Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

पाकिस्तान ‘ए’ले भारत ‘ए’लाई दियो ३१४ रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाकिस्तान ‘ए’ले भारत ‘ए’लाई दियो ३१४ रनको लक्ष्य
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टार्स अन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ ले भारत ‘ए’ लाई जितका लागि ३१४ रनको लक्ष्य दिएको छ। दोहामा जारी खेलमा पाकिस्तान ‘ए’ ले टस जितेर पहिले ब्याटिङ रोज्दै ४९.२ ओभरमा सबै विकेट गुमाएर ३१३ रन बनायो। पाकिस्तान ‘ए’ का लागि हसन नवाजले ८२ बलमा ५ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ७९ रनको योगदान दिए। माज सदाकतले ६३ बलमा ६ चौका र १ छक्कासहित ५९ रन बनाउँदा फरहान युसुफले ४८ बलमा ४ चौका र २ छक्कासहित ५६ रन जोडे। त्यसैगरी शमिल हुसेनले ३३, कप्तान अब्दुल समदले २८, मोहम्मद इमरानले २३, साद मसुदले ९, अहमद दानियालले ८, सुफियान मोकिमले अविजित ३ र अली राजाले २ रन बनाउँदा रोहेल नाजिर शून्य रनमा आउट भए। भारत ‘ए’ का लागि बलिङतर्फ सूर्यांश शेडगे, विपराज निगम, हर्षित राणा र प्रिन्स यादवले समान २–२ विकेट लिए। सूर्यांशले ८ ओभरमा ५५ रन, विपराजले ८ ओभरमा ४६ रन, हर्षितले १० ओभरमा ७७ रन र प्रिन्सले ९.२ ओभरमा ६० रन खर्चेर २–२ विकेट हात पारे। आयुष बदोनीले ५ ओभरमा १८ रन दिएर १ विकेट लिँदा शाहबाज अहमद र अभिषेक शर्मा भने विकेटविहीन रहे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री शाहको भारत भ्रमणः ‘एयर रुट’मा सहमतिको सम्भावना
Latest NewsJust now

प्रधानमन्त्री शाहको भारत भ्रमणः ‘एयर रुट’मा सहमतिको सम्भावना

काठमाडौँ, मङ्सिर ६ गते । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको नयाँ हवाई प्रवेशमार्ग (एयर रुट) का विषयमा महत्वपूर्ण सहमति हुने सम्भावन... ...

गोरखापत्र
प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट
Latest NewsJust now

प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

• प्रधानमन्त्री वालेन्द्र शाहले भारतको दुईदिने राजकीय भ्रमणमा विदेशमन्त्री डा एस जयशङ्करसँग शिष्टाचार भेटवार्ता गरेका छन्। • भेटमा नेपाल र भारतबीचको सम्बन्ध, व्यापार, ऊर्जा, संस्कृति र द्विपक्षीय सहकार्यको विषयमा छलफल भएको छ। • प्रधानमन्त्री शाहको भ्रमण टोलीमा उच्चपदस्थ सरकारी अधिकारी र व्यवसायीसमेत रहेका छन् र उनी भोलि स्वदेश फर्कनेछन्। ...

नेपालबहस
सातौँ सुदूरपश्चिम खप्तड गोल्डकप पुस २१ देखि
Latest NewsJust now

सातौँ सुदूरपश्चिम खप्तड गोल्डकप पुस २१ देखि

केलाली । ‘सुदूरपश्चिम खप्तड गोल्डकप’ को सातौँ संस्करण आगामी पुस २१ गतेदेखि धनगढीमा आयोजना हुने भएको छ । आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीले धनगढी रङ्गशालामा पुस... ...

रातोपाटी
सिक्लेसमा एकै दिन १५ सय पर्यटक, भरिभराउ छन् होटल र होमस्टे
Latest NewsJust now

सिक्लेसमा एकै दिन १५ सय पर्यटक, भरिभराउ छन् होटल र होमस्टे

पोखरा । पर्यटकीय गाउँ सिक्लेसमा एकैदिन १ हजार ५ सय भन्दा बढी पर्यटक पुगेका छन् । कास्कीको मादी गाउँपालिका १ मा पर्ने यो गाउँमा शनिबार १ हजार ५ सय ३२ पर्यटक पुगेका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement