Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

पहिलो सूर्योदय चिया महोत्सव सम्पन्न, चिया पदमार्ग प्रवर्द्धनमा जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
पहिलो सूर्योदय चिया महोत्सव सम्पन्न, चिया पदमार्ग प्रवर्द्धनमा जोड
Photo / Coverage: हिमालय टाइम्स

इलाम । इलामको सूर्योदय नगरपालिका–७ कन्याममा पहिलोपटक आयोजना गरिएको ‘प्रथम सूर्योदय चिया महोत्सव’ चिया पर्यटन र निर्माणाधीन चिया पदमार्गको प्रवर्द्धनमा जोड दिँदै सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको महोत्सवले चियाखेती, पर्यटन, स्थानीय उत्पादन र सांस्कृतिक पहिचानलाई एकै ठाउँमा जोड्ने प्रयास गरेको छ । कन्यामको हुर्हुरेमा तीनवटा चियाका बिरुवा रोपेर शनिबार सुरु भएको महोत्सवमा चिया पर्यटनको विकास, बजारीकरण, जलवायु परिवर्तनले चियाखेतीमा पारेको प्रभाव तथा किसानका समस्या र सम्भावनाबारे छलफल गरिएको थियो । महोत्सवमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वाले इलामलाई महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताउनुभयो । प्राकृतिक सौन्दर्य, चियाखेती, जैविक विविधता र सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा चिया र पर्यटनसम्बन्धी प्रस्तुति, विभिन्न जातजातिका सांस्कृतिक झाँकी, पञ्चेबाजा, परम्परागत भेषभूषा तथा खानाका परिकार प्रस्तुत गरिएको थियो । सूर्योदय क्षेत्रमा उत्पादित विभिन्न ब्रान्डका चियाको प्रदर्शनी र स्वाद परीक्षणसमेत गरिएको थियो । महोत्सवमा १२ वटाभन्दा बढी स्टल राखिएका थिए । महोत्सवको दोस्रो दिन पुरुष र महिलातर्फ छुट्टाछुट्टै टी ट्रेल रेस प्रतियोगिता आयोजना गरिएको थियो । पुरुषतर्फ १२ दशमलव ५ किलोमिटर र महिलातर्फ ९ किलोमिटर दूरीको प्रतियोगितामा ११० जनाले सहभागिता जनाएका थिए । त्यस्तै, ‘जलवायु परिवर्तनको सामना : दिगो चिया खेती र चिया कृषकको जगेर्ना’ विषयमा अन्तरसंवाद गरिएको थियो । कार्यक्रममा चियाखेतीमा जलवायु परिवर्तनले पारेको असर, दिगो खेती प्रणाली र कृषकको संरक्षणका विषयमा छलफल भएको थियो । महोत्सवमा चियाबारी पदयात्रा, चिया स्वाद परीक्षण, स्थानीय खानाका परिकारको प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । कार्यक्रम व्यवस्थापन समिति संयोजक पेमा उगेन लामाका अनुसार चिया पर्यटन प्रवर्द्धन र निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवमा आन्तरिक तथा बाह्य गरी १० हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको उहाँले बताउनुभयो । सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र स्वीस सरकारको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाअन्तर्गत कन्यामदेखि श्रीअन्तुसम्म २५ दशमलव ५ किलोमिटर लामो चिया पदमार्ग निर्माण भइरहेको छ । कन्यामदेखि श्रीअन्तुसम्म पुग्ने उक्त पदमार्गलाई चिया पर्यटनको नयाँ आकर्षणका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । महोत्सवले चिया उत्पादक, पर्यटन व्यवसायी तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । हरियाली चियाबारी र प्राकृतिक सौन्दर्यका कारण कन्याम इलामको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । चियाखेतीलाई पर्यटनसँग जोडेर नयाँ गन्तव्य विकास गर्ने प्रयासले यस क्षेत्रको पर्यटकीय पहिचान थप विस्तार हुने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री बालेनलाई भारतमा गार्ड अफ अनर
Latest NewsJust now

प्रधानमन्त्री बालेनलाई भारतमा गार्ड अफ अनर

• भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा प्रधानमन्त्री वालेन्द्र शाहलाई राष्ट्रपति भवनमा गार्ड अफ अनर दिइएको छ। • मोदीले शाहलाई स्वागत गर्दै गाडीबाट ओर्लिनेबित्तिकै अंकमाल गरेका थिए। • यो सम्मान भारतको दुई दिने राजकीय भ्रमणको क्रममा दिइएको हो। ...

नेपालबहस
आईजीपीमा पुनर्बहाली माग गर्दै कार्कीले दायर गरेको रिट न्यायाधीश फुयाल र पाण्डको इजलासमा
Latest NewsJust now

आईजीपीमा पुनर्बहाली माग गर्दै कार्कीले दायर गरेको रिट न्यायाधीश फुयाल र पाण्डको इजलासमा

• दानबहादुर कार्कीले नेपाल प्रहरीको आईजीपी पदमा पुनर्बहालीको लागि सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। • कार्कीले आफूलाई पदबाट हटाइएको निर्णयलाई प्रहरी ऐन र नियमावलीको विपरीत भन्दै अन्तरिम आदेशको माग गरेका छन्। • सर्वोच्च अदालतका न्यायाधीशहरूले विपक्षी पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश दिएका छन्। ...

नेपालबहस
बालेन र मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता
Latest NewsJust now

बालेन र मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता

काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको सोमबारको कार्यतालिका उच्चस्तरीय भेटवार्ता तथा विभिन्न कूटनीतिक कार्यक्रमले व्यस्त बनेको छ । भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता सुरु भएको छ । दुई देशका प्रधानमन्त्रीबीचको भेटवार्तापछि दिउँसो १२ः२५ बजे सोही स्थानमा विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तथा संयुक्त प्रेस वक्तव्य जारी ...

केन्द्रबिन्दु
उपत्यकामा ट्राफिक नियम उल्लङ्घन बढ्दो, एकै दिन ५६६ चालक कारबाहीमा
Latest NewsJust now

उपत्यकामा ट्राफिक नियम उल्लङ्घन बढ्दो, एकै दिन ५६६ चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५६६ जना सवारीचालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नियमित चेकजाँच तथा निगरानीका क्रममा उनीहरूलाई कारबाही गरिएको हो । कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ६७ जना, तीव्र गतिमा सवारी चलाउने १२२ जना, सिसिटिभीबाट पहिचान भएका ३७ जना र […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement