काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) का क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेराले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका अवसरमा उनीहरूबीच नेपाल र युनिसेफबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। सो अवसरमा विशेषगरी भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा युनिसेफको सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो । The post परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको शिष्टाचार भेट appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको शिष्टाचार भेट

Read Complete Original Article
Published originally on कर्पोरट खबर


_9jux9k9bgm_4fQNSobMly.jpg)



