Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

पहिलो चौमासिकमा ३ खर्ब ७८ अर्ब राजश्व संकलन

Share:WhatsAppFacebookX (Twitter)Telegram
पहिलो चौमासिकमा ३ खर्ब ७८ अर्ब राजश्व संकलन
Photo / Coverage: टक्सार

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा ३ खर्ब ७८ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार मंसिर १ गतेसम्म सरकारले ३ खर्ब ७८ अर्ब २३ करोड ३३ लाख रुपैयाँ राजश्व संकलन गरेको हो । सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । तर अर्थमन्त्री डा. स्वर्णिम वाग्लले १९ अर्ब ६८ करोड भन्दा बढी बढाएर राजश्व प्राप्त गर्ने भन्सार विभाग र आन्तरिक राजश्व विभागलाई ‘मिसन १६ खर्ब’ राजश्व संकलन गर्ने लक्ष्यका साथ अगाडि बढ्न निर्देशन दिएका छन् । यसअनुसार पहिलो चौमासिकको अवधिसम्म वार्षिक लक्ष्यको २३.९३ प्रतिशत राजश्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सरकारले ३ खर्ब ३० अर्ब १६ करोड ८७ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो । यस वर्ष अघिल्लो वर्षको तुलनामा ४८ अर्ब ६ करोड ४६ लाख रुपैयाँ बढी राजश्व उठेको छ । यो १४.५६ प्रतिशतको वृद्धि थियो । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कर राजश्व संकलन पनि बढेको छ । मंसिर १ गतेसम्म सरकारले ३ खर्ब ५५ अर्ब ७५ करोड ७८ लाख रुपैयाँ कर राजश्व संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३ खर्ब १० अर्ब ४२ करोड रुपैयाँ कर राजश्व संकलन भएको थियो । यस वर्ष कर राजश्व संकलन १४.६१ प्रतिशतले बढेको हो । त्यस्तै, गैरकर राजश्व संकलन २२ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १९ अर्ब ७४ करोड ८७ लाख रुपैयाँ गैरकर राजश्व संकलन भएको थियो । यसमा १३.८१ प्रतिशतको वृद्धि देखिएको छ । सरकारले प्राप्त गर्ने अनुदानमा समेत उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्षको मंसिर १ गतेसम्म ८ अर्ब ६७ करोड ३५ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ५० करोड ८१ लाख रुपैयाँ अनुदान प्राप्त भएको थियो । यसअनुसार अनुदान प्राप्ति १४७.२३ प्रतिशतले बढेको छ । तर, अन्य प्राप्ति भने घटेको छ । अघिल्लो आर्थिक वर्षको मंसिर १ सम्म २ अर्ब ९९ करोड २७ लाख रुपैयाँ अन्य प्राप्ति भएकोमा चालु वर्षको सोही अवधिमा २ अर्ब ६९ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ । यो ९.९९ प्रतिशतको गिरावट हो । महालेखा नियन्त्रक कार्यालयको विवरणअनुसार चालु आर्थिक वर्षको मंसिर १ गतेसम्म सरकारको कुल प्राप्ति ३ खर्ब ८९ अर्ब ६० करोड ७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल प्राप्ति ३ खर्ब ३६ अर्ब ६६ करोड ९६ लाख रुपैयाँ थियो । यसरी कुल प्राप्तिमा १५.७२ प्रतिशतको वृद्धि भएको छ । बजेट लक्ष्यको तुलनामा पनि सरकारको आम्दानीको प्रगति अघिल्लो वर्षभन्दा सुधार भएको छ । चालु आर्थिक वर्षको मंसिर १ सम्म कुल प्राप्तिको बजेट लक्ष्यको २३.७३ प्रतिशत संकलन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रगति २१.९६ प्रतिशत थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विद्युत् उत्पादन बढाएर मात्र हुँदैन, प्रसारण र वितरण प्रणाली पनि बलियो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
Latest NewsJust now

विद्युत् उत्पादन बढाएर मात्र हुँदैन, प्रसारण र वितरण प्रणाली पनि बलियो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रमा आधारित अर्थतन्त्र निर्माणका लागि विश्व बैंकसँगको सहकार्य थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । विश्व बैंकका नेपाल प्रमुख डेभिड सिस्लेनसँग मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री श्रेष्ठले ऊर्जा पूर्वाधारको उत्थानशीलता, जलविद्युत् आयोजनाको वित्तीय दिगोपन, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण र दीर्घकालीन ऊर्जा सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने […] ...

लोकपथ
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
Latest NewsJust now

दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीको मागअनुसार तत्काल अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो । यद्यपि, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिइएको छ ...

केन्द्रबिन्दु
एआईमा सहकार्य बढाउन सीको आग्रह
Latest NewsJust now

एआईमा सहकार्य बढाउन सीको आग्रह

सेन्जेन । चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बौद्धिकता (एआई), डिजिटल अर्थतन्त्र र स्वतन्त्र व्यापारमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न आह्वान गरेका छन् । उनले एसिया–प्रशान्त क्षेत्रमा साझा समृद्धिका लागि व्यापार तथा लगानीका अवरोध हटाउनुपर्नेमा पनि जोड दिएका छन् । सेन्जेनमा बुधबार एसिया–प्रशान्त आर्थिक सहयोग बैठक उद्घाटन गर्दै सीले वैज्ञानिक नवप्रवर्तन, एआई र हरित विकासमा साझेदारी बढाउन आग्रह गरेका हुन् । उनले चीनले ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play