Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

परम्परागत कोगटी खेतीबाट आयआर्जनमा जुट्दै भोजपुरका किसान

Share:WhatsAppFacebookX (Twitter)Telegram
परम्परागत कोगटी खेतीबाट आयआर्जनमा जुट्दै भोजपुरका किसान
Photo / Coverage: नेपालन्युज

भोजपुर। भोजपुरको अरुण गाउँपालिकाका स्थानीयवासी हराउँदै गएको परम्परागत कोगटी खेतीको संरक्षणसँगै आयआर्जनमा जुटेका छन्। परम्परागत खेतीलाई व्यावसायिक रूपमा अघि बढाउँदै स्थानीय उत्पादनबाट आर्थिक लाभ लिन किसान कोगटी खेतीमा सक्रिय भएका हुन्। अरुण गाउँपालिका–६ का वडाध्यक्ष गणेश राईका अनुसार जरायोटारको सिमटार, जोगीटार, वैरेनी, बास्ताङ, बसेरी र चोम्ताङ क्षेत्रमा कोगटी खेती बढी हुने गरेको छ। ती क्षेत्रका २५ देखि ३० घरधुरीले व्यावसायिक रूपमा कोगटी खेती गर्दै आएका छन्। वडाले पनि परम्परागत रूपमा गर्दै आएको कोगटीबाट कपडा बनाउने तथा खेती प्रणालीलाई संरक्षणमा जोड दिएको उनको भनाइ छ। कोगटीबाट तयार गरिएको हातले बुनेको कपडाको बजारमा राम्रो मूल्य पाउने भएपछि किसान यस खेतीप्रति आकर्षित भएका छन्। अरुण गाउँपालिकाका किसान देवकुमार राईले कोगटीबाट तयार गरिएको एक थान दौरा सुरुवालको कपडा रु २५ हजारदेखि ३५ हजारसम्ममा बिक्री हुने बताए। कोगटीको हातले तयार गरिएको दौरा सुरुवालको बढी माग हुने गरेको उनको भनाइ छ। यस खेतीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी हुने गरेको राईले जानकारी दिए। “कोगटी खेती हाम्रो आम्दानीको स्रोत बनेको छ”, उनले भने, “लोप हुँदै गएको कोगटी खेतीको संरक्षणसँगै आयआर्जन बढाउने उद्देश्यले हामी यसको खेतीमा जुटेका छौँ।” कोगटीबाट खैरो र सेतो गरी दुई प्रकारका धागो उत्पादन गरिन्छ। उत्पादित धागोलाई परम्परागत तानमा बुनेर दौरा–सुरुवाल, कोट, टोपी, झोला, रुमाललगायतका कपडा तयार गरिन्छ। स्थानीयस्तरमा उत्पादन हुने कोगटीका कपडाको बजारमा माग राम्रो रहेको कृषक दर्जकुमार राईले बताए। उनका अनुसार किसान यो क्षेत्रमा समूह गठन गरेर सामूहिक कोगटी खेती गर्दै आएका छन्। कोगटी खेतीको संरक्षण तथा विस्तारका लागि गाउँपालिकाले किसानलाई उन्नत जातका बीउ, खेतीका लागि आवश्यक औजार तथा उपकरण उपलब्ध गराउँदै जनाएको छ। कोगटीबाट उत्पादित धागोको प्रयोग गरी हातबाट कपडा तयार गर्ने सीप विकासका लागि तालिम सञ्चालनसँगै किसानलाई आवश्यक सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिए। परम्परागत कोगटी खेतीको संरक्षण, उत्पादन वृद्धि र कपडा निर्माणसम्बन्धी सीप विकासमार्फत स्थानीय किसानको आयआर्जन बढाउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल टेलिकमको खुद नाफा ३७.३५ प्रतिशतले बढ्यो
Latest NewsJust now

नेपाल टेलिकमको खुद नाफा ३७.३५ प्रतिशतले बढ्यो

काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को खुद नाफामा उल्लेख्य सुधार आएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार... ...

रातोपाटी
छठको रौनक : घाटदेखि बजारसम्म चहलपहल
Latest NewsJust now

छठको रौनक : घाटदेखि बजारसम्म चहलपहल

बारा समाचारदाता बारा, कात्तिक २८ गते । तराई मधेशका जिल्लामा श्रद्धा र निष्ठाको महापर्व छठ पूजाको तयारीका लागि व्रतालु जुटेका छन् । दीपावली र गोवर्धन पूजा सम्पन्न भएसँगै अहिले छठ पर... ...

गोरखापत्र
हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड
Latest NewsJust now

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

टर्किए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका छन् । विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा माथि जानबाट रोक्न नसकिने अवस्था देखिए पनि त्यसको अवधि र प्रभाव न्यून बनाउन तत्काल र व्यापक रूपमा हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका हुन् । यही कात्तिक २३ गतेदेखि यहाँ जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१)को अन्तिम पत्रकार सम्मेलनमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play