Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयन, उपत्यकामा स्वस्थ मासुमा छाप लगाउन थालियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयन, उपत्यकामा स्वस्थ मासुमा छाप लगाउन थालियो
Photo / Coverage: टक्सार

काठमाडाैँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु बधशाला तथा मासु जाँच ऐनको कार्यान्वयन सुरु गरेको छ। आम उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको मासुजन्य खाद्य पदार्थको स्वच्छता, गुणस्तर र सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले ऐन कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढाएको हो। २०८३ मंसिर १ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लाका विभिन्न स्थानमा पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयनमा ल्याइएको हो। पहिलो चरणमा काठमाडौं उपत्यकाबाट स्वस्थ मासुमा छाप लगाउने कार्य सुरु गरिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ को संशोधन गरी कार्यान्वयनमा ल्याएकी हुन्। मन्त्री चौधरीले मासुको स्वच्छता र गुणस्तर केवल खाद्य पदार्थको विषय मात्र नभई नागरिकको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएको बताइन् । उनले भनिन्, “नागरिकले उपभोग गर्ने मासु स्वच्छ, स्वस्थ र गुणस्तरीय हुनुपर्छ। यो विषय आम नागरिकको जीवन र प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको छ। त्यसैले पशु बधशाला तथा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइएको हो। यसको कार्यान्वयनलाई सुरुवातमा मात्र सीमित नराखी निरन्तरता दिने हाम्रो योजना छ।” कुखुरा, राँगा र खसीको मासु परीक्षण गरी स्वस्थ मासुमा छाप लगाउने कार्यबाट यसको सुरुवात गरिएको हो। ऐनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहले नियमित अनुगमन तथा निरीक्षण गर्नेछन्। यसबाट मासुको स्वच्छता र गुणस्तर कायम गर्न तथा उपभोक्ताको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वैदेशिक लगानी प्रतिबद्धतामा भारी गिरावट : चार महिनामा साढे १९ अर्बमात्रै
Latest NewsJust now

वैदेशिक लगानी प्रतिबद्धतामा भारी गिरावट : चार महिनामा साढे १९ अर्बमात्रै

काठमाडौँ । चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो तीन महिना (साउन, भदौ, असोज र कात्तिक) मा १९ अर्ब ५५ करोड बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक... ...

रातोपाटी
ऊर्जामन्त्री र नेपालका लागि भारतीय राजदूतबिच भेटवार्ता
Latest NewsJust now

ऊर्जामन्त्री र नेपालका लागि भारतीय राजदूतबिच भेटवार्ता

काठमाडाैँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ र नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाबिच शिष्टाचार भेटवार्ता भएकाे छ। मंगलबार मन्त्रालयमा भएकाे भेटका क्रममा मन्त्री श्रेष्ठले नवनियुक्त राजदूतलाई स्वागत गर्दै उनको... ...

रातोपाटी
व्यापार विस्तार गर्न क्यानाडा र चीनबीच थप भन्सार शुल्क कटौती गर्ने सहमति
Latest NewsJust now

व्यापार विस्तार गर्न क्यानाडा र चीनबीच थप भन्सार शुल्क कटौती गर्ने सहमति

क्यानाडा र चीनले व्यापार विस्तार गर्ने उद्देश्यले थप भन्सार शुल्क कटौती गर्ने सहमति गरेका छन् । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच एपेक शिखर सम्मेलनका क्रममा भएको भेटवार्तापछि यस्तो सहमति भएको हो । कार्नीको कार्यालयका अनुसार यसबाट क्यानाडाको करिब ४० करोड क्यानेडियन डलर बराबरको निर्यातमा थप भन्सार छुट हुनेछ । यसमा चिस्यानमा राखिएको सुँगुरको मासु, माछा र समुद्री ...

फरकधार
सरकारले सुरु गर्‍यो करसम्बन्धी साताव्यापी कार्यक्रम
Latest NewsJust now

सरकारले सुरु गर्‍यो करसम्बन्धी साताव्यापी कार्यक्रम

राष्ट्रिय कर दिवसको अवसरमा सरकारले करको दायरा विस्तार, करदाता शिक्षा, डिजिटल कर सेवा प्रवर्द्धन तथा कर प्रशासनलाई पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित आजदेखि साताव्यापी कार्यक्रम सुरू गरेको छ। कर दिवसका अवसरमा आज आन्तरिक राजस्व विभागमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कर योगदान गर्ने १९ व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ।  ‘कर न्याय र स... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play