Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

पहिरो, बाढी र निर्माण कार्यका कारण विभिन्न राजमार्ग अवरुद्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
पहिरो, बाढी र निर्माण कार्यका कारण विभिन्न राजमार्ग अवरुद्ध
Photo / Coverage: पर्दाफास

बाढी, पहिरो तथा विकास निर्माणका कामले गर्दा देशका विभिन्न राजमार्गहरूमा यातायात आवागमन अवरुद्ध र प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका मुख्य सडक खण्डहरू पूर्ण तथा एकतर्फी रूपमा प्रभावित भएका छन् । वि.पि. राजमार्ग रोशी गाउँपालिका वडा नं. ९ पिनथली र वडा नं. ८ गिम्दीबेशीमा गएको पहिरोका कारण सडक प्रभावित भएको छ । कात्तिक १४ गते बिहान ४ः५५ बजेदेखि अवरोध भएको उक्त सडक हाल एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । बेनीघाट रोराङ गाउँपालिका वडा नं. ९ स्थित मझिमटारमा आकाशीय पुल निर्माण कार्यका लागि आज बिहान ९ बजेदेखि ११ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ । सोती–मान्बु खण्डमा बाढीका कारण आरुघाट गाउँपालिका वडा नं. ०२ र ०३ स्थित सोतीदेखि मान्बु जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडक खण्डमा आवागमन अझै ठप्प रहेको छ । बराहताल गाउँपालिका वडा नं. ०७ औलिसेमा १४ गते बिहान ५ः५५ बजे खसेको पहिरोका कारण अवरुद्ध भएको सडक हाल एकतर्फी रूपमा खुलाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कर्णाली करिडोर : वर्षैपिच्छे म्याद थपिने, निर्माण गति नबढ्ने
OthersJust now

कर्णाली करिडोर : वर्षैपिच्छे म्याद थपिने, निर्माण गति नबढ्ने

कर्णालीका दुर्गम बस्तीलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने र भविष्यमा भारत–चीन व्यापारिक मार्गका रूपमा विकास गर्ने उद्देश्यले अघि बढाइएको यो आयोजना निर्माणको नयाँ चरणमा प्रवेश गरे पनि निर्धारित समयमै सम्पन्न हुनेमा शंका छ । ...

अनलाइन खबर
छिमेकीप्रति अविश्वास बढ्ने स्थिति सिर्जना भयो भने नेपालले दबाव थेग्न सक्दैन : प्रदीप ज्ञवाली
OthersJust now

छिमेकीप्रति अविश्वास बढ्ने स्थिति सिर्जना भयो भने नेपालले दबाव थेग्न सक्दैन : प्रदीप ज्ञवाली

१७ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक सेमिनारमा बोल्दै ज्ञवालीले नेपालको भौगोलिक अवस्थिति र ऐतिहासिक पृष्ठभूमिलाई ध्यानमा राखेर कुनै पनि शक्ति राष्ट्रको रणनीतिक समूहमा आबद्ध हुन नहुने बताएका हुन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले, नेपालले… ...

अनलाइन खबर
चीन र भारतसँगको सम्बन्धमा हेलचेर्क्याइँ, गैरजिम्मेवारी र हीनताबोध नगरौं : नारायणकाजी
OthersJust now

चीन र भारतसँगको सम्बन्धमा हेलचेर्क्याइँ, गैरजिम्मेवारी र हीनताबोध नगरौं : नारायणकाजी

१७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले चीन र भारतसँग समान तथा सुमधुर सम्बन्ध कायम गर्नुपर्ने बताएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा ‘भारत विरोधी राष्ट्रवादको युग अन्त्य भएको’ भन्दै दिएको अभिव्यक्तिको आलोचना गर्दै उनले सो धारणा राखेका हुन् । काठमाडौंमा आयोजित एक सेमिनारमा बोल्दै उनले सरकारको नेतृत्व गरिरहेकाहरुले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play