Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

पाराग्वेमा पेद्रो अलियाना बने नयाँ राष्ट्रपति

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाराग्वेमा पेद्रो अलियाना बने नयाँ राष्ट्रपति
Photo / Coverage: विश्वखबर

काठमाडौं– पाराग्वेको सिनेटले राष्ट्रपति सान्टियागो पेनालाई महाभियोग लगाउँदै पदबाट हटाएपछि उपराष्ट्रपति पेद्रो अलियाना नयाँ राष्ट्रपति बनेका छन् । बैंकिङ संकटका कारण सरकारमाथि राजनीतिक दबाब बढेपछि सिनेटले पेनालाई पदमुक्त गरेको हो । डिजिटल ऋणदाता कम्पनी उएनो धराशायी भएपछि लाखौं ग्राहकले आफ्नो बैंक खातामा पहुँच गुमाएका थिए । यस घटनाले ठूलो राजनीतिक असन्तुष्टि निम्त्याएको थियो । कम्पनीको पतनका लागि सांसदहरूले राष्ट्रपति पेनालाई जिम्मेवार ठहर गरेपछि सत्तारूढ कन्जरभेटिभ कोलोराडो पार्टीका प्रभावशाली नेताहरूले समेत उनलाई साथ दिन छाडेका थिए । ५२ वर्षीय अलियानाले सन् २०२८ अगस्टसम्म अर्थात् पेनाको कार्यकालको बाँकी अवधि राष्ट्रपति पद सम्हाल्नेछन् । कोलोराडो पार्टीका लामो समयदेखिका नेता अलियाना दशकौंको राजनीतिक सक्रियतापछि सन् २०२८ मा राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने तयारीमा थिए । तर उनको त्यो लक्ष्य निर्धारित समयभन्दा दुई वर्षअघि नै पूरा भएको छ । गत सोमबारसम्म उनी राष्ट्रपति पेनाको पक्षमा उभिएका थिए । तर देशमा देखिएको वित्तीय संकट समाधान गर्नुपर्ने भन्दै उनले डिसेम्बरमा हुने पार्टीको प्राथमिक निर्वाचनमा राष्ट्रपति पदका लागि उम्मेदवारी दिने आफ्नो योजना स्थगित गरेको घोषणा गरे । सोमबार पत्रकारहरूसँग कुरा गर्दै अलियानाले भनेका थिए, ‘म गणतन्त्रको राष्ट्रपति बन्न चाहन्छु । मसँग त्यो क्षमता, ज्ञान र विचार छ भन्ने मलाई लाग्छ ।’ सोही क्रममा उनले अरूले गरेका गल्तीको जिम्मेवारी आफूले लिन नसक्ने पनि स्पष्ट पारेका थिए । उएनोसँग सम्बन्धित संकट व्यवस्थापनमा राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठ्दै जाँदा अलियानाको यो अभिव्यक्तिलाई पेनासँग उनको दूरी बढ्दै गएको संकेतका रूपमा हेरिएको थियो । राष्ट्रपति पेना सन् २०२५ मार्चसम्म उएनो ऋणदाता कम्पनीको स्वामित्व रहेको समूहका व्यावसायिक साझेदार थिए । अलियानाले सात वर्षसम्म कोलोराडो पार्टीको अध्यक्षका रूपमा काम गरेका थिए । पाराग्वेमा पछिल्लो आठ दशकको अधिकांश समय शासन गरेको यस पार्टीमा उनी पूर्वराष्ट्रपति होरासियो कार्टेससँगै राजनीतिक रूपमा अघि बढेका नेता हुन् । भेरिस्क म्यापलक्रफ्टका अमेरिकासम्बन्धी प्रमुख विश्लेषक मारियानो माचाडोका अनुसार अलियानाको राष्ट्रपति कार्यकालमा यसअघिको नीतिले निरन्तरता पाउनेछ । तर उनको नेतृत्व कार्टेसमाथिको निर्भरतामा रहने र राजनीतिक जनादेश कमजोर हुने सम्भावना छ । माचाडोले भनेका छन्, ‘अलियानाको राष्ट्रपति बन्नुले नीतिगत निरन्तरता, कार्टेसमाथिको निर्भरता र कमजोर जनादेशलाई संकेत गर्छ । पेनाको बहिर्गमनले पाराग्वेलाई लगानीका लागि उपयुक्त गन्तव्यका रूपमा प्रस्तुत गर्ने प्रमुख पक्षलाई कमजोर बनाएको छ । सन् २०२८ को निर्वाचनअघि राजनीतिक संरक्षण र आफ्ना समर्थकलाई लाभ पुर्‍याउने उद्देश्यले सरकारी खर्च बढाउन दबाब आउन सक्छ ।’ अलियानाले पाराग्वे र अमेरिकाबीचको निकट सम्बन्धलाई पनि प्राथमिकताका साथ प्रस्तुत गर्दै आएका छन् । गत अगस्टमा इन्फोबेसँगको अन्तर्वार्तामा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको ‘सिल्ड अफ द अमेरिकाज’ क्षेत्रीय सुरक्षा पहलले पाराग्वेलाई संगठित अपराध नियन्त्रण गर्न थप सहयोग पुग्ने बताएका थिए । त्यसैगरी उनले ताइवान र इजरायलप्रति पाराग्वेको समर्थनलाई पनि दृढ रूपमा अघि बढाउँदै आएका छन् । ताइवानसँग औपचारिक कूटनीतिक सम्बन्ध कायम राख्ने विश्वका १२ देशमध्ये पाराग्वे पनि एक हो । पाराग्वेको पछिल्लो राजनीतिक संकटको सुरुवात प्रमुख ऋणदाता कम्पनी उएनोमाथिको नियामकीय निगरानी र सुपरिवेक्षणलाई लिएर उठेका प्रश्नबाट भएको थियो । यसै विषयलाई लिएर राजधानी असुनसियोनमा यसै साताको सुरुमा सडक प्रदर्शनसमेत भएका थिए । संकटको प्रभावस्वरूप मंगलबार पाराग्वेको केन्द्रीय बैंकका प्रमुखले पनि पदबाट राजीनामा दिएका थिए । सन् २०२३ मा उपराष्ट्रपति बन्नुअघि अलियानाले एक दशकसम्म प्रतिनिधिसभामा रहेर काम गरेका थिए । उनले आफ्नो जन्मस्थान दक्षिणी क्षेत्र नेम्बुकुको प्रतिनिधित्व गर्दै संसद्मा भूमिका निर्वाह गरेका थिए । यसअघि उनले सोही क्षेत्रमा गभर्नरका रूपमा पनि काम गरिसकेका छन् । अलियानालाई कम बोल्ने तर कोलोराडो पार्टीको संस्थापन पक्षसँग गहिरो सम्बन्ध भएका राजनीतिज्ञका रूपमा चिनिन्छ । –रोयटर्स

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इटहरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु
Latest NewsJust now

इटहरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

सुनसरी। इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका–९ का २७ वर्षीय स्पर्स अर्याल र विराटनगर महानगरपालिका–२ का २८ वर्षीय सास्वत... ...

रातोपाटी
चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला
Latest NewsJust now

चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला

चीन । दक्षिण चीनको टापु प्रान्त हाइनानस्थित उष्णकटिबन्धीय वर्षावनमा भ्यागुताको नयाँ प्रजाति फेला परेको छ । यस खोजले उक्त क्षेत्रको जैविक विविधता र पारिस्थितिक अवस्थामा सुधार भइरहेको देखाएको अनुसन्धानकर्ताहरूले बताएका... ...

रातोपाटी
इरानमाथि अमेरिकी नाकाबन्दी थप कसिलो, ओमानको खाडीमा पानीजहाजमाथि अमेरिकी आक्रमण
Latest NewsJust now

इरानमाथि अमेरिकी नाकाबन्दी थप कसिलो, ओमानको खाडीमा पानीजहाजमाथि अमेरिकी आक्रमण

काठमाण्डु- मध्यपूर्वमा जारी तनाव थप चर्किँदै जाँदा अमेरिकाले इरानमाथिको सैन्य तथा आर्थिक दबाब बढाएको छ। अमेरिकी सेनाले इरानको नौसैनिक नाकाबन्दी उल्लंघन गर्न खोजेको आरोपमा सेन्ट किट्सको झण्डा बोकेको व्यापारिक पानीजहाजलाई निष्क्रिय पारेको छ। यसैबीच, ओमानको खाडीमा आगलागी भएको पानीजहाजबाट संयुक्त अरब इमिरेट्स (यूएई)को नेसनल गार्डले २२ जना चालक दलका सदस्यको उद्धार गरेको छ। उद्धार गरिएका […] ...

काठमाण्डुपाटी
‘हजुरबाले भन्थे’ मा मूख्य भूमिकामा देखिँदै नीर शाह
Latest NewsJust now

‘हजुरबाले भन्थे’ मा मूख्य भूमिकामा देखिँदै नीर शाह

काठमाडौँ। ‘परान’मा मुख्य भूमिकामा अभिनय गरेर सफलता हात पारेका अभिनेता नीर शाह फेरि अर्को फिल्ममा पनि त्यस्तै भूमिकामा देखिने भएका छन् । उनी अहिले मुख्य भूमिकामा देखिन लागेको फिल्म हो ‘हजुरबाले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play