Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमान बीच कोप-३१ को साइडलाइनमा भेटवार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमान बीच कोप-३१ को साइडलाइनमा भेटवार्ता
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-३१) का अवसरमा बंगलादेशका प्रधानमन्त्री तारिक रहमानसँग साइडलाइनमा भेटवार्ता गरेका छन् । भेटका क्रममा उनीहरूबीच जलवायु उत्थानशीलता, नेपालमा गएको हालैको बाढीपछिको पुनःस्थापना तथा द्विपक्षीय र बहुपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा अर्थपूर्ण छलफल भएको परराष्ट्रमन्त्री खनालले बताए । नेपालको हालैको प्राकृतिक विपद्पछिको पुनःस्थापना प्रयासमा बंगलादेशले गरेको सहयोगप्रति परराष्ट्रमन्त्री खनालले धन्यवाद व्यक्त गरे । नेपाल र बंगलादेशबीचको आत्मीय सम्बन्ध, पारस्परिक सम्मान र मित्रतालाई आफूले उच्च महत्त्व दिएको उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे । The post परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमान बीच कोप-३१ को साइडलाइनमा भेटवार्ता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कौडा खेलिरहेको अवस्थामा गागलफेदीबाट ३७ जना पक्राउ
Latest NewsJust now

कौडा खेलिरहेको अवस्थामा गागलफेदीबाट ३७ जना पक्राउ

काठमाडौँ, कात्तिक २७ गते । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा कौडा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन् ।गागलफेदीस्थित कुशुम छयाम्बा हाउस र होमस्टेमा जुवातास खेलिरहेको भ... ...

गोरखापत्र
दुर्घटनालगत्तै छानबिन प्रतिवेदन लेखिन्छन्, थन्किन्छन्, बिर्सिइन्छन्
Latest NewsJust now

दुर्घटनालगत्तै छानबिन प्रतिवेदन लेखिन्छन्, थन्किन्छन्, बिर्सिइन्छन्

ठूला सडक दुर्घटनासम्बन्धी अध्ययन समितिहरूले औंल्याउँछन्– सडकको दुरवस्था, चालकको लापरबाही, एउटै चालकले लामो दूरीको सवारीसाधन लगातार चलाउनु, चालकहरूबीच अस्वस्थ प्रतिस्पर्धा, सिट क्षमताभन्दा बढी यात्रु । हरेक पटक लगभग उस्तै कारक देखिनुले अध्ययन समितिको प्रतिवेदन प्रभावकारी कार्यान्वयन हुन नसकेको प्रस्ट्याउँछ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play