Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह
Photo / Coverage: नेपालन्युज

भद्रपुर। झापाको हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालयले किसानलाई पाकेको धानबाली समयमै भित्र्याउन आग्रह गरेको छ । बाली भित्र्याउने अवधिभर हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएकाले प्रशासनले समयमा बाली भित्र्याउन आग्रह गरेको हो । शुक्रबार बिहान हात्तीको आक्रमणबाट बुद्धशान्तिमा एक जना घाइते भएपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसहितको टोली हात्ती प्रवेशको मुख्य बिन्दु बाहुनडाँगी पुगेको थियो । भारतबाट जङ्गली हात्ती नेपाल प्रवेश गर्ने मुख्य नाका मेचीनगर नगरपालिका-४ बाहुनडाँगी पुग्दा किसानहरू पाकेर पहेँलपुर भएको धान काट्न र ढुवानी गर्न व्यस्त थिए । स्थानीय जनप्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि, डिभिजन वन कार्यालयका कर्मचारी तथा सुरक्षाकर्मीको समन्वयमा किसानहरू बाली भित्र्याउन जुटेका थिए । स्थलगत अवलोकनका क्रममा प्रमुख जिल्ला अधिकारी पोखरेलले किसानको पाकेको बाली जोगाउनु अहिलेको प्राथमिकता भएको बताए। ‘किसानले दुस्ख गरेर लगाएको बाली हात्तीबाट जोगाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउँछौँ । बाली भित्र्याउने समयसम्म हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्छौं’, उनले भने, ‘किसानले पनि पाकेको बाली सकेसम्म ढिला नगरी समयमै घर भित्र्याउनुहोला ।’ स्थानीय किसानले कम्तीमा पाँच दिनसम्म हात्तीको प्रवेश नियन्त्रण गर्न सके पाकेको धानबाली सुरक्षित रूपमा भित्र्याउन सकिने भन्दै प्रशासनसँग आग्रह गरेका थिए । किसानको माग सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्लाबाट थप सुरक्षा जनशक्ति परिचालन गरी स्थानीय समुदायसँगको समन्वयमा हात्तीको प्रवेश नियन्त्रण गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए । स्थलगत अवलोकनपछि मेचीनगर-४ का वडाध्यक्ष अर्जुन कार्कीको पहलमा किसान, सङ्घसंस्थाका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखबीच अन्तरक्रियासमेत भएको थियो । हात्ती नियन्त्रणका लागि खटिएको सुरक्षा टोलीलाई प्रमुख जिल्ला अधिकारी पोखरेलले टर्चलाइट र हाते माइक हस्तान्तरण गरेका थिए । ती सामग्री वडाध्यक्ष कार्कीको पहलमा उपलब्ध भएका हुन् । हाल उक्त क्षेत्रमा सशस्त्र प्रहरीका १० जना, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका कर्मचारी तथा स्थानीय युवासहितको टोली परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारीको निर्देशनअनुसार तत्काल थप जनशक्ति खटाइने जिल्ला प्रहरी कार्यालय झापाको प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा खड्का र सशस्त्र प्रहरी बल नेपाल, नं २ गणका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले बताए । प्रशासनले सुरक्षा निकाय र स्थानीय समुदायबीच समन्वय गरेर हात्तीको आवागमन नियन्त्रण गर्ने तथा किसानलाई सुरक्षित रूपमा बाली भित्र्याउने वातावरण बनाउने जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बुकर जित्ने सबैभन्दा ज्येष्ठ लेखक ह्यारिसन भन्छन्, ‘मलाई अझै २६ वर्षको महसुस हुन्छ’
Latest NewsJust now

बुकर जित्ने सबैभन्दा ज्येष्ठ लेखक ह्यारिसन भन्छन्, ‘मलाई अझै २६ वर्षको महसुस हुन्छ’

बेलायती लेखक एम जोन ह्यारिसन ८१ वर्षको उमेरमा बुकर पुरस्कार जित्ने अहिलेसम्मकै सबैभन्दा ज्येष्ठ लेखक बनेका छन् । सन् २०२६ को बुकर पुरस्कार जितेपछि उनले आफ्नो उमेरलाई लिएर अनौठो अनुभूति... ...

रातोपाटी
वीरगन्ज नाकाबाट ४ गुणाले बढ्यो विद्युतीय मोटरसाइकल आयात
Latest NewsJust now

वीरगन्ज नाकाबाट ४ गुणाले बढ्यो विद्युतीय मोटरसाइकल आयात

गत आर्थिक वर्षको पहिलो तीन महिनामा २ हजार १ सय ९४ थान विद्युतीय मोटरसाइकल आयात भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा ८ हजार ८ सय ५० थान आयात भएको छ । ...

कान्तिपुर
भक्तपुरसहित चार जिल्लामा सवारी दुर्घटना, पाँच जनाको मृत्यु
Latest NewsJust now

भक्तपुरसहित चार जिल्लामा सवारी दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौँ । भक्तपुर, नुवाकोट, कास्की र उदयपुर जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। शुक्रबार र शनिबार भएका ती दुर्घटनाहरूमा गम्भीर घाइते भएकाहरूको विभिन्न अस्पतालमा... ...

रातोपाटी
मुख्यमन्त्री यादवले बुझाए प्रदेश प्रमुखसमक्ष राजीनामा
Latest NewsJust now

मुख्यमन्त्री यादवले बुझाए प्रदेश प्रमुखसमक्ष राजीनामा

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष राजीनामा पत्र बुझाएका छन् । मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play