Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

Share:WhatsAppFacebookX (Twitter)Telegram
पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
Photo / Coverage: नेपालन्युज

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्नुका साथै लिखित जवाफ माग गरेको हो। अदालतले सूचना म्याद प्राप्त भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ। रिट निवेदकले माग गरेको अन्तरिम आदेशका सम्बन्धमा दुवै पक्षलाई छलफलका लागि मंसिर १४ गते उपस्थित हुन पेसी तोकिएको छ। पर्यटन बोर्डको सीईओ छनोटका लागि सार्वजनिक गरिएको १६ जनाको संक्षिप्त सूचीका आधारमा अघि बढाइएको प्रक्रिया बदर तथा रोक्न माग गर्दै रिट दायर गरिएको थियो। बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराई, नवीन पोखरेल, सूर्य थपलिया, वरिष्ठ अधिकृत प्रज्ञा घिमिरे र पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय ज्ञानेश्वरप्रसाद सिंह महतोले संयुक्त रूपमा रिट दिएका हुन्। यसअघि भएको छनोट प्रक्रियामा महतो उत्कृष्ट तीन उम्मेदवारमध्ये परेका व्यक्ति हुन्। रिटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्डको कार्यकारी समिति र कार्यकारी प्रमुख छनोट उपसमितिलाई विपक्षी बनाइएको छ। सुनुवाइका क्रममा निवेदक पक्षका कानुन व्यवसायीले सीईओ छनोट प्रक्रिया नेपाल पर्यटन बोर्ड ऐन, २०५३, कर्मचारी सेवा विनियमावली तथा छनोट कार्यविधिविपरीत रहेको जिकिर गरेका थिए। नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ (१) अनुसार कार्यकारी प्रमुख बन्न कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था छ। तर, छनोट उपसमितिले उम्मेदवारहरूको शैक्षिक योग्यता र कार्यअनुभवको पर्याप्त परीक्षण नगरी १६ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको निवेदकहरूको दाबी छ। बोर्डले कार्यकारी प्रमुख छनोटका लागि २०८३ भदौ २६ गते दरखास्त आह्वान गरेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन
Latest NewsJust now

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलान्चोक । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका सेवासम्बन्धी जनगुनासा शीघ्र सम्बोधन गरी सेवाको गुणस्तर सुधार गर्न निर्देशन दिएका छन् । दूरसञ्चार कार्यालय बनेपाको बुधबार निरीक्षणका क्रममा सञ्चारमन्त्री डा... ...

रातोपाटी
१० मंसिर २०८३ : Kantipur Pharmaceuticals Lab Limited (KPL) को लोकल आईपीओ खुल्यो, प्रति कित्ता रु १००
Latest NewsJust now

१० मंसिर २०८३ : Kantipur Pharmaceuticals Lab Limited (KPL) को लोकल आईपीओ खुल्यो, प्रति कित्ता रु १००

Kantipur Pharmaceuticals Lab Limited को लोकल आईपीओ १० मंसिर २०८३ देखि २४ मंसिर २०८३ सम्म खुला रहनेछ। प्रति कित्ता मूल्य रु १००। ...

कान्तिपुर
आठ क्रिकेट एकेडेमीबिच लिग
Latest NewsJust now

आठ क्रिकेट एकेडेमीबिच लिग

रुपन्देही । रुपन्देहीमा युवा क्रिकेट खेलाडीको प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले पहिलोपटक एकेडेमी क्रिकेट लिग–२०८३ आयोजना हुने भएको छ । रुपन्देही क्रिकेट सङ्घको आयोजनामा बिहीबारदेखि सुरु हुने प्रतियोगितामा जिल्लाका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement