Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

‘पाँच पाण्डव’मा दीपाश्रीको दमदार अवतार

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘पाँच पाण्डव’मा दीपाश्रीको दमदार अवतार
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अभिनेत्री दीपाश्री निरौलाले चलचित्र ‘पाँच पाण्डव’मा आफ्नो बलियो उपस्थिति रहेको बताएकी छन् । आफूलाई दर्शकले ‘पाँच पाण्डव’मा फाइटर लेडीका रुपमा देख्न पाउने उनको भनाइ छ । दीपाश्रीले यो सिनेमामा भीमकी श्रीमतीको भूमिका निर्वाह गरेकी छन् । भीमको भूमिकामा जितु नेपाल छन् । “यसपटक मेरो चरित्र अलिक फरक छ । यो अलिकति फाइटर टाइपको भूमिका हो,” उनी भन्छिन्, “मजदुरमाथि कसैले अन्याय गर्‍यो भने सबैभन्दा पहिले मेरो हातखुट्टा चल्छन् ।” आफ्नो प्रवेश हुनेबित्तिकै दर्शकबाट सिठी, ताली र हुटिङ आउनेमा उनी ढुक्क छिन् । “डबिङ गर्दा नै मलाई यस्तो महसुस भएको थियो । मेरो प्रवेश हुने दृश्यहरू निकै धमाकेदार छन्,” दीपाश्री भन्छिन्, “ती दृश्यमा एकदमै जुझारु नारीको उपस्थिति महसुस हुन्छ । श्रीमानलाई पनि सुरक्षा दिने र उनको पक्षमा उभिने भूमिका छ ।” सिने करियरमा अहिलेसम्म निर्वाह गरेका भूमिकाभन्दा फरक भएकाले पनि यसलाई उनले नयाँ अनुभवका रूपमा लिएकी छन् । “मेरो चरित्रको नाम ‘सितर्नी’ हो । फिल्ममा अरूलाई गाली गर्दा पनि म ‘सितर्नी’ भनेर गाली गर्छु,” उनी भन्छिन्, “मलाई लाग्छ, यो शब्द दर्शकको मुखमा झुण्डिनेछ ।” यही कात्तिक २० गतेबाट प्रदर्शन हुने चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका छन् । ‘पाँच पाण्डव’मा दीपाश्रीसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् । काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका रहेको छ । यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन् । ‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । यो चलचित्र ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ । यो चलचित्रलाई श्याम तामाङले खिचेका छन् । चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा फाइट डाइरेक्टरमा सम्राट बस्नेत छन् । गम्भीर विस्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ । ‘पाँच पाण्डव’मा दर्शकले पूरै साउन्ड डल्बी एटमस साउन्ड अनुभव गर्न पाउने छन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बिजिएम, पुकार धिमालको भिएफएक्स, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्ट्रोकले थलिएकी हेमकुमारीले केएमसीमा पाइन् नयाँ जीवन, उपचारपछि खुसी हुँदै फर्किइन् घर
Latest NewsJust now

स्ट्रोकले थलिएकी हेमकुमारीले केएमसीमा पाइन् नयाँ जीवन, उपचारपछि खुसी हुँदै फर्किइन् घर

काठमाडाैँ। स्वास्थ्यमा आउने अप्रत्याशित समस्याले मानिसको जीवनलाई क्षणभरमै बदलिदिन सक्छ। हिँडडुल गर्न, बोल्न र आफ्नै दैनिक काम गर्नसमेत अरूको सहारा लिनुपर्ने अवस्था आएपछि बिरामी शारीरिक पीडासँगै मानसिक तनाव र अनिश्चितताको... ...

रातोपाटी
चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाउन सचिव बैठकको निर्देशन
Latest NewsJust now

चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाउन सचिव बैठकको निर्देशन

काठमाडौं । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सचिवहरूको नियमित बैठकले विभिन्न निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिनेसहितका निर्णय गरेको हो... ...

रातोपाटी
धान सिजनमा नहरहरू पूर्ण सञ्चालनमा
Latest NewsJust now

धान सिजनमा नहरहरू पूर्ण सञ्चालनमा

काठमाडौँ, कात्तिक १७ गते । मनसुनको धान सिजनमा मुलुकका प्रमुख नहर प्रणालीबाट किसानका खेतसम्म पानी पुर्‍याइएको छ । धानबालीलाई आवश्यक पानी उपलब्ध गराउन सिँचाइ आयोजनाहरूले नहर सञ्चालनल... ...

गोरखापत्र
समान धारणा बनाउन जुटे संसदमा रहेका विपक्षी दलहरू [तस्बिरहरू]
Latest NewsJust now

समान धारणा बनाउन जुटे संसदमा रहेका विपक्षी दलहरू [तस्बिरहरू]

संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसिरहेको छ । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play