Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

पाकिस्तानलाई हराउँदै भारतले जित्यो नवौँ पटक यू–१९ एसिया कपको उपाधि

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाकिस्तानलाई हराउँदै भारतले जित्यो नवौँ पटक यू–१९ एसिया कपको उपाधि
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । भारतले पाकिस्तानलाई एक विकेटले पराजित गर्दै यू–१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा पाकिस्तानले दिएको ३३८ रनको लक्ष्य भारतले अन्तिम ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गरेको हो । यससँगै भारतले नवौँ पटक प्रतियोगिताको उपाधि जितेको छ । पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३७ रन बनाएको थियो । पाकिस्तानका उस्मान खानले १११ बलमा १०७ रनको शतकीय पारी खेले भने अब्दुल कादिरले ५४ बलमा ८० र कप्तान फरहान युसुफले ६० बलमा ६३ रन बनाए। भारतका काव्या पटेलले चार तथा चिगुरुपति वेङ्कटाले तीन विकेट लिए । ३३८ रनको लक्ष्य पछ्याएको भारतका लागि कप्तान लक्ष्य राजेश रायचन्दानीले ८० र आर्यवीर सहवागले ५८ रन बनाए । त्यसपछि मध्यक्रमका ब्याटरहरू लगातार आउट हुँदा भारत दबाबमा परेको थियो । मनल चौहानले ३२ बलमा ४७ रन बनाएर टोलीको जितको आशा कायम राखे । भारतका लागि मोहित उल्वाले अविजित ४९ रनको उत्कृष्ट पारी खेले । उनले २६ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे। अन्तिम विकेटका लागि चिगुरुपति वेङ्कटासँग ३० रनको साझेदारी गरेका मोहितले अन्तिम बलमा चौका प्रहार गर्दै भारतलाई रोमाञ्चक जित दिलाए । वेङ्कटा ११ रनमा अविजित रहे। यस जितसँगै भारतले पाकिस्तानसँग समूह चरणमा बेहोरेको हारको बदला पनि लिएको छ । The post पाकिस्तानलाई हराउँदै भारतले जित्यो नवौँ पटक यू–१९ एसिया कपको उपाधि appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जनकपुरधाम-अयोध्या रेल सेवा दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने
Latest NewsJust now

जनकपुरधाम-अयोध्या रेल सेवा दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने

जनकपुरधाम । भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म वन्देभारत एक्सप्रेस रेल सेवा सञ्चालन हुने भएको छ । भारतीय रेल मन्त्रालयका अनुसार नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले यो सेवा सुरु गर्न लागिएको हो । रेल सेवाको मंसिर ७ गते अर्थात् नोभेम्बर २३ मा उद्घाटन गर्ने कार्यक्रम तय भएको भारतीय रेल मन्त्रालयले जनाएको छ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह ...

नेपालन्युज
छठ पर्व : शनिबार ‘खरना’, आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य
Latest NewsJust now

छठ पर्व : शनिबार ‘खरना’, आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य

शनिबार ‘खरना’ विधि गरेका व्रतालु आइतबार निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन् । वीरगन्जका छठ घाट सिँगारिएका छन् भने पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन प्रशासनले पटका प्रयोगमा रोक लगाएको छ । ...

कान्तिपुर
भन्सार छलिका १६ लाखभन्दा बढीको अवैध सामान बरामद
Latest NewsJust now

भन्सार छलिका १६ लाखभन्दा बढीको अवैध सामान बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा रु १६ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेड क्वाटर पर्सा तथा मातहत कार्यालयबाट खटिएको टोलिले आज भारतबाट अवैध रूपमा भन्सार छली विभिन्न सवारीसाधनमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको सो रकम बराबरको अवैध सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गर्नुका साथै नष्ट गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक ...

नेपालन्युज
‘अपरेसन सिन्दूर’पछि पहिलोपटक भारत भ्रमण गर्दै पाकिस्तानी मन्त्री
Latest NewsJust now

‘अपरेसन सिन्दूर’पछि पहिलोपटक भारत भ्रमण गर्दै पाकिस्तानी मन्त्री

पाकिस्तानका जलवायु मन्त्री मुसादिक मसुद मलिक अर्को हप्ता भारतको भ्रमणमा आउने भएका छन्। पाकिस्तानको विदेश मन्त्रालयका अनुसार मलिक नोभेम्बर २० देखि २२ सम्म नयाँ दिल्लीमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) को कार्यक्रममा सहभागी हुनेछन्।  भारतले एससीओ सदस्यका रूपमा पाकिस्तानलाई कार्यक्रममा भाग लिन आमन्त्रओ गरेको हो।  अपरेसन सिन्दूरपछि... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play