Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

पाँच उपाधिका नायक रोहित फेरि मुम्बईको कप्तान

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाँच उपाधिका नायक रोहित फेरि मुम्बईको कप्तान
Photo / Coverage: हिमालय टाइम्स

मुम्बई । इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सलाई पाँचपटक च्याम्पियन बनाउनुभएका रोहित शर्मा तीन वर्षपछि फेरि टोलीको कप्तान बन्नुभएको छ । हार्दिक पाण्ड्यालाई कप्तानीबाट हटाउँदै फ्रेन्चाइजीले ३९ वर्षीय रोहितलाई पुनः नेतृत्वको जिम्मेवारी सुम्पिएको हो । मुम्बई इण्डियन्सले रोहितलाई कप्तान नियुक्त गरिएको घोषणा गरेको छ । यससँगै आइपिएलको सबैभन्दा सफल कप्तानमध्ये एक रोहितले सन् २०२७ को सिजनदेखि टोलीको नेतृत्व सम्हाल्नुहुनेछ । रोहितले सन् २०१३ देखि २०२३ सम्म लगातार ११ सिजन मुम्बईको कप्तानी गर्नुभएको थियो । उहाँको नेतृत्वमा टोलीले पाँचपटक आइपिएल उपाधि जित्यो भने सन् २०१३ मै च्याम्पियन्स लिग टी–२० को उपाधिसमेत आफ्नो नाममा लेखायो ।मुम्बईलाई सफलताको शिखरमा पुर्‍याउनुभएका रोहितको कप्तानीमा पुनरागमनलाई फ्रेन्चाइजीको नयाँ सुरुवातका रूपमा हेरिएको छ । पछिल्ला तीन सिजनमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको टोलीले फेरि अनुभवी कप्तानमाथि भरोसा गरेको छ । हार्दिकको कप्तानीमा मुम्बईले तीन सिजनमा ३९ खेल खेल्दा १५ खेलमा मात्रै जित निकाल्न सकेको थियो । टोलीले २४ खेलमा हार बेहोरेको थियो । सन् २०२४ मा अंकतालिकाको अन्तिम स्थानमा रहेको मुम्बई सन् २०२५ मा प्लेअफसम्म पुगे पनि सन् २०२६ मा पुनः नवौँ स्थानमा सीमित भयो । लगातारको कमजोर प्रदर्शनपछि फ्रेन्चाइजीले कप्तानी परिवर्तन गर्ने निर्णय गरेको हो । हार्दिकलाई ट्रेडमार्फत् पञ्जाब किंग्स पठाइएको छ । उहाँको स्थानमा तीव्रगतिका बलर अर्शदीप सिंह मुम्बईमा आउनुभएको छ । सन् २०२७ को सिजनअघि मुम्बईसँग कप्तानीका लागि सूर्यकुमार यादव, जसप्रित बुमराह र तिलक बर्माजस्ता विकल्प थिए । विभिन्न सञ्चारमाध्यममा तिलकलाई कप्तान बनाउने तयारी भइरहेको खबरसमेत सार्वजनिक भएका थिए । रोहित स्वयंले पनि कप्तानीका लागि तिलकको नाम सुझाउनुभएको थियो । तर, फ्रेन्चाइजीले अनुभवी रोहितलाई नै पुनः जिम्मेवारी सम्हाल्न आग्रह गरेको हो । कप्तानीका विषयमा धेरै चरणमा छलफल भएपछि रोहित जिम्मेवारी लिन तयार हुनुभएको दैनिक भास्करले जनाएको छ । रोहित सन् २०११ देखि मुम्बई इण्डियन्ससँग आबद्ध हुनुहुन्छ । कप्तानीमा रोहितको पुनरागमनका पछाडि उहाँको लोकप्रियता पनि एउटा महत्त्वपूर्ण पक्ष हो । सन् २०२४ मा हार्दिकलाई कप्तान बनाउने निर्णयपछि मुम्बईका समर्थकले वानखेडे रंगशालामा हुटिङ गरेका थिए । रोहितलाई हटाएर हार्दिकलाई कप्तान बनाउने निर्णयले समर्थकमाझ असन्तुष्टि पैदा गरेको थियो । रोहितलाई पहिलोपटक सन् २०१३ को आइपिएल सिजनको बीचमै मुम्बईको कप्तानी दिइएको थियो । त्यसबेला अष्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले टोलीको नेतृत्व गरिरहनुभएको थियो । सन् २०१३ को खेलाडी लिलामीमा मुम्बईले पोन्टिङलाई अनुबन्ध गरेर कप्तान बनाएको थियो । तर, सुरुवाती ६ खेलमा टोलीले तीन खेलमात्रै जित्न सक्यो । पोन्टिङको व्यक्तिगत प्रदर्शन पनि अपेक्षाअनुसार हुन सकेन । त्यसपछि पोन्टिङले आफैंलाई टोलीको अन्तिम ११ बाट बाहिर राख्दै कप्तानी छाड्ने निर्णय गर्नुभयो । टोलीमा सचिन तेन्दुलकर र हरभजन सिंहजस्ता अनुभवी खेलाडी भए पनि व्यवस्थापनले रोहितलाई नेतृत्वको जिम्मेवारी सुम्पिएको थियो । रोहितले २४ अप्रिल २०१३ मा कोलकाता नाइट राइडर्सविरुद्ध पहिलोपटक मुम्बईको कप्तानी गर्नुभएको थियो । उक्त खेलमा मुम्बई पाँच विकेटले विजयी भयो । त्यही सिजन रोहितको कप्तानीमा मुम्बईले पहिलोपटक आइपिएल उपाधि जित्यो । पहिलो कप्तानीमै टोलीलाई च्याम्पियन बनाउनुभएका रोहितले त्यसपछि मुम्बईको सफल नेतृत्वको आधार तयार गर्नुभयो । उहाँको कप्तानीमा मुम्बईले सन् २०१५, २०१७, २०१९ र २०२० मा पनि आइपिएल उपाधि जित्यो । रोहितको कप्तानीमा मुम्बईले सन् २०१३ मा च्याम्पियन्स लिग टी-२० को उपाधिसमेत जितेको थियो । आइपिएलमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरको फ्रेन्चाइजी प्रतियोगितामा पनि टोलीलाई सफल बनाउनुभएका रोहित मुम्बईका सबैभन्दा प्रभावशाली कप्तानमध्ये एक हो ।रोहितको प्रभाव कप्तानीमा मात्रै सीमित छैन । उहाँ आइपिएल इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा हुनुहुन्छ । रोहितले २८१ खेलमा ७ हजार ३२९ रन बनाउनुभएको छ । उहाँको नाममा दुई शतक र ४९ अर्धशतक छन् । आइपिएलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा विराट कोहली ९ हजार ३३६ रनसहित पहिलो स्थानमा हुनुहुन्छ । शिखर धवन ६ हजार ७६९ रनसहित तेस्रो स्थानमा हुनुहुन्छ । आइपिएल २०२७ को खेलाडी लिलामीअघि मुम्बईले आफ्नो प्रशिक्षक टोलीमा पनि व्यापक परिवर्तन गरेको छ । महेला जयवर्द्धनेको स्थानमा वेष्ट इण्डिजका पूर्व क्रिकेटर किरोन पोलार्ड मुख्य प्रशिक्षक बन्नुभएको छ । पूर्वभारतीय क्रिकेटर रोबिन उथप्पालाई ब्याटिङ प्रशिक्षक बनाइएको छ । न्युजिल्याण्डका पूर्व तीव्रगतिका बलर मिचेल म्याक्लेनाघन बलिङ प्रशिक्षक नियुक्त हुनुभएको छ । त्यस्तै टी. दिलिप फिल्डिङ प्रशिक्षक र धवल कुलकर्णी बलिङ विकास प्रशिक्षक बन्नुभएको छ । नयाँ प्रशिक्षक टोली र रोहितको कप्तानीमा मुम्बईले आगामी सिजनमा पुनः उपाधि जित्ने लक्ष्य राखेको छ । फ्रेन्चाइजीले खेलाडी र प्रशिक्षक दुवै तहमा परिवर्तन गर्दै टोलीलाई नयाँ स्वरूप दिने प्रयास गरेको देखिन्छ । आइपिएल २०२७ को मिनी लिलामीअघि मुम्बईले १६ खेलाडीलाई टोलीमा कायम राखेको छ । रोहित शर्मा, जसप्रित बुमराह, सूर्यकुमार यादव, तिलक बर्मा र मिचेल स्यान्टनरजस्ता प्रमुख खेलाडी टोलीमा हुनुहुन्छ । मुम्बईसँग लिलामीमा भर्नुपर्ने नौ स्थान बाँकी छन् । टोलीको खेलाडी खरिदका लागि ३२ करोड ६० लाख भारतीय रुपैयाँ उपलब्ध छ । टोलीमा कायम राखिएका खेलाडीमा अर्शदीप सिंह, अश्विनी कुमार, कर्बिन बोस, जसप्रित बुमराह, मिचेल स्यान्टनर, नमन धीर, क्विन्टन डिकक, रघु शर्मा, राज अंगद बाबा, रोहित शर्मा, रायन रिकेल्टन, शार्दुल ठाकुर, शेरफेन रदरफोर्ड, सूर्यकुमार यादव, तिलक बर्मा र विल ज्याक्स हुनुहुन्छ । एजेन्सी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जापानबाट फर्किएर किवी खेतीमा रमाउँदै घर्ती
Latest NewsJust now

जापानबाट फर्किएर किवी खेतीमा रमाउँदै घर्ती

बागलुङ । वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन् । विदेशमा राम्रो आम्दानी गर्ने सपना बोकेर जापान पुगेका उनी... ...

रातोपाटी
सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन बैतडीमा ‘फेसलेस’ सेवा
Latest NewsJust now

सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन बैतडीमा ‘फेसलेस’ सेवा

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले अनलाइन माध्यमबाट ‘फेसलेस’ सेवा सुरु गरेको छ । ई–गभर्नेन्सको अवधारणाअनुसार कार्यालयले आदिवासी–जनजाति, खस–आर्य तथा दलित समुदायको प्रमाणित गर्ने सेवा अनलाइनबाटै उपलब्ध गराउन थालेको हो... ...

रातोपाटी
मर्चेन्ट बैंकर्स संघमा नयाँ कार्यसमिति
Latest NewsJust now

मर्चेन्ट बैंकर्स संघमा नयाँ कार्यसमिति

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्पन्न १७औँ वार्षिक साधारणसभाले नबिल इन्भेष्टमेन्ट बैंकिङका मनिषनारायण जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा एनएमबी क्यापिटलका दिपेशकुमार वैद्य, महासचिवमा एनआइएमबी एस क्यापिटलका शिवान्तबहादुर पाँडे र कोषाध्यक्षमा कुमारी क्यापिटलका पुष्प शर्मा रहनुभएको छ । सदस्यहरूमा सिद्धार्थ क्यापिटलका सन्दिप कार्की, ग्लोबल आइएमई क्यापिटलका मन्दिप लुइँटेल र नेसनल क्यापिटलका ...

हिमालय टाइम्स
बैंकिङ क्षेत्रप्रति जनविश्वास बलियो बनाउने प्रतिबद्धता
Latest NewsJust now

बैंकिङ क्षेत्रप्रति जनविश्वास बलियो बनाउने प्रतिबद्धता

काठमाडौं । नेपाल बैंकर्स संघको वार्षिक उत्सवका अवसरमा संघका निवर्तमान अध्यक्ष सन्तोष कोइरालाले नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा. विश्वनाथ पौडेललगायत सम्पूर्ण अतिथिलाई स्वागत गर्दै नवनिर्वाचित अध्यक्ष सुरेन्द्रराज रेग्मी, उपाध्यक्ष रामचन्द्र खनाल तथा नवनिर्वाचित सदस्यलाई बधाई ज्ञापन गर्दै आफ्नो कार्यकालमा सहयोग पुर्‍याउने सम्पूर्ण प्रमुख कार्यकारी अधिकृतहरूलाई धन्यवाद दिनुभएको छ । बैंकर्स संघद्वारा बैंकिङ क्षेत्रमा विशिष्ट योगदान प्रदान गर्ने व्यक्तित्वका रूपमा सम्मानित संघका ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement