Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

पाँचदिने भ्रमणका लागि प्रचण्ड रुस प्रस्थान

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाँचदिने भ्रमणका लागि प्रचण्ड रुस प्रस्थान
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने भ्रमणका लागि शुक्रबार रुस प्रस्थान गरेका छन्। मस्कोमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी रुस गएका हुन्। प्रचण्डसँगै उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि रुस गएका छन्। उनीहरू नेपाली समयअनुसार शुक्रबार राति मस्को पुग्ने कार्यक्रम रहेको छ। रुसमा रहँदा प्रचण्डले नोभेम्बर १४ देखि १७ सम्म आयोजना हुने ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ शीर्षकको विश्व सम्मेलनमा सहभागिता जनाउनेछन्। अखिल रूसी राजनीतिक दलको आयोजनामा हुने सम्मेलनमा विभिन्न देशका कम्युनिस्ट पार्टी तथा राजनीतिक प्रतिनिधिहरू सहभागी हुने बताइएको छ। सम्मेलनमा शक्तिशाली राष्ट्रहरूले कमजोर तथा विकासशील मुलुकमाथि आर्थिक, राजनीतिक र रणनीतिक प्रभाव विस्तार गर्ने प्रवृत्तिको विरोध गर्ने विषयलाई प्राथमिकता दिइनेछ। प्रत्येक मुलुकले आफ्नो राजनीतिक व्यवस्था, विकासको मार्ग र राष्ट्रिय नीति आफैँ निर्धारण गर्न पाउनुपर्ने मान्यतालाई सम्मेलनले जोड दिने आयोजकको अवधारणा छ। यसअघि पनि आयोजकले यस्तै उद्देश्यसहित अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै आएको छ। सन् २०२४ मा मस्कोमै ‘राष्ट्रहरूको स्वतन्त्रता र न्यायपूर्ण विश्व व्यवस्था’ विषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको थियो। विश्व राजनीतिमा अमेरिका तथा पश्चिमा राष्ट्रहरूको एकल प्रभावलाई कम गर्दै बहुध्रुवीय विश्व व्यवस्थालाई प्रोत्साहन गर्नु सम्मेलनको अर्को उद्देश्य रहेको छ। त्यसैगरी विकासशील तथा विश्व दक्षिणका मुलुकबीच राजनीतिक र आर्थिक सहकार्य विस्तार गर्ने विषयलाई पनि महत्त्व दिइएको छ। प्रचण्डका स्वकीय सचिव केशव रावलका अनुसार रुस भ्रमणका क्रममा उनले सम्मेलनमा सहभागिता जनाउनुका साथै विभिन्न भेटघाटसमेत गर्ने कार्यक्रम छ। पाँच दिन रुसमा बिताएपछि प्रचण्ड नोभेम्बर १९ मा नेपाल फर्किने रावलले जानकारी दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डेब्यु खेलमै माहली बियर्डम्यानको ६ विकेट, अस्ट्रेलियाद्वारा इंग्ल्यान्ड ७ विकेटले पराजित
Latest NewsJust now

डेब्यु खेलमै माहली बियर्डम्यानको ६ विकेट, अस्ट्रेलियाद्वारा इंग्ल्यान्ड ७ विकेटले पराजित

पर्थ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका तीव्र गतिका बलर माहली बियर्डम्यानले ६ विकेट लिएपछि पहिलो एकदिवसीय खेलमा आयोजक अस्ट्रेलियाले इंग्ल्यान्डमाथि ७ विकेटको सानदार जित हात पारेको छ। पर्थ रंगशालामा जितका... ...

रातोपाटी
न्युजिल्यान्डविरुद्ध भारत २४४ रनले पराजित
Latest NewsJust now

न्युजिल्यान्डविरुद्ध भारत २४४ रनले पराजित

काठमाडाैं । न्युजिल्यान्ड र भारतबीच भएको चौथो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा न्युजिल्यान्डले भारतलाई २४४ रनको भारी अन्तरले पराजित गरेको छ। टस जितेर पहिले बलिङ रोजेको भारतसामू न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ३३३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। न्युजिल्यान्डका लागि विल योङले १०८ बलमा उत्कृष्ट १२५ रनको शतकीय पारी खेले भने टिम सेफर्टले ४८ बलमा ५८ रन र फिन एलेनले ३० बलमा ४१ ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play