काठमाडौं। एसिसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गतको समूह चरणको खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ९६ रनले पराजित भएको छ। कतारमा जारी प्रतियोगितामा १६९ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै समेटिएको हो। नेपालको कमजोर ब्याटिङ प्रदर्शनका कारण टोलीले लज्जास्पद हार व्यहोर्नुपर्यो। इनिङ्समा ६ जना ब्याटरले खाता नै खोल्न सकेनन्। शून्य रनमा आउट हुने खेलाडीहरूमा इशान पाण्डे, लोकेश बम, पवन सर्राफ, राशिद खान, नन्दन यादव र कप्तान सन्दीप लामिछाने रहेका छन्। नेपालका लागि ओपनर मयन यादवले सर्वाधिक ४१ रन बनाए। ५० बलको सामना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे। बसिर अहमदले ११ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। देव खनाल ८ रनमा आउट भए भने कुशल भुर्तेलले १ रन बनाए। अभिषेक गौतम १ रनमा अविजित रहे। पाकिस्तान ‘ए’ का बलर सुफियान मुकिम र मुहम्मद हसनैनले समान ३-३ विकेट लिए। मोहम्मद इमरानले २ र माज सदाकतले १ विकेट हात पारे। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ४२ ओभरमा १६८ रनमा अलआउट भएको थियो। टोलीका लागि रोहेल नाजिरले ८३ बलमा ६४ रनको अर्धशतकीय इनिङ्स खेले। हसन नवाजले २८ र अहमद दानियालले १६ रन बनाए। नेपालका बलर राशिद खानले उत्कृष्ट बलिङ गर्दै ८ ओभरमा ३९ रन खर्चेर ५ विकेट लिएका थिए। अभिषेक गौतमले ९ ओभरमा २७ रन दिएर २ विकेट र कप्तान सन्दीप लामिछानेले ७ ओभरमा २० रन खर्चेर १ विकेट लिए। बलिङमा राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा चुक्दा नेपालले हार बेहोर्नुपर्यो।
पाकिस्तानसँग पराजित हुँदै नेपाल एसिया कपबाट बाहिरियो

Read Complete Original Article
Published originally on नेपालन्युज




.jpg)

