाडि सार्नुभएको छ । उहाँले यस्ता धारणाहरू पटकपटक अगाडि सार्ने गर्नुभएको थियो । इतिहास यसरी नै अगाडि बढिरहेको छ तर सफल एकता भने हुनसकेको पाइएको छैन । पदको कारण नै उहाँहरूबीच हुने गरेका यस्ता एकता भंग भएका छन् । एकताका लागि सर्वसम्मत सहमतिको पनि आवश्यकता पर्छ तर ती दलहरूबीच र आन्तरिक रूपमा आफ्नै दलभित्र पनि तिक्तता मेटिइसकेको छैन । माओवादी विभाजित बन्दाबन्दै सानो दल बनेर केही साना कम्युनिष्ट पार्टीहरूलाई च्यापेर नेपाली कम्युनिष्ट पार्टी बन्न पुगेको छ । एमालेमा पनि अवस्था राम्रो छैन । विद्यादेवी भण्डारी र केपी शर्मा ओलीबीचको शक्तिसंघर्षले उक्त पार्टीलाई पनि कमजोर बनाएको छ । यस्तो अवस्थामा वामपन्थी दलहरूबीचको एकताको बहस बहसमै मात्र सीमित रहन पनि सक्छ । एकता भयो भने पद बाँडफाँटमा झगडा भएर ती दलहरू सडकमा पुगेको इतिहास हेर्ने हो भने अब हुने एकता विश्वसनीय बन्नसक्ने आधारहरू पनि जनतासामु तिनले प्रस्तुत गर्नुपर्ने हुनसक्छ । यसतर्फ एकताको बहसमा उत्रेका र एकता चाहने वामपन्थी दलहरूले सोच पुर्‍याउनै पर्नेहुन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने
Latest NewsJust now

आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने

• नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। • आज देशभर मौसम मुख्यतया सफा रहनेछ, तर राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बादल लाग्नेछ। • तराई, उपत्यका र खोँचहरूमा बिहान थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ। ...

नेपालबहस
उग्रतारामा आज भव्य मेला लाग्दै
Latest NewsJust now

उग्रतारामा आज भव्य मेला लाग्दै

डडेल्धुरा। सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज ‘दिउसेडी’ मेला लाग्दैछ। उग्रतारा क्षेत्र विकास समितिका अनुसार आज मेला लाग्दैछ। स्थानीय भाषामा ‘देहिजाँत’ भनिने यो मेला हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको राति र भोलिपल्ट लाग्ने गर्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिनमा लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ। अमरगढी नगरपालिका–८ स्थित उग्रतारा भगवती मन्दिरमा खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँका बासिन्दाले परम्परागत रूपमा पूजा गरेपछि ...

नेपालन्युज
दशौँ राष्ट्रिय खेलकुद : बर्दियामा टेनिस प्रतियोगिताको तयारी पूरा, आजदेखि प्रतिस्पर्धा
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद : बर्दियामा टेनिस प्रतियोगिताको तयारी पूरा, आजदेखि प्रतिस्पर्धा

बर्दिया । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बर्दियामा सञ्चालन हुने टेनिस प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । बर्दियाको गुलरिया नगरपालिका–४ स्थित लन टेनिस कोर्टमा मंसिर ८ देखि १४ गतेसम्म टेनिस प्रतियोगिता सञ्चालन हुनेछ । २०८१ मंसिर १४ गते निर्माण सम्पन्न भई सञ्चालनमा आएको उक्त कोर्टमा पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा सात प्रदेश, तीन ...

हिमालय टाइम्स
प्रधानमन्त्रीको चर्चित भ्रमण, उपलब्धि र अधुरा अपेक्षा
Latest NewsJust now

प्रधानमन्त्रीको चर्चित भ्रमण, उपलब्धि र अधुरा अपेक्षा

लामो समयदेखि उच्च राजनीतिक तहमा अपेक्षित संवाद र सहकार्यको वातावरण नबनिरहेको सन्दर्भमा छिमेकीसँग सम्बन्ध सुधार र सहकार्य विस्तारलाई प्राथमिकता दिएको देखिनु स्वागतयोग्य छ । तर सम्बन्धको न्यानोपनलाई राष्ट्रिय र आर्थिक हितसँग जोडेर हेर्नु आवश्यक छ । भ्रमणबाट दुई देशका अर्थतन्त्र कति जोडिए भन्ने विषय आधुनिक कूटनीतिको मुख्य अंश हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement