Friday, November 20, 2026||
MultiKhabarMultiKhabar

पहिलो दिनमै ९ हजार ६६६ जनाले अवलोकन गरे कृषि यान्त्रीकरण प्रदर्शनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
पहिलो दिनमै ९ हजार ६६६ जनाले अवलोकन गरे कृषि यान्त्रीकरण प्रदर्शनी
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ को पहिलो दिन ९ हजार ६६६ जनाले अवलोकन गरेका छन् । कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र नयाँ प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा पहिलो दिनमै उल्लेख्य संख्यामा अवलोकनकर्ता सहभागी भएका हुन् । मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने तीनदिने प्रदर्शनीमा नेपालसहित भारत, चीन तथा युरोपेली मुलुकका कृषि उपकरण उत्पादक, वितरक, व्यवसायी तथा विभिन्न कम्पनीहरूको सहभागिता रहेको छ । प्रदर्शनीमा साना तथा ठूला गरी १४४ वटा स्टल रहेका छन् भने ९२ जना प्रदर्शक सहभागी छन् । प्रदर्शनीमा आधुनिक कृषि मेसिनरी तथा उपकरण, हरितगृह, थोपा सिँचाइ, मल्चिङ, फगर, कृषि ड्रोन, कृत्रिम बौद्धिकता (एआई), बीउबिजन, कृषि प्रशोधन, अटोमेसन, पशुपन्छी तथा मत्स्यपालन, मौरीपालन, कफी खेती, मल तथा दानासम्बन्धी प्रविधि र उपकरण राखिएका छन् । त्यस्तै, ट्र्याक्टर, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि र शीतभण्डारणसम्बन्धी प्रविधि पनि प्रदर्शनीका आकर्षण बनेका छन् । स्वदेशी कृषि उत्पादन र प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले यस वर्षको प्रदर्शनीमा नेपाली उत्पादकलाई विशेष प्राथमिकता दिइएको छ । ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अन्तर्गतका कम्पनीलाई स्टल भाडामा ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रसहित १७ वटा स्वदेशी उत्पादक कम्पनीलाई निःशुल्क स्टल उपलब्ध गराइएको आयोजकले जनाएको छ । त्यस्तै, नेपाल कृषि मेसिनरी व्यवसायी संघका सदस्य कम्पनीलाई ५० प्रतिशत छुट दिइएको छ । प्रदर्शनीले किसानलाई आधुनिक कृषि उपकरण तथा प्रविधिबारे प्रत्यक्ष जानकारी लिन, विभिन्न कम्पनीका उत्पादनको तुलना गर्न र आफ्नो खेती प्रणालीअनुसार उपयुक्त प्रविधि छनोट गर्न अवसर प्रदान गरेको छ । विशेषगरी नेपालको भौगोलिक अवस्था र साना किसानको आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएका कृषि उपकरण तथा प्रविधि प्रदर्शनीमा राखिएका छन् । कृषि यान्त्रीकरणलाई विस्तार गर्दै उत्पादन लागत घटाउने, श्रम अभावको समस्या कम गर्ने र कृषि उपजको उत्पादन तथा उत्पादकत्व बढाउने लक्ष्य प्रदर्शनीले लिएको छ । साथै, स्वदेशमै कृषि उपकरण उत्पादन गर्ने उद्योगको प्रवर्द्धन, प्रविधि हस्तान्तरण तथा कृषि व्यवसायको व्यावसायिक विकासमा समेत प्रदर्शनीले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । प्रदर्शनीका तीनै दिन नेपाल कृषि इन्जिनियर्स सोसाइटीसँगको सहकार्यमा विभिन्न ज्ञान आदानप्रदान, व्यावसायिक सहजीकरण, प्रविधि विकास र नीतिगत संवादसम्बन्धी कार्यक्रम सञ्चालन हुनेछन् । पहिलो दिन देश तथा विदेशका छ जना विषयविज्ञले कृषि यान्त्रीकरणसम्बन्धी प्रस्तुति दिने कार्यक्रम रहेको छ । दोस्रो दिन कृषि मेसिनरी तथा प्रविधिको खरिद र प्रयोगसम्बन्धी परामर्श, खाद्यवस्तु प्रशोधन तथा निर्यातसम्बन्धी ज्ञान आदानप्रदान र नेपालको भूगोलअनुकूल कृषि यान्त्रीकरण नीतिबारे छलफल हुनेछ । तेस्रो दिन कृषि यान्त्रीकरण, युवा केन्द्रित कृषि प्रविधि, रूपान्तरण तथा नवप्रवर्तनका विषयमा प्रस्तुति र छलफल गरिनेछ । अवलोकनकर्तालाई आकर्षित गर्न तीनै दिन लक्की ड्रमार्फत पुरस्कार वितरणको व्यवस्था गरिएको छ । प्रत्येक दिन ५० जनालाई पुरस्कार प्रदान गरिनेछ भने अन्तिम दिन बम्पर पुरस्कारका रूपमा एक जनालाई मिनी टिलर उपलब्ध गराइने आयोजकले जनाएको छ । प्रदर्शनीको मुख्य आयोजक कृषि विभाग, राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ रहेका छन् । बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपाल सहआयोजक रहेका छन् । ‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनी तीन दिनसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । आयोजकले तीन दिनमा ५० हजारभन्दा बढी दर्शकले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१२ बजे १२ समाचार : मलेसियामा पैसा पठाउन अनुमति दिने मन्त्रीस्तरीय फाइल गायब, बालेनको भारत भ्रमण कति फरक ?
Latest NewsJust now

१२ बजे १२ समाचार : मलेसियामा पैसा पठाउन अनुमति दिने मन्त्रीस्तरीय फाइल गायब, बालेनको भारत भ्रमण कति फरक ?

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ- १. दलहरुसँग आयोगको छलफल निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेश... ...

रातोपाटी
बुढानीलकण्ठमा दर्शनार्थीको घुइँचो
Latest NewsJust now

बुढानीलकण्ठमा दर्शनार्थीको घुइँचो

काठमाडौँ । हरि बोधिनी एकादशीका अवसरमा बुढानीलकण्ठ मन्दिरमा दर्शनार्थीको शुत्रबार घुइँचो लागेको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीदेखि कात्तिक शुक्ल पूर्णिमासम्म पाँच दिन बुढानीलकण्ठ मन्दिरमा भक्तजन पूजा, आराधना एवं... ...

रातोपाटी
इँटा उद्योग रूपान्तरण गर्न ६ करोड डलरको कार्बन वित्त जुटाइँदै
Latest NewsJust now

इँटा उद्योग रूपान्तरण गर्न ६ करोड डलरको कार्बन वित्त जुटाइँदै

काठमाडौं – नेपालको परम्परागत इँटा उद्योगलाई आधुनिक तथा वातावरणमैत्री बनाउने उद्देश्यले छ करोड अमेरिकी डलर (करिब रु नौ अर्ब) बराबरको कार्बन वित्त परिचालन गर्ने योजना अघि बढाइएको छ। दिवाकर गोल्छा अर्गनाइजेसनअन्तर्गतको हुलास इको ब्रिक्स र जलवायु प्रविधि विकास गर्ने कम्पनी इनोसिएसआरको सहकार्यमा यो कार्यक्रम अघि बढाउन लागिएको हो। दिवाकर गोल्छा अर्गनाइजेसनका निर्देशक हितेश गोल्छाका अनुसार यस योजनाअन्तर्गत आगामी तीन वर्षभित्र मुलुकभरका ३०० ...

नेपालन्युज
बत्तीस जना सहसचिवको सरुवा
Latest NewsJust now

बत्तीस जना सहसचिवको सरुवा

नगेन्द्र सापकोटाकाठमाडौँ, मङ्सिर ४ गते । सरकारले राजपत्राङक्ति प्रथम श्रेणीका सहसचिवहरुको सरुवा गरेको छ । शुुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले विभिन्न सेवा र समूूहमा कार्यारत ३२... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play