काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईसँग नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा सचिव राईले राजदूत दलेलालाई नियुक्तिका लागि बधाई दिँदै नेपालमा उनको कार्यकाल सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए । भेटका क्रममा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान भएको थियो । साथै, दुवै देश र जनताको पारस्परिक हितका लागि द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । The post परराष्ट्र सचिव राईसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
परराष्ट्र सचिव राईसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट

Read Complete Original Article
Published originally on कर्पोरट खबर






